मुख्य समाचार
साफ यू-२० उपविजेता टिमका खेलाडीले जनही ५० हजार पाउने
साफ यू-२० उपविजेता टिमका खेलाडीले जनही ५० हजार पाउने

। साफ यु–२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

गत बिहीबार सम्पन्न एन्फा कार्यसमिति बैठकले यु–२० टिमलाई पुरस्कार प्रदान गर्ने निर्णाय गरेको हो । यसैगरी खेलाडीलाई टिकट विक्रीको २० प्रतिशत रकम दिने निर्णय पनि भएको थियो ।


एन्फाका अनुसार खेलाडीले टिकट विक्रीको २० प्रतिशत रकम (१५ हजार ४० रुपैपाँ) थप पाउने बताइएको छ । जसअनुसार खेलाडीले जनही ६५ हजार ४० रुपैंया प्राप्त गर्नेछन् ।

त्यस्तै यू२० टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार रुपैपाँ प्राप्त गर्दा सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जन, व्यवस्थापक रविन खड्का तथा फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा गत बुधबार भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ४–१ ले पराजित हुँदा नेपाल उपविजेता सिमित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...