मुख्य समाचार
हालान्डको ह्याट्रिकमा सिटीको लगातार तेस्रो जित
हालान्डको ह्याट्रिकमा सिटीको लगातार तेस्रो जित

। एर्लिङ हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले वेष्टहम युनाइटेडलाई ३-१ ले पराजित गरेको छ । नयाँ सिजन सिटीको यो लगाता तेस्रो जित हो ।

वेष्टहमको मैदानमा भएको खेलको दशौं मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीकै रुबेन डियाजले १९औं मिनेटमा आत्मघाती गोल गरेपछि वेष्टहमले खेल बराबरी गर्न सफल भएको थियो । तर, हालान्डले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।


हालान्ड यतिमै रोकिएनन् । ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने सिटीलाई ३-१ को जित दिलाए ।

तेस्रो जितपछि ९ अंक जोडेर सिटी शीर्ष स्थानमा उक्लेको छ ।



यस्तै आर्सनल र ब्राइटनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दुवैको समान ७ अंक छ । गोल अन्तरमा ब्राइटन अघि रहँदै दोस्रोमा छ भने आर्सनल तेस्रो स्थानमा छ ।

लिगकै अन्य खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३-१ ले, बर्नमाउथले एभरटनलाई ३-२ ले, एस्टन भिलल्ले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । नटिङहम फरेस्ट र वल्भ्स तथा इप्सविच टाउन र फुलहमले १-१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...