मुख्य समाचार
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण
१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण

। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका अध्यक्ष दीपक श्रेष्ठसहितको टोलीले मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर २ देखि ९ मंसिरसम्म कर्णालीमा हुने तय भएको राष्ट्रिय खेलकुद त्यही मितिमा हुनुपर्ने माग गरेका हुन् ।


उनीहरुले संघीय सरकारले प्रतियोगिताबारे स्पष्ट जानकारी नगराउँदा खेलाडीमा अन्योल भएको भन्दै आधिकारिक धारणा सार्वजनिक गर्न मन्त्री चौधरीलाई आग्रह गरे ।

कर्णाली प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको मिति लेखाजोखा सुरु गरिसकेको भए पनि संघीय सरकार तथा राष्ट्रिय खेलकुद परिषद्ले पूर्वनिर्धारित मितिमा प्रतियोगिता आयोजना हुने/नहुने भन्ने प्रष्ट नपार्दा खेलाडीहरुमा अन्यौल भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।



१० औं राष्ट्रिय खेलकुदका विषयमा प्रष्ट जानकारी देशभरका खेलाडी र खेलकर्मीलाई दिन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष समेत रहेका मन्त्री चौधरीलाई आग्रह गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।



‘हरेक दुई वर्षमा आयोजना हुने लक्ष्यका साथ सुरु भएको राष्ट्रिय खेलकुद विगतमा वर्षौंसम्म आयोजना हुन नसकेको तितो यथार्थ पनि हामीसामू छ । जसले गर्दा त्यति बेलाका कतिपय खेल प्रतिभाले आफ्नो खेल कौशललाई प्रदर्शन गर्न पाएनन् । त्यसर्थ भविष्यमा यस्तो परिस्थिति फेरि कहिल्यै नआओस् भन्दै सरकारको ध्यानाकर्षण पनि गराउन चाहन्छौं’, श्रेष्ठले भने ।

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री चौधरीले पूर्वनिर्धारित मितिमा नै राष्ट्रिय खेलकुदको १० औं संस्करण आयोजना गर्न सम्भव रहेको प्रतिक्रिया दिए । पूर्वाधार निर्माण तीब्र गतिमा भइरहेकाले समयमा प्रतियोगिता गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...