मुख्य समाचार
बाबर आजम लगातार १६ इनिङमा अर्धशतक विहीन
बाबर आजम लगातार १६ इनिङमा अर्धशतक विहीन

। पाकिस्तानका प्रमुख ब्याटर बाबर आजम टेस्ट क्रिकेटमा लगातार १६ इनिङसम्म अर्धशतक विहीन बनेका छन् । घरेलु मैदान रावलपिंडीमा बंगलादेशविरुद्ध दोस्रो टेस्ट खेलमा बाबर ३१ र ११ रनमा आउट हुन पुगे । बंगलादेशविरुद्ध पहिलो टेस्टमा उनी डक र २२ रनमा आउट भएका थिए ।

उनले पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा कराँचीमा न्युजिल्यान्डविरुद्ध पहिलो इनिङमा १६१ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि भने बाबरले टेस्टमा ५० रन कटाउन सकेका छैनन् । उक्त शतकपछि बाबरको १६ इनिङमा क्रमश ः १४, २४, २७, १३, २४, ३९, २१, १४, १, ४१, २६, २३, ०, २२, ३१ र ११ रन बनाएका छन् ।

बाबरले सन् २०२३ डिसेम्बरमा मेलबर्नविरुद्ध बनाएको ४१ रन नै पछिल्ला १६ इनिङको उत्कृष्ट प्रदर्शन हो । त्यसअघिको १६ इनिङमा भने बाबरले ८ अर्धशतक र ४ शतकसहित लोभलाग्दो प्रदर्शन गरेका थिए ।

न्युजिल्यान्डविरुद्ध शतकअघि १६ इनिङमा उनले क्रमश ३६, ३६, १९६, ६७, ५५, ११९, ५५, १६, ८१, १३६, ४, ७५, १, ७८, ५४ र १६१ रन बनाएका थिए । सन् २०२३ र २०२४ बाबरको टेस्टमा सबैभन्दा खराब प्रदर्शन मानिन्छ ।

सन् २०२३ मा ५ खेलमा २०४ रन बनाएका छन् । २०२४ मा हालसम्म ३ खेलमा ११३ रन बनाएका छन् । यसअघि बाबरको खराब प्रदर्शन डेब्यू वर्ष २०१६ मा ५ खेलमा २ अर्धशतकसहित २९१ रन थियो । बाबरको सन् २०२२ टेस्टको सबैभन्दा राम्रो लय मानिन्छ । २०२२ मा ९ खेलमा बाबरले ४ शतक र ७ अर्धशतकसहित कुल ११८४ रन जोडेका थिए ।

सन् २०२४ को टी–२० विश्वकपमा बाबरले ४ खेलमा १२२ रन बनाएका थिए । जसमा अमेरिकाविरुद्ध सर्वाधिक ४४ रन जोडेका थिए । १२० रनको लक्ष्य पछ्याउनेक्रममा भारतविरुद्ध विश्वकपमा १३ रनमा आउट भएका थिए । क्यानडाविरुद्ध ३३ र आयरल्यान्डविरुद्ध ३२ रन जोडेका थिए । उनको खराब लयको कारण पाकिस्तान विश्वकपमा समूह चरणबाटै बाहिरिनु परेको थियो ।

प्रमुख ब्याटर बाबरको खराब लयले टोलीलाई पनि ठूलो असर गरेको छ । पहिलो टेस्ट खेलमा बंगलादेशविरुद्ध पाकिस्तान १० विकेटले पराजित भएको थियो । पाकिस्तानको टेस्ट इतिहासमा बंगलादेशविरुद्ध पहिलो हार थियो ।

दोस्रो टेस्ट खेलमा १८५ रनको लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको खेल सकिँदा ४२–० को मजबृुत अवस्थामा छ । गत जनवरीमा अष्ट्रेलिया भ्रमणमा तीन खेलको सिरिज पाकिस्तानले क्लिनस्विपको हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...