मुख्य समाचार
टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले खेलाडी र मुख्य प्रशिक्षकलाई तीन लाखका दरले प्रोत्साहन भत्ता दिने
टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले खेलाडी र मुख्य प्रशिक्षकलाई तीन लाखका दरले प्रोत्साहन भत्ता दिने

: नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई तीन लाखका दरले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ। बिहीबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।


अमेरिका र वेस्ट इन्डिजमा भएको आइसीसी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले उनीहरूलाई प्रोत्साहन भत्ता दिने निर्णय गेरेको प्रवक्ता छुम्बी लामाले बताए।

त्यस्तै सहयोगी स्टाफहरूलाई भने जनही एक लाख ५० हजार रुपैयाँका दरले प्रोत्साहन भत्ता दिने निर्णय क्यानले गरेको छ।


गत जुनमा सम्पन्न टी-२० विश्वकपमा टेस्ट राष्ट्रविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेकाे थियाे। पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले दोस्रो खेल वर्षाका कारण श्रीलंकासँग खेल्न सकेको थिएन। तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको नेपालले बंगलादेशविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...