मुख्य समाचार
विद्यार्थीलाई एसका अध्यक्ष नेपालको सुझाव : राष्ट्रको इज्जत बढाउने काम गर्नू
विद्यार्थीलाई एसका अध्यक्ष नेपालको सुझाव : राष्ट्रको इज्जत बढाउने काम गर्नू

: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शैक्षिक क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका छन्।



शनिबार काठमाडौंमा आयोजित बृहत शैक्षिक अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेपालले शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्याहरुको समिक्षा गर्दै यस क्षेत्रको सुधारका लागि विद्यार्थी संगठनहरुले पनि योगदान दिनुपर्ने बताएका हुन् ।
सरकारी नीतिमा रहेका कमजोरीलाई सुधार गर्नुपर्ने विषयमा विश्वविद्यालय,सरकार लगाएतका निकायले बिशेष ध्यान दिनुपर्ने उनले बताए । अध्यक्ष नेपालले समयमा नै परीक्षा नहुने र समयमा नै नतिजा निकाल्न नसक्नुको कारण आफूले बुझ्न नपाएको धारणा राखे। समयसीमाप्रति गम्भीर नहुने र अपारदर्शीका विषयमा पनि विद्यार्थी संगठनले ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले देशलाई सुन्दर बनाउने र नेपाल राष्ट्रको इज्जत बढाउने काम गर्न विद्यार्थीहरुलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको धारणा व्यक्त गरेका छन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा मंगलबार यहाँ आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उक्त धारणा राखेका हुन् । 'आगामी दिनमा यहाँबाट आर्जन गरेको ज्ञान, सीप, पुँजी र प्रविधि स्वदेशमा प्रयोग गरी समुन्नत नेपालको सपना ...
: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल-जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ निकटता र गहिरो मित्रताका साथ अघि बढिरहेको बताएका छन्। जापानका प्रधानमन्त्री तकाइची सनायसँगको भेटवार्तामा राष्ट्रपति पौडेलले यो सम्बन्ध र सहयोगलाई सुदृढ गर्न जापानी नेतृत्वसँग मिलेर काम गर्न चाहेको बताए। 'हामीप्रति जापान सरकारको निरन्तर सहयोग, सद्भावना र समझदारीका लागि आभारी छौं, दुई मुलुकबीचको मैत्रीपूर्ण ...
: राष्ट्रपति रामचन्द्र पौडेल र जापानका सम्राट नारुहितोबीच भेटवार्ता भएको छ। जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति पौडेल र जापानका सम्राट नारुहितोबीच इम्पेरियल प्यालेस टोकियोमा भेटवार्ता भएको हो। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा हुने विशेष समारोहमा ...
। राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित ...
: पछिल्ला केही महिनादेखि नै काठमाडौंमा चोरीका घटना अत्यधिक बढिरहेका थिए। अन्य समयभन्दा जेन–जी आन्दोलनपछि काठमाडौंमा लुटपाट र चोरी बढ्यो। त्यसमा थपिएको एउटा कारण हो, सुन चाँदीको अचाक्ली मूल्यवृद्धि। जेन–जी आन्दोलनताका कारागारबाट निस्केका कैदीले काठमाडौं पेप्सीकोला, गोठाटार क्षेत्रलाई केन्द्रविन्दु बनाई कहिले ललितपुर कहिले भक्तपुर पुगी लुटपाट गरेका हुन्। राति ९ बजेपछि सक्रिय हुने लुटेराको एक समूहलाई प्रहरीले ...