मुख्य समाचार
मुना पाण्डे हत्या आरोपमा पक्राउ परेका व्यक्ति बबि सिंह, कारण अझै अस्पष्ट
मुना पाण्डे हत्या आरोपमा पक्राउ परेका व्यक्ति बबि सिंह, कारण अझै अस्पष्ट

। अमेरिकाको टेक्सासस्थित ह्युस्टन शहरमा गोली हानी नेपाली विद्यार्थीको हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छ ।

ह्युस्टन प्रहरीले बिहीबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बबि सिंह शाह भएको बताएको छ । उनलाई प्रहरीले हत्या आरोपमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।


प्रहरीले बुधबार मुना पाण्डेको हत्यामा संलग्न संदिग्धको क्लोज सर्किट (सीसी) टिभी फुजेटमा देखिएको तस्वीर सार्वजनिक गरेको थियो र उनलाई कसैले देखेको भए खबर गरिदिन अनुरोध गरेको थियो ।

यसको २४ घन्टा नवित्दै प्रहरीले शाहलाई नियन्त्रणमा लिएको हो । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार, सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए ।



शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ ।

हत्यामा संलग्नको खोजीका लागि स्वाट अफिसर, एचपीडी अपराध नियन्त्रण इकाइ र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीका अधिकारीहरु खटिएका थिए । त्यसक्रममा उनलाई ट्राफिक चेक पोइन्टमा फेला पारेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले हालसम्म हत्याको कारण भने खुलाएको छैन । हत्यामा प्रयोग भएको हतियार पनि बरामद भए नभएको बताएको छैन । मृतक युवती र शाहबीच चिनजान कसरी भएको थियो भन्ने पनि खुलेको छैन ।

२१ वर्षीया पाण्डेको अमेरिकी समयअनुसार, सोमबार बेलुकी साढे ५ बजे गोली हानी हत्या भएको थियो । खबर पाएलगत्तै प्रहरीसँगै घटनास्थलमा पुगेका स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेका थिए । प्रहरीका अनुसार, उनको शरीरमा गोली प्रहारपछि थुप्रै चोटहरु छन् ।

को हुन् मुना ?

उनी सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

मुनाकी साथी आरुसा निरौलाले आफ्नो साथीमाथि सोच्नै नसकिने घटना भएको भन्दै न्यायको माग गरेकी छन् । उनले फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो प्रिय साथी, पूर्व रुममेट दुखद् रुपमा हामीबाट खोसिएकी छन्, यस्तो विभत्स रुपमा भएको साथीको हत्या सहन सक्ने किमिसको छैन ।’

प्रहरीलाई साँझ ५ः३५ बजे पहिचान हुन नसकेका व्यक्तिले फोन गरेर घटनाबारे जानकारी गराएको डेली मेलको अनलाइन संस्करणले जनाएको छ ।

पारिवारिक स्रोतलाई उदृत गर्दै अमेरिकाको नेपयोर्क पत्रिकाले उनी एक अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा भएको दाबी गरेको छ । ती व्यक्तिसँगको तस्वीर समेत उनले सामाजिक सञ्जालमा राखेको भनिएको छ । उनकी आमाका अनुसार, दुई दिनदेखि मुनाको मोबाइलमा सम्पर्क भइरहेको थिएन । मुनाको स्थायी थलो भोजपुर हो । उनकी आमा अहिले काठमाडौंमै बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । म्यानमारस्थित नेपाली राजदूतावास र थाइल्याण्डका सम्बन्धित निकायहरूको सहयोगमा उनीहरुको उद्धार गरी थाइल्यान्ड पुर्‍याएर बुधबार नेपाल फर्काइएको हो । थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार थाइल्याण्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै बिहीबार नेपाल एयरलाइन्समार्फत् फर्काइएको छ । यस्तै अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको ...
— राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता १० महिनामा ३ सय ६ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको छ । ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता २०२५ जनवरीदेखि अक्टोबरसम्मको १०महिना अवधिमा गैरकानुनी रूपमा अमेरिकामा बसोबास गर्दै आएका ३ सय ६ जना नेपालीलाई निष्कासित गरिएको हो । यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा अमेरिकामा बसोबास ...
: भारतको गृह मन्त्रालयले नेपाली नागरिकप्रति कुनै प्रकारको पूर्वाग्रह वा भेदभाव नराखेको स्पष्ट पारेको छ। एयर इन्डियाको विमानबाट दिल्ली हुँदै जर्मनी जान लागेकी एक नेपाली नागरिकलाई अध्यागमन अधिकारीहरूले अपमान गरेको आरोप लगाएपछि गृह मन्त्रालयले प्रस्टीकरण दिएको हो। गृह मन्त्रालयले उक्त घटनालाई नेपाली नागरिकहरूप्रति पक्षपात वा भेदभाव गरेको भनेर गलत तरिकाले प्रस्तुत गरिएको उल्लेख गरेको छ। 'यस ...
। नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस पार्कमा सन् ...
। रूसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमाण्डरमा बढुवा भएका छन् । म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रूसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् । ‘…कहिलेकाँही जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् । आफू जनयुद्धमा सहभागी भएरपनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रूसी ...