मुख्य समाचार
एक वर्षमा १३ सयजना भन्दा बढीले परदेशमा गुमाए ज्यान
एक वर्षमा १३ सयजना भन्दा बढीले परदेशमा गुमाए ज्यान

। बितेको एक वर्षमा वैदेशिक रोजगारीमा गएका १३ सय जनाभन्दा बढी नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा वैदेशिक रोजगारमा गएका १ हजार ३४६ श्रमिकले ज्यान गुमाएका हुन् ।

यो तथ्यांक स्विकृति लिएर गएर मृत्यु भएका श्रमिकहरुको संख्यामात्रै हो । बोर्डका अनुसार गत आर्थिक वर्ष ०८०/०८१ मा वर्ष सबैभन्दा धेरै विभिन्न रोग र विरामीका कारण श्रमिकको ज्यान गएको छ । जसअनुसार ३२१ जनाको विरामी र रोग लागेर भएको छ ।

गत एक वर्षमा हृदयघातबाट १९९ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १९२ जनाको आत्महत्या, १५७ जनाको प्राकृतिक मृत्यु, १५७ जनाको सडकमा दुर्घटनाबाट ज्यान गुमेको छ । त्यस्तै ९२ जनाको अन्य कारण र ४६ जना कार्यस्थल दुर्घटनामा ज्यान गुमाएका छन् ।

बोर्डका निर्देशक टीकाराम ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्युदरमा यस वर्ष पनि कमी नआएको बताउँछन् । ‘रोजगारीमा खोजीमा गएका श्रमिकले परदेशमा ज्यान गुमाउनु परिरहेको अवस्था फेरिएको छैन । यो वर्ष पनि मृत्युदरमा कमी आएन’, उनी भन्छन् ।



निर्देशक ढकालका अनुसार ज्यान गुमाउनेमा सबैभन्दा धेरै मलेशिया र खाडी राष्ट्रहरुमा छन् । खाडीका राष्ट्रमा कतार, साउदी, यूएई, कुबेत, ओमनमा श्रमिकको मृत्युदर धेरै छ ।

वितेको एक वर्षमा ७ लाख ४१ हजार विदेश गएका थिए । जसमा ६ लाख ६१ हजार पुरुष र ८० हजार महिला थिए । वार्षिक करिब ७ लाख नेपाली वैदेशिक रोजगारमा जाने गरेका छन् ।

परदेशमा दैनिक ४ जनाले गुमाउँछन् ज्यान

सरकारी तथ्यांक अनुसार वैदेशिक रोजगारमा गएकाहरुमध्ये औसतमा वार्षिक १ हजार जना र दैनिक ४ ले ज्यान गुमाउँछन् । वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा बढोत्तरी भएसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या बर्सेनि बढ्दै गएको तथ्यांकले देखाउँछ ।

तथ्यांकका अनुसार आर्थिक वर्ष ०७८/०७९ देखि ०८०/०८१ सम्म ३ हजार ८८७ श्रमिकले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष ०७८/०७९ मा १ हजार ४७९ ज्यान गुमाए भने ०७९/०८० मा १ हजार ३० ज्यान गुमाए । आर्थिक वर्ष ०८०/०८१ मा भने १ हजार ३४६ जनाले ज्यान गुमाए ।

ज्यान गुमाउनेमा अदक्ष श्रमिक धेरै

वैदेशिक रोजगारीमा हुने श्रमिकको मृत्युको कारण अदक्ष श्रमिक पनि मानिन्छ । नेपालबाट बर्सेनि ठूलो संख्यामा अदक्ष श्रमिकहरु विदेश जाँदा पनि मृत्युदर बढी रहेको वैदेशिक रोजगार मामलाका जानकारहरु बताउँछन् ।

गत आर्थिक वर्ष ०८०÷०८१ मा मात्र अदक्ष १ लाख ४५ हजार र सामान्य सीप सिकेका ५ लाख ३२ हजार गए । तर अर्धदक्ष ६० हजार, व्यवसायिक सीप सिकेका र उच्च दक्ष ७३२ जनामात्रै वैदेशिक रोजगारीमा गए । ‘वैदेशिक रोजगारीमा मृत्यु भएका हुन धेरै अदक्ष श्रमिक छन् । नेपाललले दक्ष श्रमिक पठाउन नथालेसम्म मृत्युदरमा कमी आउँदैन’, श्रम विज्ञ लुइँटेल भन्छन् ।

विदेशमा ज्यान गुमाए पनि श्रम स्वीकृति लिएर गएका श्रमिकका परिवारलेमात्र क्षतिपूर्ति पाउँछन् । श्रम स्वीकृति अवधिभित्र श्रमिकले ज्यान गुमाए बोर्डले ७ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरेको छ ।

बोर्डका अनुसार बितेको एक वर्षमा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई ६९ करोड ९९ लाख रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको छ ।

श्रम विज्ञ डा. सोमप्रसाद लुईटेलले परदेशमा श्रमिकले अकालमै जीवन गुमाउनु परेको परिदृश्य नफेरिएको बताउँछन् । ‘भविष्यको खोजीमा गएका युवाहरुले परदेशमा सस्तो मृत्युवरण गरिरहेको कुरा साह्रै विडम्बना हो’, उनी भन्छन् ।

विज्ञ लुइटेलले वैदेशिक रोजगारीमा हुने मृत्युको दर घटाउन सकिने बताउँछन् । त्यसका लागि श्रमिकलाई विदेश जानुपूर्व दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउनुपर्ने उनी बताउँछन् ।

‘श्रम गन्तव्य मुलुक हुन सक्ने सम्भावित जोखिम र दुर्घटनाबारे पहिले नै श्रमिकलाई सचेतना दिन जरुरी छ’, उनी भन्छन्, ‘कार्यस्थलमा पालना गर्नुपर्ने सुरक्षाका मापदण्ड, सम्बन्धित देशको ट्राफिक नियम, सम्बन्धित देशको भाषा, नियम कानुनहरु सबै बुझाएरमात्र पठाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...
। कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस ...
: हमासद्वारा बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्। ...
: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ। विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे। 'यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं। उहाँहरूको मृत्युको कारण अझै पुष्टि ...
। कुवेतमा विषाक्त मदिराका कारण केही नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ । दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरुको उपचार भइरहेको छ । ‘१२/१५ जना उपचारका क्रममा छन् । केही शवहरू पनि छन् । कारणबारे हामी बुझ्दैछौं,’ ...