मुख्य समाचार
कोलम्बियाका जेम्स रोड्रिगेज स्पानिस क्लब रायो भालेकानोमा अनुबन्ध
कोलम्बियाका जेम्स रोड्रिगेज स्पानिस क्लब रायो भालेकानोमा अनुबन्ध

। कोलम्बियाका जेम्स रोड्रिगेज स्पानिस क्लब रायो भालेकानोमा अनुबन्ध भएका छन् ।

रियल मड्रिडका पूर्वखेलाडी रोड्रिगेजलाई भालेकानोले फ्रि एजेन्टका अनुबन्ध गरेको हो ।

३३ वर्षी कोलम्बियाली मिडफिल्डरल रोड्रिगेजले समरमा ब्राजिलियन क्लब साओ पाउलो छाडेपछि क्लबविहिन थिए ।

जुलाईमा भएको कोपा अमेरिका फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै रोड्रिगेज प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका थिए । कोलम्बिया भने फाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै उपविजेता बनेको थियो ।



यस सिजन राभो भालेकानोले दुई खेल खेल्दा एकमा जित र एक माबराबरीको नतिजासहित ला लिगामा आठौं स्थानमा छ । गत सिजन भालेकानो १७औं भएको थियो ।

रोड्रिगेजले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा गोल्डेनु बुट अवार्ड जितेपछि उनलाई रियल मड्रिडले अनुब्नध गरेको थियो । जहाँ उनले १२५ खेल खेले । तर, त्यसपछि जर्मन क्लब बायर्न मयुनिखमा दुई वर्ष लोनमा खेले ।

सन् २०२० मा उनी इंग्लिस क्लब एभरटन पुगे । एभरटनमा उनले २६ खेल खेले । त्यसपछि उनी कतारी क्लब अल राएनमा पुगे । अल राएनबाट ग्रिक क्लब ओलम्पियाकोस पुगेका उनी गत वर्ष ब्राजिल क्लब साओ पाउलोमा अनुबन्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...