मुख्य समाचार
कस्तो रह्यो ब्राजिलमा एक्स बिनाको पहिलो दिन ?
कस्तो रह्यो ब्राजिलमा एक्स बिनाको पहिलो दिन ?

। सामाजिक सञ्जाल एक्समाथि लगाएको प्रतिबन्धलाई लिएर प्रयोगकर्तासँगै राजनीतिकर्मीहरु विभाजित भएका छन् । आइतबार कयौं ब्राजिलियनहरुले एक्सको अभावमा विश्वबाट अलग भएको प्रतिक्रिया अरु सञ्जालमा व्यक्त गरेका छन् ।

ब्रालिलमा शनिबार विहानदेखि एक्स बन्द छ । वेबसाइट मात्र होइन, मोबाइल एप पनि चल्दैन । किनकी सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्डर डी मोरेसले दिएको समयसीमा अर्बपति मालिक एलन मस्कले कानुनी प्रतिनिधि राखेनन् ।




एक्सका लागि ब्राजिल ठूलो बजार हो । किनकी यहाँ लाखौं प्रयोगकर्ता छन् । एक अध्ययनका अनुसार ४० मिलियन ब्राजिलियन कम्तीमा महिनामा एक पटक एक्स चलाउँछन् । त्यही एक्समाथि प्रतिबन्ध लागेपछि चिको बार्नीले थ्रेड्समा लेखेका छन्, ‘यस्तो लागेको छ कि मलाई दुनियामा के भइरहेको छ, थाहा छैन ।’

अरु सञ्जालतिर आकर्षित भए प्रयोगकर्ता



पछिल्लो केही दिनमा अरु सामाजिक सञ्जालमा ब्राजिलियनहरुको उपस्थिति उल्लेख्य बढेको छ । एक्सको विकल्पका रुपमा गत वर्ष सञ्चालनमा आएको ब्लू स्काईमा लगभग २ लाख नयाँ प्रयोगकर्ता थपिएका छन् र, यो हरेक मिनेटमा बढ्दो छ ।

कम्पनीले शुक्रबार बताएअनुसार ब्राजिलका प्रयोगकर्ताहरुले फलो, लाइन जस्ता गतिविधिमा समेत रेकर्ड बनाएका छन् ।

सञ्जाल फेर्नु ब्राजिलका मानिसहरुका लागि असामान्य पनि होइन । कुनै समय ओरकुट प्रयोगकर्ता धेरै थिए, यो बन्द भएपछि सहजै अरु प्लाटफर्ममा गए । एक्स पनि फेसबुक, इन्टाग्राम, युट्युब र टिकटक जति लोकप्रिय छैन । तर राजनीतिक बहसका लागि एक्स महत्वपूर्ण प्लाटफर्म थियो, जहाँ राजनीतिकर्मी, पत्रकार र ओपेनियन मेकरहरु प्रभावशाली छन् ।

हास्य व्यग्यका लागि पनि एक्स नै रोजिन्थ्यो । ब्राजिलमा निकै भाइरल भएका मिमहरु अरु सञ्जालमा भन्दा पहिला एक्समा पोष्ट हुन्थे ।

के हो मस्क र मोरेसको विवाद ?

यो विवाद अप्रिलमा सुरु भएको थियो, जब न्यायाधीशले गलत सूचना फैलाएको भन्दै दर्जनौं एक्स एकाउन्ट बन्द गर्न आदेश दिए । यसको जवाफमा मस्कले भने, ‘स्वतन्त्र अभिव्यक्ति लाकेतन्त्रको आधारशीला हो । ब्राजिलमा अनिर्वाचित छद्म न्यायाधीशले राजनीतिक दबाबमा यसलाई नष्ट गर्दैछन् ।’

२०२२ को राष्ट्रपति चुनावताका गलत सूचनाको बाढी नै आयो, ब्राजिलको सर्वोच्च अदालतले इन्टरनेटमा फैलिएका त्यस्ता सामाग्री हटाउन आदेश दिने अधिकार न्यायाधीश मोरेसलाई दिएको थियो । उनले आक्रामक अभियान चलाए, जसका कारण सामाजिक सञ्जालहरु हजारौं पोष्ट हटाउन बाध्य भएका छन् ।

हालैका महिनाहरुमा एलन मस्कले न्यायाधीश मोरेसको चर्को आलोचना गरे । जवाफमा मोरेसले मस्कलाई संघीय जाँचमा सहभागी हुन दबाब बढाए । दबाब बढ्दै गएपछि एक्सले गत महिना ब्राजिलका लागि कानुनी प्रतिनिधिलाई हटायो ।

बुधबार राति स्थानीय समयअनुसार ८ः०७ मा न्यायाधीश मोरेसले २४ घन्टाभित्र नयाँ कानुनी प्रतिनिधि नियुक्त गर्न आदेश दियो । त्यसो नगरे आगामी अक्टोबरमा हुने नगर चुनावमा समस्या आउने स्थानीय अधिकारीहरुको बुझाइ थियो ।

साथै १८.५ मिलियन जरिवाना तोकियो । तर एक्सले कानुनी प्रतिनिधि नियुक्त गरेन, बरु ब्राजिलमा रहेको कार्यालय बन्द गर्‍यो ।

