मुख्य समाचार
‘ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ’
‘ओलम्पिकमा खाता खुल्यो, अब यसलाई संस्थागत गर्नुपर्छ’

। नेपाली खेलाडी पलेशा गोवर्धनले पेरिस पारा ओलम्पिकमा शुक्रबार राति जितेको कांस्य पदक नेपाली खेलकुद इतिहासमा अहिलेसम्मको ठूलो पदक हो ।

पारा तेक्वान्दोको के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि उनले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्यपदक जितेपछि त्यसको चर्चा नेपालभर छ ।

नेपालले ओलम्पिकमा सहभागिता जनाउन थालेको ६० वर्ष र पारा ओलम्पिकमा दुई दशक भइसकेको छ । तर यसअघिको सहभागिता खेलाडीको व्यक्तिगत प्रदर्शन सुधार गर्न र अनुभव हासिल गर्न मात्र सीमित थिए ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपालले ओलम्पिकमा पदकको खाता खोलेको र अब यसलाई संस्थागत बनाउनुपर्ने बताउँछन् ।



‘हामीसँग यसअघि पदक शून्य थियो अब एकाउन्ट खुलेको छ’, अनलाइनखबरसँगको कुराकानीमा घिसिङले भने, ‘अहिले सिंगो देशको ध्यान खेलकुदतिर केन्द्रित भइरहेको छ ।’



पलेशाको मिहिनेत र चुस्त व्यवस्थापनका कारण पदक जित्न सफल भएको घिसिङको दाबी छ । ‘खेलाडीको कन्फिडेन्ट र व्यवस्थापनको तहबाट हामी सबैले गरेको प्रयास र पहलहरुको बीचबाट हामीले यो नतिजा हासिल गरेको हो’, उनको भनाइ छ ।

पलेशाको पदकले नयाँ खेलाडीहरुमा आत्मविश्वास बढ्ने भन्दै उनले त्यसबाट भविष्यमा अरु पदक जित्ने बाटो खुल्ने धारणा राखे । ‘जो तयारीमा छन् उनीहरुमा कन्फिडेन्ट बढ्यो अब त्यो खुलेको खातालाई बढाउन हामी तयार हुन्छौँ’, उनले भने ।

पदक जितेका खेलाडीको सम्मान र नयाँ खेलाडीलाई खेलमा लाग्न हौसला प्रदान गर्ने आफूहरुको दायित्व भएको सदस्य सचिव घिसिङले बताए ।

नेपालले खेलकुदमा सुक्ष्म रुपमा तयारी गरिरहेको दाबी गर्दै उनले त्यसको नतिजा मात्र अहिले देखिएको बताए । ‘एक ढंगले हेर्ने हो भने अहिले पदक आयो । तर पदक सम्भावना भएको खेलाडीलाई हामीले गम्भिर रुपमा तयारी गरेका थियौँ’, उनी भन्छन् ।

चीनमा अध्ययन गरिरहेकी पलेशालाई उतै प्रशिक्षणको व्यवस्था मिलाउन वा नेपालमा बोलाएर प्रशिक्षण गर्ने भन्दा पलेशाले नेपालमै आएर प्रशिक्षण गर्न चाहेपछि राखेपले उनलाई बोलाएको थियो ।

पछि अफगानिस्तानको प्रशिक्षक झिकाएर पनि प्रशिक्षण गराएको र बेलायतको म्यानचेष्टरमा थप प्रशिक्षणका लागि पठाएको सदस्य सचिव घिसिङले बताए ।

पलेशाले पारा ओलम्पिकमा कांस्य जितेवापत सरकारबाट नगद ६५ लाख रुपैयाँ पुरस्कार पाउनेछिन् । तर त्यसबापत लाग्ने कर भने पलेशाले तिर्नुपर्छ । सदस्य सचिव घिसिङ पुरस्कारमा कर कट्टा नगर्न सरकारलाई अनुरोध गर्ने बताउँछन् ।

खेलकुदमा दीर्घकालीन योजना

आगामी दिनमा पनि खेलमा पदक जित्न तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने सदस्य सचिव घिसिङले बताए । ‘खेलकुदलाई विद्यालयदेखि अतिरिक्त होइन अनिवार्य रुपमा पाठ्यक्रममा समावेश गरेर अघि बढाउनुपर्छ । यसलाई दीर्घकालीन रुपमा अघि बढाउँदा भोलि ठूला खेलकुदमा एक होइन दुई अंकमा स्वर्ण जित्ने सक्छौँ’, उनी भन्छन् ।



खेलकुद गतिविधिलाई व्यापक बनाउन निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने घिसिङको भनाइ छ । पब्लिक कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनिवार्य खर्च गर्नुपर्ने १० प्रतिशत रकम खेलकुदमा खर्च गर्न पाउने नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए । ‘यो कानुनी जटिलतालाई हटाउन हामीले प्रस्ताव अघि बढाइसकेका छौँ’, उनले भने ।

खेल क्षेत्रमा लाग्ने वातावरण बनाउन एथ्लेट भिलेजको प्रस्ताव अघि बढाएको भन्दै सदस्य सचिव घिसिङले हाई परफर्मेन्स ट्रेनिङका लागि पूर्वाधार बनाउन अवश्यक देखिएको धारणा राखे । ‘यो काम अघि बढेको छ । स्पोर्ट्स ल्याबको प्रक्रिया पनि अघि बढाइएको छ’, उनले भने ।

देशभरबाट खेल प्रतिभा पहिचान गर्ने र स्टार खेलाडी जन्माउनका लागि घरेलु प्रतियोगिता बढाउनुपर्ने घिसिङ बताउँछन् । घरेलु खेलकुदको ठूलो मञ्च राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित र समयमा गर्न सकेमा धेरै खेल प्रतिभा जन्मिन सक्ने घिसिङले बताए ।

सरकारले खेलकुद क्षेत्रमा बजेट कम दिनुले पनि खेलकुद प्राथमिकतामा नपरेको देखिएको सदस्य सचिव घिसिङ बताउँछन् । ‘खेलकुद पूर्वाधारमा सरकारले दिनुपर्ने प्राथमिकता प्राप्त भएको छैन । सीमित साधन र स्रोतको बीचबाट खेलकर्मीले गरेको अथक मिहिनेतको फल हो’, उनले भने ।

खेलको विकासका लागि देशभित्र खेल संस्कृति पनि हुनुपर्ने उनी बताउँछन् । खेलकुदलाई संस्कृति बनाउन सक्यो भने समाजलाई स्वस्थ बनाउने मात्र होइन, समाजको गरिमा र प्रतिष्ठासँग स्वच्छ खालको प्रतिस्पर्धा हुन्छ’, सदस्य सचिव घिसिङले भने ।

सदस्य सचिव घिसिङले अहिले खेल संस्कृतिलाई व्यापक बनाउने प्रयास भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...