मुख्य समाचार
मरेका माछा हटाउन १ महिना संकटकाल
मरेका माछा हटाउन १ महिना संकटकाल

: मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि स्थानीय बासिन्दाहरूको सामान्य जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सरकारले सफाइका लागि एक महिना संकटकालको घोषणा गरेको छ।


एथेन्स समाचार एजेन्सीका अनुसार जलवायु मन्त्रालयका नागरिक सुरक्षामामिलामन्त्री भासिलिस पापाजर्जिउले जारी गरेको एक महिना लामो संकटकालको घोषणाले पागासेटिक गल्फ पोर्ट (बन्दरगाह)को सफाइलाई गति दिन कोष र स्रोत जुटाउने र प्रयोग गर्ने छ। भोलोसको समुद्री किनार र नदीहरूमा कैयौं टन मरेका माछाहरू थुप्रिएका छन्।

भोलोस बन्दरगाहमा गत वर्ष आएको विनाशकारी बाढीपछि आएको यो दोस्रो वातावरणीय विपत्ति हो। बाढीले सन् १९६२ मा औलोविरुद्ध लड्नका लागि निकालिएको नजिकैको तालमा सामान्य अवस्थामा भन्दा तीन गुणा पानी जम्मा भएको थियो। ‘थेसली विश्वविद्यालयका प्राध्यापक दिमित्रिस क्लाउडाटोसले भने, ‘गत शरद ऋतुमा ड्यानियल र एलियासको आँधीबेहरीपछि थेस्सालीको लगभग २० हजार हेक्टर समथर भूमिमा बाढी पसी व्यवसायिकरूपमा पालेका स्वच्छ पानीका माछालाई नदीहरूले समुद्रमा लगेका थिए ।’


अहिले बाढीको प्रभाव कम हुँदा तालको पानी ह्वात्तै घटेको र यसले गर्दा तातो पानीका माछाहरू भोलोस बन्दरगाहतिर गई मरेपछि सहरभरी दुर्गन्ध फैलिएको छ। मंगलबार मात्रै अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारमा बगाइएका ५७ टन मरेका माछा हटाएका थिए।
एर्टन्यूज च्यानलका अनुसार पागासेटिक नदीमा आएको बाढीमा डुबेका हजारौं मरेका माछामध्ये अधिकांशलाई निकालिएको छ। सिरिया नदीको मुहानमा मरेका माछाहरू राख्न विशेष जाल हरू राखिएको छ। रेष्टुरेण्ट तथा बारहरूको स्थानीय संघका अनुसार गत वर्षको बाढीपछि यस क्षेत्रमा पर्यटकको संख्यामा करिब ८० प्रतिशतले कमी आएको छ। संघका अध्यक्ष स्टेफानोस स्टेफानोउले भने, ‘यो मरेको माछाको अवस्था हाम्रो मृत्युको कारण हुने भएको छ।’ वातावरणीय संकटले सरकारी अभियोजकहरूलाई अनुसन्धान अघि बढाउन बाध्य गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम