मुख्य समाचार
स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउने ड्रागन क्रू के हो ?
स्पेस स्टेशनमा अड्किएका अन्तरिक्षयात्रीलाई फिर्ता ल्याउने ड्रागन क्रू के हो ?

अन्तरिक्षमा अड्किएका नासाका अन्तरिक्षयात्रीद्वय सुनिता विलियम्स र बुच ब्यारी विलमोर पृथ्वी आगामी वर्ष सन् २०२५ को फेब्रुअरी महिनामा मात्रै पृथ्वीमा फर्किने भएका छन् ।

यसका लागि नासाले आगामी सेप्टेम्बर २४ मा क्रु नाइन मिसन प्रक्षेपण गर्नेछ।
नासाका अनुसार उनीहरुलाई स्पेस एक्सको ड्रागन क्रु क्याप्सुल मार्फत् पृथ्वीमा ल्याइनेछ । यो यान निर्माण पश्चात् हालसम्म ४६ पटक सफल प्रक्षेपण गरिसकिएको छ ।

ड्रागन क्याप्सुलले ४२ पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको यात्रा गरिसकेको छ । त्यसमा २५ पटक पुनः उडान गरेको छ ।

यो क्याप्सुलमा एक पटकमा सातजना अन्तरिक्षयात्री बसेर यात्रा गर्न सक्दछन् । यो स्पेस स्टेशनमा लगातार अन्तरिक्षयात्री तथा बन्दोबस्तीका सामान लिएर आवतजावत गरिरहने विश्वकै पहिलो निजी अन्तरिक्षयान हो ।

यो क्याप्सुलको वजन ७ हजार ७०० केजी रहेको छ । कार्गो भरेर प्रक्षेपण गर्दा यसको अधिकतम वजन क्षमता १२ हजार ५०० केजीसम्म हुन्छ । यसले पृथ्वीको कक्षमा ६ हजार केजीसम्म वजनको सामान पुर्‍याउन सक्दछ भने स्पेस स्टेशनसम्म तीन हजार ३०७ केजी वजन पुर्‍याउन र फिर्ता ल्याउन सक्दछ । आमरुपमा यसमा २ देखि ४ जनासम्म अन्तरिक्षयात्री बस्दछन् ।

तथापि आकस्मिक उद्धारका क्रममा अर्थात् आपतकालीन अवस्थामा यसमा सातजना अन्तरिक्षयात्री बस्नसक्ने व्यवस्था छ ।

आफ्नै क्षमतामा पृथ्वीको तल्लो कक्षमा उडान भर्दा यो १० दिनसम्म अन्तरिक्षमा रहन सक्दछ भने स्पेस स्टेशनसँग जोडिएमा २१० दिनसम्म यो अन्तरिक्षमा रहन सक्दछ ।

अहिलेसम्म १२ क्याप्सुल निर्माण, ६ वटा अन्तरिक्षयात्रीका लागि ड्रागन क्रु क्याप्सुलको उचाई १५ फिट छ । तर, तल्लो प्रपल्सन सिस्टमलाई जोड्दा यसको उचाई २६.७ फिट हुन्छ ।

क्याप्सुलको भित्र १३ फिट ब्यास तथा १२ फिटको चौडाइ छ । स्पेस एक्सले यो क्याप्सुलका विभिन्न डिजाइनहरु तयार पारेको छ ।

अहिलेसम्म यस्ता १२ थरी ड्रागन क्याप्सुल बनाइएको छ, जसमा ६ वटा मानवयुक्त यान (क्रु क्याप्सुल), ३ वटा कार्गो यान र ३ वटा प्रोटोटाइप रहेका छन् ।

हाल कुल ८ वटा ड्रागन क्याप्सुल सञ्चालनमा रहेका छन् । जसमा चारवटा क्रु क्याप्सुल छन् जसबाट अन्तरिक्षयात्रीहरुलाई अन्तरिक्षमा पुर्‍याउने र फिर्ता ल्याउने गरिन्छ ।

तीनवटा कार्गो क्याप्सुलको प्रयोग अन्तरिक्ष स्टेशनमा विभिन्न सामग्रीहरूको आपूर्ति गर्नका लागि प्रयोग हुने गरेको छ ।

त्यस्तै एउटा प्रोटोटाइप क्याप्सुल पनि चालु हालतमा रहेको छ । अन्य तीनवटा (एउटा क्रु र दुई प्रोटोटाइप) क्याप्सुल भने चालु हालतमा छैनन् ।

एलन मस्कको कम्पनी स्पेस एक्सले निर्माण गरेको ड्रागन क्रु क्याप्सुलको पहिलोपटक सन् २०१९ को मार्च २ मा मानवरहित उडान भएको थियो ।

मानवयुक्त पहिलो उडान चाहिं सन् २०२० को मे २० मा भएको थियो । त्यस्तै पहिलो कार्गो उडान सन् २०२० को डिसेम्बरमा भएको थियो ।

यो यानलाई आमरुपमा स्पेस एक्सको फाल्कन ९ ब्लक ५ रकेटबाट प्रक्षेपण गरिन्छ । यसमा स्पेस स्टेशनसम्म जाने र फिर्ता आउनका लागि २५ सय ६३ केजी इन्धन हालिन्छ ।

क्रु नाइन मिसनमा को को जाँदैछन् ?

नासाले आगामी सेप्टेम्बरमा प्रक्षेपण गर्ने क्रु नाइन मिसनमा चारजना अन्तरिक्षयात्रीलाई स्पेस स्टेशनमा पठाइँदैछ । त्यसमा कमान्डरको रुपमा जेना कार्डम्यान छन् भने पाइलट निक हेग, मिसन विशेषज्ञ स्टेफनी विल्सन र रुसी अन्तरिक्षयात्री तथा मिसन विशेषज्ञ एलेक्जेन्टर गोरबुनोभ रहनेछन् ।

फर्किने बेलामा अन्तरिक्ष यानमा सुनिता र बुच चढ्ने भएकाले ती मध्ये दुईजना अन्तरिक्षयात्री स्पेस स्टेशनमै बस्नेछन् र बाँकी दुईजना मात्रै फर्किनेछन् । यद्यपि आकस्मिक फिर्तिको उडानका रुपमा उल्लेखित चारैजनासँगै सुनिता र बुच गरी ६ जना नै पृथ्वीमा फर्किने सम्भावना समेत रहने बताइन्छ ।

बोइंग स्टारलाइनरलाई पृथ्वीमा ल्याइने

क्रु नाइन मिसन प्रक्षेपण गर्नुअघि हाल स्पेस स्टेशनसँग जोडिइरहेको बोइंग निर्मित यान स्टारलाइनरलाई पृथ्वीमा फिर्ता ल्याउनु पर्नेछ । किनकि स्टार लाइनरलाई पृथ्वीमा फिर्ता ल्याएमात्रै स्पेस एक्सको ड्रागन क्याप्सुलका लागि स्पेस स्टेशनमा डकिंग पोर्ट खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...
— उत्तर कोरियाली नेता किम जोङकी बहिनी किम यो जोङले सरकारका विभागहरु हेर्ने निर्देशकको जिम्मेवारी पाएकी छिन् । यसअघि उनी विभागकी उप–निर्देशक थिइन् । वकर्स पार्टीको नवौं महाधिवेशनले उनलाई निर्देशकमा नियुक्त गरेको हो । प्योङयाङको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) का अनुसार वर्कर्स पार्टीको केन्द्रीय समितिले सोमबार किम यो जोङलाई विभाग निर्देशक नियुक्त गरेको ...