मुख्य समाचार
ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक
ममता काफ्ले प्रकरण: घरभित्र बाथरुम र कार्पेटमा रगत देखिएको फोटो सार्वजनिक

। अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्वीरहरु सार्वजनिक भएका छन् ।

उनको बेपत्तामा श्रीमान् नरेश भट्टको हात रहेको भन्दै मनसास पार्क प्रहरीले भट्टलाई थुनामा लिएको छ । र, अदालतमा शरीर लुकाएको आरोपमा भएको सुनुवाइका क्रममा अदालत समक्ष पेश गरिएको तस्वीरहरु सार्वजनिक भएको हो ।




स्थानीय अनलाइन समाचार पोर्टल फक्सफाइभ डटकमले सार्वजनिक गरेको तस्वीरहरुमा भट्टको कोठाभित्र कार्पेट र बाथरुममा रगतका टाटाहरु देखिन्छन् ।

ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।



नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जिवित नभएको प्रहरी निष्कर्ष छ ।

कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

अधिकृतहरुले कोठामा रगत भए नभएको पहिचान गर्न ब्लुस्टार प्रविधि प्रयोग गरेका थिए, त्यसअनुसार, रगत भएको स्थानमा अँध्यारो पारेर हेर्दा निलो रङ देखिन्थ्यो । यसरी जाँच गर्दा जति रगतको मात्रा देखिएको छ, त्यसको आधारमा उनी जीवित हुने सम्भावना नरहेको अधिकृतहरुले बताएका थिए ।

तर, भट्ट पक्षका वकिलहरुले भने शरीरबिनै गम्भीर अभियोग लगाइएको भन्दै जमानतमा छाड्न माग गरेका थिए । यद्यपि, अभियोजकतर्फका वकिलहरुको बहस सुनेपछि नरेश समाजका लागि खतरा हुनसक्ने भन्दै उनलाई थुनामै राख्ने आदेश भयो ।

अदालतमा भएको बहसका क्रममा अभियोजकतर्फका वकिलहरुले प्रहरी अनुसन्धानका क्रममा नरेशले घटनाको केहीअघि श्रीमतीको मृत्यु भएको कति समयपछि बिहे गर्न सकिन्छ भनेर गुगल सर्च गरेको फेला परेको बताएका थिए ।

ममता सम्पर्कविहीन भएलगत्तै उनले आफ्नो कार बिक्री गरेको पनि अनुसन्धानबाट खुलेको छ भने उनले घर पनि विक्री गर्न खोजेका थिए । ममता र नरेशबीच सामाजिक सञ्जालबाट चिनजान भएर चार वर्षअघि विवाह भएको थियो ।

पछिल्लो समय उनले घरमा आफूविरुद्ध हिंसा भइरहेको भन्दै साथीहरुलाई सुनाएकी थिइन् । उनले सम्बन्धविच्छेद गर्नेबारे समेत छलफल गरिरहेको पाइएको छ । त्यहीबीचमा यो घटना भएको हो । उनीहरुको एक वर्षको छोरी समेत छिन् ।

छोरीको रेखदेखका लागि काभ्रेको पनौतीस्थित ममताको माइती पक्षबाट आमा र दाइ अमेरिका गएका छन् । प्रहरीले ममताको खोजी कार्यलाई भने जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो। निष्कासन गरिनेमा सोनालाल सहनी, मेखबहादु तामाङ, राधाकृष्ण चौधरी, भिखारी चौधरी, उमेशप्रसाद राजबंशी, भीमप्रसाद घिमिरे, ललित राना, दिनेश प्रजा, खुमन आले मगर, मधु विक, सजिद मियाँ, बचेलाल पटेल, अनिल कुमार साह, बुद्धबहादुर नेपाली र मरेन्द्र बानियाँ रहेका छन्। उनीहरूलाई ...
: वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबिया पुगेका एकै कम्पनीका ४६९ जना अलपत्र परेका नेपालीमध्ये २ सय ६२ जना स्वदेश फिर्ता भएका छन् । साउदी अरबको जुबेल सहरमा रहेको सेन्दान इन्टरनेशनल कम्पनी लिमिटेड नामक कम्पनी बन्द भएपछि उनीहरू अलपत्र परेका थिए । नेपाली दूतावासका अनुसार अलपत्र ४६९ जनाले आफूहरू कम्पनी ...
: दक्षिण कोरियाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। निष्कासन गरिनेमा सुलभ राई र निर्मल कुमार पाण्डे रहेका छन्। उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो। स्रोतका अनुसार राईलाई थाइ एयरको विमान र पाण्डेलाई कोरियन एयरलायन्सको विमानबाट फर्काइएको हो। यसअघि पनि गैरकानुनी रूपमा बसोबास गर्दै आएका नेपालीहरूलाई ...
: बेलायतमा ज्यान गुमाएका दुई नेपाली युवाको एकैदिन लन्डनमा अन्त्येष्टि गरिएको छ। गत जुन १४ तारिखमा लन्डनको वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिएका २७ वर्षीय विपिन न्यौपाने र गत अप्रिल २८ तारिखमा लन्डन थेम्स नदीकिनारमा शव फेला परेका २० वर्षीय सुशान ओलीको लन्डनका दुई छुट्टा-छु्टै क्रिमेटोरियममा एकैदिन अन्त्येष्टि भएको हो । गुल्मीको जोहाङ पुख्र्यौली र ...
: युरोपियन मुलुक क्रोएसिया पुगेका ११ जना नेपालीलाई निष्कासन गरी फिर्ता पठाइएको छ। भिसामा कैफियत देखिएपछि उनीहरूलाई विमानस्थलबाटै निष्कासन गरी नेपाल फिर्ता पठाइएको हो। फिर्ता पठाइनेमा गीता सुनुवार, शंकर सुनुवार, दीपक श्रेष्ठ, वीरेन्द्र प्रकाश राना, दीपक चौधरी, पल्सीन लिम्बु, अमित कुमार विश्वकर्मा, लक्ष्मण मगर, मनिषा कार्की सुब्बा, उपेन्द्र प्रसाद वली र अतित तामाङ रहेका छन्। उनीहरूलाई ...