त्यसको प्रतिउत्तरमा न्यायाधीश मोरेसले शुक्रबार एक्समाथि पूर्ण प्रतिबन्ध लगाए ।

अब ब्राजिलमा कसैले भीपीएन प्रयोग गरेर एक्स चलाउँछ वा चलाउने कोसिस गर्छ भने प्रतिदिन ९ हजार डलर जरिवाना तिर्नुपर्ने पर्छ । यो रकम औषत ब्राजिलियनको एक वर्षको कमाई बराबर हुन्छ । त्यहाँको बार एशोसिएसनले वक्तव्य जारी गर्दै जरिवाना पुनरावलोकन गर्न अपील गरेको छ ।

साथै ब्राजिलमा मस्कको स्याटलाइट इन्टरनेट फर्म स्टारलिंकको बैंक खाता समेत रोक्का गरिएको छ ।

स्टारलिंकमा मस्कको ४० प्रतिशत लगानी छ, जसलाई तत्कालीन राष्ट्रपति बोल्सेनारोले सञ्चालन अनुमति दिएका थिए ।

२०२२ को चुनावमा बोल्सेनारोलाई हराएका राष्ट्रपति लुइस इनासियो लूला दा सिल्भाले भने अदालतको आदेशको समर्थन गरेका छन् । ‘धेरै पैसाले ब्राजिलको कानुनको अनादर गर्ने अनुमति दिँदैन’ उनले एक रेडियोसँग भनेका छन्, ‘एलन मस्क अमेरिकी नागरिक हुन्, दुनियाँका होइनन् ।’

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत सरकारले अब आउने सबै नयाँ स्मार्टफोनमा सरकारी साइबर सुरक्षासम्बन्धी एप ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टल गर्न फोन निर्माताहरूलाई आदेश दिएको छ । रोयटर्सको समाचारअनुसार अब भारतमा बिक्री हुने हरेक नयाँ मोबाइलमा उक्त एप अनिवार्य रूपमा हुनैपर्नेछ । साथै, यो एप प्रयोगकर्ताले हटाउन नसक्ने गरी इन्स्टल भएको हुनु पर्नेछ । भारत विश्वकै सर्वाधिक तीव्र गतिमा वृद्धि भइरहेको ...
— गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले आफ्ना लागि बनाउँदै आएको एक विशेष सेमिकन्डक्टर चिप अब अर्को ठूलो प्रविधि कम्पनी मेटाले खरिद गर्ने विषयमा छलफल अघि बढाएको छ । मेटाले अर्बौं डलरमा गुगलको चिप किन्न लागेको खबरले प्रविधि बजार तरंगित बनेको छ । यस घटनाले सेमिकन्डक्टर क्षेत्रमा वर्चस्व कायम गर्दै आएको एनभिडियासँग गुगलको प्रतिस्पर्धा बढ्ने संकेत देखिएको रोयटर्सलगायत ...
— भारतले बनाएको नयाँ सामाजिक सञ्जाल प्लाटफर्म ‘जेक्टर’ अब नेपालमा पनि भित्र्याउने तयारी गरिएको छ । सफ्टा टेक्नोलोजिजले विकास गरेको यो प्लाटफर्म विशेषगरी दक्षिण एसियाका जेन-जी र जेन अल्फा पुस्तालाई लक्ष्य गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । जेक्टरलाई हालै भारतमा मिडियामाझ प्रस्तुत गरिएको थियो । आत्मनिर्भर डिजिटल भारतको लक्ष्यअनुरुप एप बनाएको सफ्टाले जनाउँदै आएको ...
— फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्स र म्यासेन्जर गरी विश्वका झन्डै आधा दर्जन लोकप्रिय सामाजिक सञ्जाल प्लाटफर्महरू मेटा कम्पनीको स्वामित्वमा छन् । अर्बौं मानिसको दैनिक जीवनको हिस्सा बनेका फेसबुक, इन्स्टा र ह्वाट्सएप भने डिजिटल ठगीका लागि पनि उत्तिकै प्रयोग हुने गरेको पाइएको छ । थप चिन्ताको विषयचाहिँ यसबारे कम्पनी जानकार रहेको र ठगी विज्ञापनबाट उल्लेख्य आम्दानी हुँदा ठगीले प्रश्रय ...
— मोबाइलमा विभिन्न एपहरू सिफारिस गर्न बनाइएको ‘एपक्लाउड’ नामक एपलाई सामसङले आफ्ना डिभाइसको अपरेटिङ सिस्टममै आबद्ध गरेको र यसले प्रयोगकर्ताका डेटा संकलन गरेर इजरायली सरकारलाई दिने गरेको आरोप लगाइएको छ । सामसङका फोनहरूमा यो पहिलेदेखि रहे पनि नयाँ ग्यालेक्सी डिभाइसमा यसलाई ‘डिसेबल’ गर्न वा आमप्रयोगकर्ताले सजिलै हटाउन नमिल्ने गरी राखिएको बताइन्छ । आफूलाई गैर-नाफामूलक बताउने लेबनानको ...