मुख्य समाचार
हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’ को प्रदर्शन मिति दुई दिनअघि नै रिलिज हुने
हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’ को प्रदर्शन मिति दुई दिनअघि नै रिलिज हुने

। हलिउडको बहुप्रतीक्षित फिल्म ‘जोकर २’ को प्रदर्शन मिति दुई दिनअघि सरेको छ । हलिउड स्टुडियो वार्नर ब्रोजको भारतस्थित कार्यालयले यो फिल्म असोज १६ गते (अक्टोबर २) मा बुधबार रिलिज हुने घोषणा गरेको हो ।

भारतमा उक्त दिन गान्धी जयन्तीको सार्वजनिक बिदा भएकाले बुधबार नै फिल्म ल्याउन लागिएको विज्ञप्तिमा उल्लेख छ । नेपालमा हलिउड रिलिज भारतीय डेटमा निर्भर हुने भएकाले अब बुधबार नै ‘जोकर २’ नेपालमा पनि आउने बलियो सम्भावना छ । यसबारे एप्पल इन्टरटेनमेन्टको प्रतिक्रिया आउन बाँकी छ ।

असोज १७ गते बिहीबार दशैंको घटस्थापनामा नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ प्रदर्शन तयारीमा छ ।

‘जोकर २’ भारत बाहेकका मुलुकमा भने शुक्रबार नै आउने तयारीमा छ । यो फिल्म भेनिस फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिल्मका एक्सन कोरियोग्राफरलाई लक्षित गर्दै अस्कर अवार्डले नयाँ विधा ‘स्टन्ट डिजाइन’ थप्ने घोषणा गरेको छ । सन् २०२७ को १०० औं संस्करणको अवार्डबाट यो विधामा पनि पुरस्कार बाँडिने जनाइएको छ । ‘एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एन्ड साइन्सेज’ले विज्ञप्ति जारी गर्दै नयाँ विधा थप्ने घोषणा गरेको छ । अस्करमा नयाँ विधालाई औपचारिकरुपमा थप्ने यो पहलको ...
। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ । उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए । सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक ...
। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् । अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई ...
। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ । कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको ...
। किम कार्दसियनदेखि जेरी सेनफेल्डसम्म, १८ जना स्टार जसले आफ्नो प्रसिद्धीको माध्यमबार्ट आफूलाई विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा उभ्याए । सेलिब्रेटी धनी हुन्छन्, तर उनीहरूको कुल सम्पत्ति दश अंकसम्म पुग्नु दुर्लभ हो । पृथ्वीमा दुई दर्जन भन्दा कम मानिसले त्यो उपलब्धि हासिल गरेका छन् भन्ने फोर्ब्सको अनुमान छ । अमेरिकी फिल्म निर्माता स्टिभन स्पिलबर्ग विश्वका सबैभन्दा धनी ...