मुख्य समाचार
बाबर आजम लगातार १६ इनिङमा अर्धशतक विहीन
बाबर आजम लगातार १६ इनिङमा अर्धशतक विहीन

। पाकिस्तानका प्रमुख ब्याटर बाबर आजम टेस्ट क्रिकेटमा लगातार १६ इनिङसम्म अर्धशतक विहीन बनेका छन् । घरेलु मैदान रावलपिंडीमा बंगलादेशविरुद्ध दोस्रो टेस्ट खेलमा बाबर ३१ र ११ रनमा आउट हुन पुगे । बंगलादेशविरुद्ध पहिलो टेस्टमा उनी डक र २२ रनमा आउट भएका थिए ।

उनले पछिल्लो पटक सन् २०२२ डिसेम्बरमा कराँचीमा न्युजिल्यान्डविरुद्ध पहिलो इनिङमा १६१ रनको शतकीय इनिङ खेलेका थिए । त्यसपछि भने बाबरले टेस्टमा ५० रन कटाउन सकेका छैनन् । उक्त शतकपछि बाबरको १६ इनिङमा क्रमश ः १४, २४, २७, १३, २४, ३९, २१, १४, १, ४१, २६, २३, ०, २२, ३१ र ११ रन बनाएका छन् ।

बाबरले सन् २०२३ डिसेम्बरमा मेलबर्नविरुद्ध बनाएको ४१ रन नै पछिल्ला १६ इनिङको उत्कृष्ट प्रदर्शन हो । त्यसअघिको १६ इनिङमा भने बाबरले ८ अर्धशतक र ४ शतकसहित लोभलाग्दो प्रदर्शन गरेका थिए ।

न्युजिल्यान्डविरुद्ध शतकअघि १६ इनिङमा उनले क्रमश ३६, ३६, १९६, ६७, ५५, ११९, ५५, १६, ८१, १३६, ४, ७५, १, ७८, ५४ र १६१ रन बनाएका थिए । सन् २०२३ र २०२४ बाबरको टेस्टमा सबैभन्दा खराब प्रदर्शन मानिन्छ ।

सन् २०२३ मा ५ खेलमा २०४ रन बनाएका छन् । २०२४ मा हालसम्म ३ खेलमा ११३ रन बनाएका छन् । यसअघि बाबरको खराब प्रदर्शन डेब्यू वर्ष २०१६ मा ५ खेलमा २ अर्धशतकसहित २९१ रन थियो । बाबरको सन् २०२२ टेस्टको सबैभन्दा राम्रो लय मानिन्छ । २०२२ मा ९ खेलमा बाबरले ४ शतक र ७ अर्धशतकसहित कुल ११८४ रन जोडेका थिए ।

सन् २०२४ को टी–२० विश्वकपमा बाबरले ४ खेलमा १२२ रन बनाएका थिए । जसमा अमेरिकाविरुद्ध सर्वाधिक ४४ रन जोडेका थिए । १२० रनको लक्ष्य पछ्याउनेक्रममा भारतविरुद्ध विश्वकपमा १३ रनमा आउट भएका थिए । क्यानडाविरुद्ध ३३ र आयरल्यान्डविरुद्ध ३२ रन जोडेका थिए । उनको खराब लयको कारण पाकिस्तान विश्वकपमा समूह चरणबाटै बाहिरिनु परेको थियो ।

प्रमुख ब्याटर बाबरको खराब लयले टोलीलाई पनि ठूलो असर गरेको छ । पहिलो टेस्ट खेलमा बंगलादेशविरुद्ध पाकिस्तान १० विकेटले पराजित भएको थियो । पाकिस्तानको टेस्ट इतिहासमा बंगलादेशविरुद्ध पहिलो हार थियो ।

दोस्रो टेस्ट खेलमा १८५ रनको लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको खेल सकिँदा ४२–० को मजबृुत अवस्थामा छ । गत जनवरीमा अष्ट्रेलिया भ्रमणमा तीन खेलको सिरिज पाकिस्तानले क्लिनस्विपको हार व्यहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...