मुख्य समाचार
पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या
पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या

। पाकिस्तानको बलुचिस्तानमा पछिल्लो २४ घण्टामा कम्तीमा २३ जनाको हत्या भएको छ ।

पञ्जाब र बलुचिस्तानलाई जोड्ने राजमार्ग मुसाखेल जिल्लाको रारशाम इलाकामा अवरुद्ध गरेका बन्धुकधारीले बस, भ्यान र ट्रकमा रहेका मानिसहरुलाई ओरालेका थिए । यसरी ओलेकाहरुको परिचय हेरेपछि गोली हानेको अधिकारीहरुले बताएका छन् ।

‘बन्धुकधारी ३०/४० जना छन्, उनीहरुले २२ वटा गाडी रोकेका छन्’, जिल्लाका सहायक आयुक्त नजीब कक्कडले समाचार एजेन्सी एएफपीलाई भनेका छन्, ‘उनीहरुले पञ्जाबबाट आएका मानिसहरु पहिचान गरे र गोली हाने ।’

यो समूहले २३ सवारी साधानमा अगजनी गरेका छन् । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको छ र हत्या गरिएकाहरुको शव संकलन गरेर अस्पताल ल्याउँदैछ ।



पछिल्लो २४ घण्टामा प्रहरी चौकी, सुरक्षा बलको शिविरका साथै सरकारी कार्यालयमा समेत आक्रमण भएको छ ।

मुसाखोल जिल्लामा भएको आक्रमणको चरमपन्थी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले जिम्मा लिएको छ ।

अधिकारीहरुका अनुसार यो घटनापछि जवाफ कारबाहीका क्रममा १२ चरमपन्थी पनि मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...