मुख्य समाचार
सरस्वती, निरुता र सुमित्राले पुलिसबाट काभा क्लब च्याम्पियनसिप खेल्ने
सरस्वती, निरुता र सुमित्राले पुलिसबाट काभा क्लब च्याम्पियनसिप खेल्ने

। नेपाली राष्ट्रिय मिहला भलिबल टोलीका सदस्यहरु सरस्वती चौधरी, निरुता ठगुन्ना र सुमित्रा रेग्मीले नेपाल पुलिस क्लबबाट काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्ने भएका छन् ।

पुलिसले यही सेप्टेम्बर दोस्रो साता देखि माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनसिपलाई मध्यनजर गर्दै राष्ट्रिय टिमका तीन खेलाडीलाई अनुबन्ध गरेको हो ।

पुलिसका मुख्य प्रशिक्षक रुपेश विष्टले तीन खेलाडीले पुलिसबाट खेल्ने पुष्टि गरे ।

घरेलु भलिबलमा सरस्वती र निरुताले एपीएफ तथा सुमित्राले न्युडायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्दै आएका छन् ।


केही समयअघि घरेलु मैदानमा भएको काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपाल उपविजेता हुँदा तीन खेलाडी टिमको सदस्य थिए । मिडल ब्लकर सुमित्राले त्यही च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

पुलिसले घरेलु भलिबलमा च्याम्पियन बन्दै पहिलो पटक काभा वुमन्स क्लब च्याम्पियनसिप खेल्न लागेको हो । त्यसका लागि पुलिसले प्रशिक्षण समेथ सुरु गरिसकेको छ ।

पुलिसमा राष्ट्रिय टिमकै उषा भण्डारी, कामना विष्ट, पुनम चन्द, शान्तीकला तामाङ छन् भने राष्ट्रिय टिमबाट खेलिसकेकी कामना पुन र मनिषा चौधरी पनि पुलिस टिममा छन् ।

तीन खेलाडी थपिएपछि पुलिसको टिम बलियो बनेको छ । काभा वुमन्स क्लब भलिबल च्याम्पियनसिप सेप्टेम्बर १४ देखि २० सम्म माल्दिभ्समा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...