मुख्य समाचार
मुना पाण्डे हत्या प्रकरण : सीसी टीभीमा के देखियो ?
मुना पाण्डे हत्या प्रकरण : सीसी टीभीमा के देखियो ?

। अमेरिकाको ह्युस्टन शहरमा गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबि सिंह शाहलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

अदालतले उनको संलग्नता देखिने आधारहरु रहेको भन्दै जमानतमा छाड्न अस्वीकार गरेको छ । अर्को सुनुवाइ मंगलबार अमेरिकी समयअनुसार बिहान ९ बजे हुँदैछ ।




अदालतमा शाह पक्षका वकिलहरुले उनलाई जमानतमा छाड्नुपर्ने तर्क गरेका थिए । जवाफमा अभियोजनकर्ता पक्षले क्लोज सर्किट (सीसी) क्यामराको फुटेज र त्यसको विश्लेषण प्रस्तुत गरेको ह्युस्टनका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘मंगलबार डिटेक्टिभहरुले उनको सेक्युरिटी सिस्टमको पासवर्ड फेला पारेका थिए, शनिबार अपार्टमेन्टको ढोका नजिकको फुटेज संकलन गरेका थिए’, क्लिकटुह्युस्टन डटकमले लेखेको छ, ‘फुटेजमा अपराह्न ८ः४० बजेतिर शाह उनको ढोकामा पुगेको देखिन्छ ।’



फुटेजमा देखिएअनुसार त्यसबेला उनी जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट र पर्स बोकेर उभिएकी थिइन् ।

शाहले आफूसँग पेस्तोल बोकेका थिए र पटकपटक ढोका खोल्नलाई भनेका थिए । पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु (के गर्न लागेको) ?’ भन्दै प्रश्न गरेको पनि सीसी टीभीको अडियोमा सुनिने भनिएको छ ।

अनुसन्धान अधिकृतहरुलाई उधृत गर्दै लेखिएको समाचार अनुसार, २१ वर्षीया पाण्डेले ढोका खोल्नेबित्तिकै शाहले उनलाई भित्र धकेलेका थिए र ढोका बन्द गरेका थिए ।

एक घण्टापछि शाह अपार्टमेन्टबाट निस्किएको देखिएको छ । त्यही समयमा अपार्टमेन्ट वरिपरि बस्नेहरुले ठूलो आवाज सुनेको प्रहरीसँग बयान दिएका छन् । पाण्डेले सुरुमा बोकेको कालो पर्स बोकेर उनी निस्किएको शंका गरिएको छ ।

बुधबार प्रहरीले सीसी टीभीमा देखिएका संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना दिन भनेको थियो । त्यसको आधारमा उनलाई प्रहरीले अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिएको थियो ।

एबीसी १३ डटकमका अनुसार, अभियोग पत्रमा उल्लेख भएअनुसार पाण्डे हिलक्रफ्ट स्ट्रिट रेष्टुरेन्टमा नियमित ग्राहक थिइन् ।

रेष्टुरेन्टका सञ्चालकसँग सोधपुछ गर्दा उनले शाहलाई चिन्ने बताएका थिए । ‘रेष्टुरेन्ट सञ्चालक र शाहबीच बिजनेसको सम्बन्ध भएको अनुसन्धान अधिकृतहरुले भनेका छन्’, समाचारमा भनिएको छ । त्यसैले मुना र शाहबीच पनि चिनजान हुनसक्ने आशंका गरिएको छ ।’

अहिलेसम्म हत्याको कारण खुलेको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको पनि खुलेको छैन ।

मुना सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् । नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर ...
: अमेरिकाले १२० भन्दा बढी नेपालीलाई निष्कासन गरेको छ। अमेरिकास्थित नेपाली राजदूतावास स्रोत अनुसार अध्यागमन कानुन विपरीत अमेरिका बस्दै आएका १२० जनाभन्दा बढी नेपालीलाई निष्कासन गरी विशेष चार्टर विमानमार्फत अमेरिकाले नेपाल फर्काएको हो। दूतावास स्रोतले अन्नपूर्णलाई दिएको जानकारी अनुसार डिपोर्ट गरिएका नेपालीहरू चार्टर विमानमार्फत आज अपरान्ह श्रीलंका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा आइपुग्दैछन्। दूतावासले केही दिन ...
— अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ देखि दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट ५ सय ८५ नेपाली निष्कासित भएका छन् । राष्ट्रपति ट्रम्पले कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेसँगै त्यसको प्रभाव नेपालीमा पनि परेको हो । वर्षौंदेखि कागजातविना बसोबास गर्दै आइरहेका १ हजार ३ सय ६५ जना नेपालीलाई एक वर्षभित्र ...
। नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक शुुक्रबार पोर्चुगलको विदेश मन्त्रालयमा सम्पन्न भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राई र पोर्चुगल गणतन्त्रका विदेश मन्त्रालयका विदेश मामिला तथा सहयोग राज्य सचिव डा. आना इसाबेल जेभियरले बैठकको नेतृत्व गरेका थिए । नेपाली प्रतिनिधिमण्डलका तर्फबाट बैठकमा पोर्चुगलका लागि नेपालका राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालय राजदूतावासका ...
। नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी गर्नेहरुको संख्या दुई हजार भन्दा बढी भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा सम्वन्धित व्यक्तिहरु नै आफ्नो प्रहरी चारित्रिक प्रमाणपत्रमा छाप र हस्ताक्षर नक्कली भएको भन्दै उजुरी दिइरहेका छन् । यसरी उजुरी दिनेहरुले नेपाल प्रहरीबाट जारी भएको आफ्नो ...