मुख्य समाचार
मुना पाण्डे हत्या प्रकरण : सीसी टीभीमा के देखियो ?
मुना पाण्डे हत्या प्रकरण : सीसी टीभीमा के देखियो ?

। अमेरिकाको ह्युस्टन शहरमा गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबि सिंह शाहलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

अदालतले उनको संलग्नता देखिने आधारहरु रहेको भन्दै जमानतमा छाड्न अस्वीकार गरेको छ । अर्को सुनुवाइ मंगलबार अमेरिकी समयअनुसार बिहान ९ बजे हुँदैछ ।




अदालतमा शाह पक्षका वकिलहरुले उनलाई जमानतमा छाड्नुपर्ने तर्क गरेका थिए । जवाफमा अभियोजनकर्ता पक्षले क्लोज सर्किट (सीसी) क्यामराको फुटेज र त्यसको विश्लेषण प्रस्तुत गरेको ह्युस्टनका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘मंगलबार डिटेक्टिभहरुले उनको सेक्युरिटी सिस्टमको पासवर्ड फेला पारेका थिए, शनिबार अपार्टमेन्टको ढोका नजिकको फुटेज संकलन गरेका थिए’, क्लिकटुह्युस्टन डटकमले लेखेको छ, ‘फुटेजमा अपराह्न ८ः४० बजेतिर शाह उनको ढोकामा पुगेको देखिन्छ ।’



फुटेजमा देखिएअनुसार त्यसबेला उनी जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट र पर्स बोकेर उभिएकी थिइन् ।

शाहले आफूसँग पेस्तोल बोकेका थिए र पटकपटक ढोका खोल्नलाई भनेका थिए । पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै प्रश्न गरेको पनि सीसी टीभीको अडियोमा सुनिने भनिएको छ ।

अनुसन्धान अधिकृतहरुलाई उधृत गर्दै लेखिएको समाचार अनुसार, २१ वर्षीया पाण्डेले ढोका खोल्नेबित्तिकै शाहले उनलाई भित्र धकेलेका थिए र ढोका बन्द गरेका थिए ।

एक घण्टापछि शाह अपार्टमेन्टबाट निस्किएको देखिएको छ । त्यही समयमा अपार्टमेन्ट वरिपरि बस्नेहरुले ठूलो आवाज सुनेको प्रहरीसँग बयान दिएका छन् । पाण्डेले सुरुमा बोकेको कालो पर्स बोकेर उनी निस्किएको शंका गरिएको छ ।

बुधबार प्रहरीले सीसी टीभीमा देखिएका संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना दिन भनेको थियो । त्यसको आधारमा उनलाई प्रहरीले अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिएको थियो ।

एबीसी १३ डटकमका अनुसार, अभियोग पत्रमा उल्लेख भएअनुसार पाण्डे हिलक्रफ्ट स्ट्रिट रेष्टुरेन्टमा नियमित ग्राहक थिइन् ।

रेष्टुरेन्टका सञ्चालकसँग सोधपुछ गर्दा उनले शाहलाई चिन्ने बताएका थिए । ‘रेष्टुरेन्ट सञ्चालक र शाहबीच बिजनेसको सम्बन्ध भएको अनुसन्धान अधिकृतहरुले भनेका छन्’, समाचारमा भनिएको छ । त्यसैले मुना र शाहबीच पनि चिनजान हुनसक्ने आशंका गरिएको छ ।’

अहिलेसम्म हत्याको कारण खुलेको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको पनि खुलेको छैन ।

मुना सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास ...
: भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानबाट दिल्ली हुँदै जर्मनी जान लागेकी एक नेपाली नागरिकलाई अध्यागमन अधिकारीहरूले अपमान गरेको आरोप लगाएपछि गृह मन्त्रालयले प्रस्टीकरण दिएको हो। गृह मन्त्रालयले उक्त घटनालाई नेपाली नागरिकहरूप्रति पक्षपात वा भेदभाव गरेको भनेर गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गरेको छ। 'यस ...
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...