मुख्य समाचार
कुकलाई पछि पार्दै रुटको कीर्तिमानी शतक
कुकलाई पछि पार्दै रुटको कीर्तिमानी शतक

। इंग्ल्यान्डका ब्याटर जो रुटले पूर्व महान् ब्याटर एलिस्टर कुकलाई पछि पार्दै दोस्रो टेस्ट खेलमा श्रीलंकाविरुद्ध कीर्तिमानी शतक प्रहार गरेका छन् ।

शनिबार साँझ रुटले श्रीलंकाविरुद्ध दोस्रो इनिङमा १०३ रनको शतकीय इनिङ खेल्दै इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक ३४ शतक प्रहार गर्ने कीर्तिमान बनाएका हुन् । उनले एलिष्टर कुकको ३३ शतकलाई पछि पारेका हुन् ।




रुटले २६५ टेस्ट इनिङमा ३४ शतकसहित १२३७७ रन बनाएका छन् । एलिष्टर कुशलले २९१ इनिङमा ३३ शतकसहित १२४७२ रन बनाएका थिए । कुककै इंग्ल्यान्डबाट टेस्टमा सर्वाधिक रन बनाउने कीर्तिमान तोड्न उनी अब ९६ रनले पछि छन् ।

टेस्टमा भारतका सचिन तेन्दुलकले सर्वाधिक ५१ शतक बनाएका छन् । दक्षिण अफ्रिकाका ज्याक्स कालिसले ४५, अष्ट्रेलिया रिकी पोन्टिङ ४१, श्रीलंका कुमार संगाकारा ३८, भारतका राहुल द्रविड ३६, पाकिस्तानका युनिस खान, भारतका सुनिल गाभस्कार, वेस्टइन्डिजका ब्रायन लारा र श्रीलंका महेला जयवर्धनले ३४/३४ शतक प्रहार गरेका छन् ।



लर्ड्समा टस हारेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ४२७ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका जो रुट १४३ र तीव्र गतिका बलर गस एट्किन्सनले ११८ रनको शतकीय इनिङ खेल्दै बलियो योगफलमा पुर्‍याएका थिए । श्रीलंकाका तीव्र गतिका बलर असिथा फ्रेनान्डोले सर्वाधिक ५ विकेट लिएका थिए ।

श्रीलंका पहिलो इनिङमा १९६ रनमा अल आउट भएको थियो । कामिन्दु मेन्डिसले सर्वाधिक ७४ रन बनाएका थिए । रुटको कीर्तिमानी शतकको सहयोगमा इंग्ल्यान्ड २५१ रनमा अल आउट भएको थियो । ४८३ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका तेस्रो दिनको समाप्तिमा ५३-२ को अवस्थामा छ । पहिलो टेस्टमा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो । तेस्रो टेस्ट ६ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...