मुख्य समाचार
तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?
तीजको दर खाँदा र व्रत बस्दा के कुरामा ध्यान दिनैपर्छ ?

तीजको व्रत बस्ने अघिल्लो दिन दर खाने परम्परा छ । भोलिपल्ट तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन चलेको हो ।

अहिले दरखाने परम्परागत तरिकामा परिवर्तन आउन थालेको छ । तीजको अघिल्लो दिन खाइने दर अहिले काम गर्ने ठाउँ, साथी, नातागोता वा संघसंस्था सबै ठाउँमा सम्मानपूर्वक दर खुवाइने गरिएको छ । तर पनि दर खाने भनेको तीजको व्रत बस्ने पहिलो दिन नै हो ।


दरमा के खाने, के नखाने ?

दर व्रतको एक दिनअघि खाइने भएकाले त्यो खानेकुरा भोलिपल्ट व्रत बस्न सजिलो हुने खालको हुनुपर्छ । पाचन प्रकियामा असर नगर्ने हुनुपर्छ । त्यसैले दरमा क्यालोरी, चिल्लो र मसला कम भएको खानेकुरा समावेश गर्नुपर्छ । साथै फाइबर र प्रोटिनयुक्त खानेकुरा जस्तो तरकारी, फलफूल, सम्पूर्ण अन्न हुनुपर्छ ।



दर खाने दिन बढी चिल्लो, पिरो खाना खाने र भोलिपल्ट केही नखाई व्रत बस्ने गर्दा पेटको समस्या तथा ग्लुकोजको मात्रा कम भएर व्रतको दिन स्वास्थ्य समस्या नै निम्तिन सक्छ । दरमा धेरै थरीका परिकार समावेश हुन्छन् । दरको दिन परिकार तयार गर्ने क्रममा तेल तथा मसलामा विशेष ध्यान दिन आवश्यक छ । सकेसम्म घरमै परिकार तयार बनाएर खाँदा राम्रो हुन्छ । भोलिपल्ट व्रत बस्नुपर्ने भएकाले बढी चिल्लो, पिरो र तारेका खानेकुरा खानु हुँदैन ।

धार्मिक रुपमा दर खाने दिनमा माछामासु नखाने चलन छ । तर यो स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो हो । माछामासु पच्न धेरै समय लाग्छ, त्यसैले व्रत बस्ने अघिल्लो दिन माछामासु नखानु नै राम्रो हो ।

एकैपटक धेरै खानेकुरा र राति अबेरसम्म खाने बानी राम्रो होइन

दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्छ । भोलिपल्ट व्रत बस्ने भएकाले अघिल्लो दिन चिल्लो ढकनी, गुलियो मिठाई, मासु लगायत खानेकुरा एकैचोटि खाने र राति अबेर १२ बजेसम्म खाने गरेको पनि पाइन्छ ।

हामीले खाएको खानेकुरा पच्न नै तीन-चार घण्टा लाग्छ । राति अबेरसम्म खानेकुरा खाएर सुत्दा खानेकुरा राम्ररी पच्न पाउँदैन र पाचन सम्बन्धी समस्या निम्तिन सक्छ ।

दीर्घरोग भएकाहरुले ध्यान दिनुपर्ने कुरा

पछिल्लो समय महिलामा मधुमेह, उच्च रक्तचाप, थाइराइड लगायत समस्या पनि देखिएकाले तीजको दरका नाममा जथाभावी रुपमा अत्यधिक खानेकुरा खानु हुँदैन ।

दर खानु भन्दा पहिला आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत हुनुपर्छ । एक दिन व्रत लिंदा शरीरलाई असर त गर्दैन तर अघिल्लो दिन खाने दर जथाभावी रुपमा खाँदा चाहिं असर पर्न सक्छ । मधुमेहमा कसैले इन्सुलिन प्रयोग गरिरहेका छन् भने व्रत नबस्नु नै राम्रो हुन्छ । मधुमेहको औषधि सेवन गरिरहेका व्यक्तिले व्रत बस्ने हो भने पानी, फलफूल, ड्राइफ्रुट लगायत खानेकुरा खाएर बस्नुपर्छ ।

