मुख्य समाचार
भारतीय कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने
भारतीय कप्तान जिनी कोभातले मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग खेल्ने

। भारतीय महिला भलिबल टिमकी कप्तान तथा सेटर जिनी कोभात साजीले मधेश युनाइटेडबाट पहिलो संस्करणको एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) खेल्ने भएकी छन् ।

मधेशले मंगलबार आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा जिनीलाई अनुबन्ध गरेको हो । विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोली मधेशले ईडब्लुभीएका लागि ३ विदेशी खेलाडी घोषणा गर्ने पहिलो टोलीसमेत बनेको छ ।


मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ । २८ वर्षीय भारतीय सेटर जिनीलाई अनुबन्ध गरेपछि मधेशको विदेशी कोटाको खेलाडी अनुबन्ध पूरा भएको छ ।

‘अनुभवी सेटर जिनीलाई मधेश युनाईटेड टिममा अनुबन्ध गर्न पाउँदा हामी एकदमै खुशी छौँ । जिनीको आगमनले मधेश युनाइटेडको टिम अझ राम्रो र मजबुत हुने विश्वास छ’, मधेश युनाइटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘तीन पोजिसनमा विदेशी खेलाडी अनुबन्ध गरेपछि मधेश युनाइटेडको टिम सन्तुलित बनेको छ ।’



जिनीको कप्तानीमा भारतले केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि जितेको थियो । जिनीसँग भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

जिनीले यसअघि नेपालमा आएर विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेकोले उनको अनुभवले टिमलाई फाइदा पुग्ने मधेश टिमको विश्वास छ । जिनीले मधेश युनाईटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाईटेडबाट खेल्न आफू एकदमै उत्साहित रहेको बताएकी छन् ।

‘मैले यसअघि नेपाल आएर चार पटक खेलिसकेको छु । यसपटक एभरेष्ट वुमन्स भलिबल लिग मधेश युनाईटेडबाट खेल्न आउँदैछु । म लिगलाई लिएर एकदमै उत्साहित छु। सबैलाई नेपालमै भेट्नेछु’, उनले भनिन् ।

मधेश युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले जिनीलाई मधेश टिममा स्वागत गर्दै तीन विदेशी खेलाडी घोषणा पछि टिम अझ बलियो हुने बताइन् । ‘पहिलो पटक आयोजना हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिगका लागि हामी निकै उत्साहित छौँ र विदेशी खेलाडीको नाम घोषणाले हाम्रो टिम भलिबल समर्थक र लिगलाई झन् उत्साहित बनाएको छ’, उनले भनिन्।

नेपाली राष्ट्रिय महिला टिमका सहायक प्रशिक्षक भरत यादव मुख्य प्रशिक्षक रहेको मधेश युनाइटेडमा राष्ट्रिय टिमकी निरुता ठगुन्ना मार्की प्लेअरको रुपमा छन् । जिनीको अनुबन्धपछि मधेश युनाइटेडमा खेलाडी संख्या ११ पुगेको छ ।

मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ, यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।

ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करण असोज १४ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ । लिगमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...