मुख्य समाचार
सुआरेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
सुआरेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

। उरुग्वेका भेटेरान फुटबल लुइस सुआरेजले ३७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् ।

लिभरपुल र बार्सिलोनाका पूर्व फरवार्ड समेत रहेका सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दैछन् ।


उनी उरुग्वेका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले उरुग्वे राष्ट्रिय टिमबाट १४२ खेल खेल्दै ६९ गोल गरेका छन् ।

सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा भावुक हुँदै सुआरेजले शुक्रबार राष्ट्रका लागि अन्तिम खेल खेल्ने बताए । ‘यो भन्दा मलाई दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ ।’



विश्वकप छनोटको खेलमा उरुऊवेल पाराग्वेसँग घरेलु मैदानमा खेल्नेछ ।

सन् २००७ देशि उरुग्वेका लागि खेलेका सुआरेजले यो सन्यासको लागि सही समय भएको बताएका छन् । ‘मलाई थाहा छ, अर्को विश्वकपमा पुग्न मलाई गाह्रो छ । चोटका कारण नभई आफैंले सन्न्यास लिनु सान्त्वनादायी छ,’ उनले भने ।

सुआरेजले उरुग्वेको राष्ट्रिय टिमबाट ४ पटक विश्वकप र ५ पटक कोपा अमेरिका खेलेका छन् । उनले सन् २०११ मा कोपा अमेरिकाको उपाधि समेत जितेका थिए । उनले कोपा अमेरिका जित्न आफ्नो करियरको सबैभन्दा उत्कृष्ट क्षण रहेको बताएका छन् ।

सुआरेजले हाल आफ्नो नजिकका साथी लिओनल मेसीसँगै मेजर सकर लिग क्लब इन्टर मायमीमा खेल्छन् । उनले क्लब करियरलाई भने निरन्तरता दिनेछन् ।

सुआरेज र मेसीले सन् २०१४ देखि २०२० सम्म सँगै बार्सिलोनामा खेलेका थिए । यस्तै सुआरेजले अयाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोका लागि पनि खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...