मुख्य समाचार
हालान्डको ह्याट्रिकमा सिटीको लगातार तेस्रो जित
हालान्डको ह्याट्रिकमा सिटीको लगातार तेस्रो जित

। एर्लिङ हालान्डले लगातार दोस्रो खेलमा ह्याट्रिक गरेपछि प्रिमियर लिगमा म्यानचेष्टर सिटीले वेष्टहम युनाइटेडलाई ३-१ ले पराजित गरेको छ । नयाँ सिजन सिटीको यो लगाता तेस्रो जित हो ।

वेष्टहमको मैदानमा भएको खेलको दशौं मिनेटमै हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीकै रुबेन डियाजले १९औं मिनेटमा आत्मघाती गोल गरेपछि वेष्टहमले खेल बराबरी गर्न सफल भएको थियो । तर, हालान्डले ३०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए ।


हालान्ड यतिमै रोकिएनन् । ८३औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने सिटीलाई ३-१ को जित दिलाए ।

तेस्रो जितपछि ९ अंक जोडेर सिटी शीर्ष स्थानमा उक्लेको छ ।



यस्तै आर्सनल र ब्राइटनले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । दुवैको समान ७ अंक छ । गोल अन्तरमा ब्राइटन अघि रहँदै दोस्रोमा छ भने आर्सनल तेस्रो स्थानमा छ ।

लिगकै अन्य खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३-१ ले, बर्नमाउथले एभरटनलाई ३-२ ले, एस्टन भिलल्ले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ । नटिङहम फरेस्ट र वल्भ्स तथा इप्सविच टाउन र फुलहमले १-१ को बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...