मुख्य समाचार
भेनिस फिल्म फेस्टिभल आजदेखि, हलिउड स्टारहरु इटालीमा
भेनिस फिल्म फेस्टिभल आजदेखि, हलिउड स्टारहरु इटालीमा

। संसारको सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने भेनिस फिल्म फेस्टिभलको ८१ औं संस्करण बुधबार इटालीमा सुरु हुँदैछ । हलिउड फिल्म र स्टारको जमघट फेस्टिभलमा हुनेछ ।

फेस्टिभलको ओपनिङ फिल्मको रुपमा ‘बिटलजुइस बिटलजुइस’ छ जसको विश्वव्यापी रिलिज अर्को साता हुँदैछ । ११ दिने फिल्म फेस्टिभल सेप्टेम्बर ७ सम्म चल्नेछ ।




हलिउडका ठूला स्टारको जमघट हुने भएपछि भेनिसमा चल्ने पानी ट्याक्सी भरिभराउ हुने पक्का छ । एन्जेलिना जोली, लेडी गागा, जर्ज क्लुनी, ब्राड पिट, केट ब्लान्चेट, डेनियल क्रेग, टिल्डा स्विन्टन, जुलियाना मुर्रे, केभिन कस्टनर, जुड ल, जोकिन फिनिक्स फेस्टिभलमा उपस्थित हुनेछन् ।

हलिउड हड्तालका कारण गत वर्षको संस्करण प्रभावित भएको थियो । हड्ताल टुंगिएपछि यस वर्ष भेनिसलाई ठूलै राहत मिलेको छ । तर यसपटक ह्यारी स्टाइल, तिमोथी चालमेट जस्ता किशोर स्टार भने हुनेछैनन् ।



भेनिसको शीर्ष उपाधिका लागि हुने प्रतिस्पर्धा रोचक हुने पक्का छ । जसमा टोड फिलिप्सको ‘जोकर : फोली ए ड्यूक्स’, पाब्लो लरेनको एन्जेलिना जोली स्टारर ‘मारिया’, किडम्यान र ह्यारिस डिकिन्सन अभिनित ‘बेबीगर्ल’, लुका गुआडाग्निनोको ‘क्वियर’, क्रेग र जेसन श्वार्ट्जम्यानको पहिलो अंग्रेजी भाषाको फिल्म ‘द रुम नेक्स्ट डोर’ छन् ।

यहाँ केही ठूला हलिउड फिल्म पनि प्रतिस्पर्धाबाट बाहिर छन्, जसमा पिट र क्लुनीको वुल्फ्स’, ‘होराइजन : एन अमेरिकन सागा–चेप्टर २’ र ‘बिटलजुइस बीटलजुइस’ छन् ।

भेनिसमा देखाइने फिल्मले कान्स र टोरन्टोमा प्रतिस्पर्धा गर्न लामै समय कठिन रह्यो । तर केही महत्वपूर्ण फिल्म र स्टार थिए, जसले केहील ओस्कार मनोनयन र जितको अवसर पाए । जब ‘ग्राभिटी’ भेनिसमा प्रिमियर भयो, यसले अस्करका प्रमुख ७ विधा जित्यो जसले भेनिस अस्करको अभियान थालनी गर्ने थलोको रुपमा विकास भयो ।

एकेडेमीको सदस्यता थप अन्तर्राष्ट्रिय भएकाले यसले तीव्रता पाएको छ । सन् २०१९ यता भेनिसमा प्रिमियर भएका बर्डम्यान, स्पटलाइट, द सेप अफ वाटर र नोम्याडल्याण्ड अस्करमा उत्कृष्ट फिल्म बने भने १९ वटा मनोनयन भए । भेनिसमा यस वर्ष २१ फिल्म प्रतिस्पर्धामा छन् ।

इसाबेल हपर्ट जुरी प्रमुखको रुपमा छिन् । जेम्स ग्रे, एन्ड्रयू हेग, एग्निएस्का हल्यान्ड, क्लेबर मेन्डोन्सा फिल्हो, अब्देररहमाने सिसाको, ज्युसेप्पे टोर्नाटोर, जुलिया भोन हेन्ज र झांग जिइ जुरी सदस्य छन् ।

नेपाली फिल्म ‘पूजा, सर’ भेनिसमा २९ अगस्टमा वर्ल्ड प्रिमियर हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...