मुख्य समाचार
प्रिमियर लिगमा हालाण्डको गोल्डेन सुरुवात
प्रिमियर लिगमा हालाण्डको गोल्डेन सुरुवात

। म्यानचेस्टर सिटीका युवा फरवार्ड एर्लिङ हालाण्डले प्रिमियर लिग सिजन २०२४÷२५ मा उत्कृष्ट सुरुवात गरेका छन् ।

हालाण्डले सुरुवाती तीन खेलमा दुई ह्याट्रिकसहित ७ गोल गर्दै प्रिमियर लिगमा उत्कृष्ट सुरुवात गर्न सफल भएका हुन् । उनको उच्च प्रदर्शनमा म्यानचेस्टर सिटी तीन खेलमा ९ अंकका साथ शीर्ष स्थानमा छ ।


हालाण्डले यस सिजनको पहिलो खेल १८ अगष्टमा स्ट्यामफोर्ड ब्रिज लन्डनमा चेल्सीविरुद्ध १८ औं मिनेटमा बेर्नार्डो सिल्भाको असिस्टमा गोल गर्दै सुरुवात गरेका थिए । यो खेलमा म्यानचेस्टर सिटीले २–० को अन्तरले जित हात पारेको थियो । सिटीको थप एक गोल ८४ औं मिनेटमा मटेओ कोभासिकले गरेका थिए ।

दोस्रो खेलमा म्यानचेस्टर सिटीले २४ अगष्टमा घरेलु रंगशाला इत्तेहादमा इप्सविब टाउन फुटबल क्लबमाथि ४–१ को शानदार जित हात पारेको थियो । उक्त खेलमा हालाण्डले १२ औं, १६ औं र ८८ औं मिनेटमा गोल गरेका थिए ।



१२ मौं मिनेटमा हालाण्डले पेनाल्टीमा गोल गर्दैै १–१ को बराबरीमा पुर्‍याएका थिए । उक्तको गोलको दुई मिनेटपछि सिटीका केभिन डे ब्रुएनले गोल गर्दै २–१ को अग्रता दिलाएका थिए ।

१६ औं मिनेटमा ब्रुएनले दिएको असिस्टमा हालाण्डले गोल गर्दै खेल ३–१ को अवस्थामा पुर्‍याएका थिए । खेलको अन्तिम समय ८८ औं मिनेटमा हालाण्डले गोल गर्दै सिरिजमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरे ।

त्यसको एक हप्तापछि ३१ अगष्टमा वेस्ट ह्यामलाई ३–१ ले हराउन हालाण्डले ह्याट्रिक गरेका थिए । हालाण्डले खेलको १० औं मिनेटमा बेर्नार्डो सिल्भाको असिस्ट, ३० औं रिको लेविसको असिस्ट र ८३ औं मिनेटमा म्याथ्युज नुनेसको असिस्टमा गोल गरेका थिए ।

‘मलाई राम्रो लागेको छ । यसले उर्जावान पनि गराएको छ । मसँग लामो छुट्टी र प्रिसिजन थियो । अव म थपका लागि तयार छ’, हालाण्डले भने । म्यानचेस्टर सिटीका म्यानेजर पेप गार्डिओलाले हालाण्डको प्रदर्शनलाई बताउने कुनै शब्द नभएको बताएका छन् ।

यस सिजनमा उनीपछि चेल्सीका नोनी माडुके र ब्रेन्टफोर्डका ब्रायनले ३–३ गोल गरेका छन् । प्रिमियर लिग इतिहासमा उनको यो समग्रमा आठौं ह्याट्रिक हो । सर्वाधिक ह्याट्रिक सर्जियो अगुएरोले १२ पटक गरेका छन् ।

सुरुवाती तीन खेलमा दुई ह्याट्रिकसँगै हालान्डले ३० वर्ष पुरानो कीर्तिमान बराबर गरेका छन् । उनी सन् १९९४/९५ को संस्करणमा ब्राडफोर्ड सिटीका पल जेवेलपछि सुरुवाती तीन खेलमा दुई ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।

प्रिमियर लिगमा हालाण्डको डेब्यू संस्करण २०२२/२३ देखि नै शानदार रेकर्ड छ । डेब्यू प्रिमियर लिग सिजनमा उनले ३५ खेलमा ३६ गोल गर्दा ८ असिस्ट दिएका थिए । गतवर्ष म्यानचेस्टर सिटीलाई च्याम्पियन बनाउन उनले ३१ खेलमा २७ गोल गर्दा ५ असिस्ट दिएका थिए ।

नर्वेली फरवार्डले म्यानचेस्टर सिटीबाट प्रिमियर लिगका पछिल्ला दुबै गोल्डेन बुट जितेका छन् । यस सिजनको सुरुवातमा गोल्डेन सुरुवात गर्दै बुटमा ह्याट्रिकको सम्भावना देखाएका छन् । त्यस्तै उनले २०२२/२३ को प्रिमियर लिगमा प्लेयर अफ द सिजन पनि चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...