मुख्य समाचार
सरस्वती, निरुता र सुमित्राले पुलिसबाट काभा क्लब च्याम्पियनसिप खेल्ने
सरस्वती, निरुता र सुमित्राले पुलिसबाट काभा क्लब च्याम्पियनसिप खेल्ने

। नेपाली राष्ट्रिय मिहला भलिबल टोलीका सदस्यहरु सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीले नेपाल पुलिस क्लबबाट काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्ने भएका छन् ।

पुलिसले यही सेप्टेम्बर दोस्रो साता देखि माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपलाई मध्यनजर गर्दै राष्ट्रिय टिमका तीन खेलाडीलाई अनुबन्ध गरेको हो ।

पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडीले पुलिसबाट खेल्ने पुष्टि गरे ।

घरेलु भलिबलमा सरस्वती र निरुताले एपीएफ तथा सुमित्राले न्युडायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्दै आएका छन् ।


केही समयअघि घरेलु मैदानमा भएको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता हुँदा तीन खेलाडी टिमको सदस्य थिए । मिडल ब्लकर सुमित्राले त्यही च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

पुलिसले घरेलु भलिबलमा च्याम्पियन बन्दै पहिलो पटक काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्न लागेको हो । त्यसका लागि पुलिसले प्रशिक्षण समेथ सुरु गरिसकेको छ ।

पुलिसमा राष्ट्रिय टिमकै उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, शान्तीकला तामाङ छन् भने राष्ट्रिय टिमबाट खेलिसकेकी कामना पुन र मनिषा चौधरी पनि पुलिस टिममा छन् ।

तीन खेलाडी थपिएपछि पुलिसको टिम बलियो बनेको छ । काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...