मधुमेह भएका व्यक्ति व्रत बस्दा रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, शरीर गलेको जस्तो हुने र टाउको दुख्ने जस्ता लक्षण देखिन्छन् भने शरीरमा सुगर लेबल कम भएको हुन्छ । यस्तोमा ग्लुकोज पानी खानुपर्छ र त्यसपछि ठोस खानेकुरा खानुपर्छ ।

व्रत बस्नु स्वास्थ्यका लागि राम्रो तर तरिका जान्नुपर्छ

समय-समयमा व्रत बस्नाले पाचन प्रणालीमा सकारात्मक प्रभाव पर्ने हुँदा खाना पच्न सहज हुन्छ । केही दिनको अन्तरालमा पेट खाली राख्दा पेट र आन्द्रामा भार कम हुन्छ । पेट खाली राख्दा पेट र आन्द्रामा आवश्यक पर्ने ऊर्जा शरीरका अन्य अंगमा खर्च गर्न सक्छ ।

कुनै पनि स्वास्थ्य समस्या नभएको व्यक्तिले दर खाने दिनमा आठ बजेभित्र खाना खाने र भोलिपल्ट पूरै व्रत बसेर पर्सिपल्ट मात्र खाना खाँदा ३६ घण्टा व्रत बस्दा शरीर ‘अटोफेगी’ हुन्छ । अटोफेजी भनेको रिसाइकल गर्ने प्रक्रिया हो, जुन शरीरभित्र हुन्छ । यस अन्तर्गत पुराना कोषिकाहरु नष्ट हुन्छन् र आवश्यक भागले ऊर्जा उत्पादन गर्छन् वा नयाँ कोषिकाहरु सिर्जना गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अभियान सुरु भएको दुई दिनमा ४ लाख ६४ हजार किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाएको छन् । मंगलबार र बुधबार गरी ४ लाख ६४ हजार ६२ जनाले एचपीभी खोप लगाएको स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.अभियान गौतमले जानकारी दिए । मंगलबारबाट खोप अभियान सुरु भएको थियो । दुई दिनमा लक्षित किशोरीमध्ये २८ प्रतिशतले ...
: पर्सामा जारी महिलाको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियानमा खटिएका स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपात गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा पर्साको पोखरिया नगरपालिका-१ बनकटवाका ३५ वर्षीय प्रमोद पटेल र अर्का युवक मन्जय गिरी रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखिएको छ। माघ २२ देखि पर्सामा पनि जारी एचपीभी खोप ...
— धनगढीस्थित नोभा हस्पिटलको शौचालयमा कञ्चनपुरको वेदकोट नगरपालिका-६ सिसैयाका रवीन्द्र राना बुधबार राति मृत फेला परेका छन् । डेढ वर्षका भतिजाको उपचारका क्रममा उनी अस्पतालमा कुरुवा बसेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्रसिंह बोहराका अनुसार राना बुधबार राति २ बजेतिर अस्पतालको शौचालयमा लडेको अवस्थामा मृत भेटिएका हुन् । शौचालय गएका उनी धेरै बेरसम्म नफर्किएपछि अस्पतालका ...
: बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो। मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ। एक्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको ...
— आवासीय (रेजिडेन्ट), मेडिकल अधिकृत र इन्टर्न चिकित्सकले देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानमा बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिष्कार गरेका छन् । उनीहरूले देशभरका अस्पताल र स्वास्थ्य संस्थामा प्रदर्शन पनि गरेका छन् । स्वास्थ्य र शिक्षामन्त्रीको निर्णयविरुद्ध हरेक दिन ३ घण्टा ओपीडी सेवा बहिष्कार गर्दै आएका उनीहरूले पूर्ण रूपमा काम बन्द गर्दा अस्पतालमा स्वास्थ्य सेवा प्रभावित बनेको छ ...