मुख्य समाचार
डालसमा नेपथ्यलाई दर्शकको भव्य साथ
डालसमा नेपथ्यलाई दर्शकको भव्य साथ

। ‘टिकट सबै बिक्री भइसकेको छ’, कन्सर्टको दिन बिहान अनलाइनबाट टिकट काट्न खोज्ने दर्शकले अनलाइन टिकट व्यवस्थापन गर्ने ‘लाइभ नेसन’को साइटमा यस्तो सन्देश देखे । उता चार हजार दर्शक क्षमताको टोयोटा म्युजिक फ्याक्ट्रीमा नचिताएको उपस्थिति देखेर हेर्न जाने सबै चकित परिरहेका थिए ।

‘अदभूत !’ आश्चर्यमा परेकी इशु पोखरेल भन्दै थिइन्, ‘अमेरिकाको एउटै स्थानमा एकै छतमुनि एकसाथ यति धेरै नेपाली देखेको आजसम्मकै मेरो पहिलो अनुभव हो ।’

युनिभर्सिटी अफ टेक्सासकी विद्यार्थी इशु ६ वर्षको उमेरमा आफ्ना अभिभावकका साथ अमेरिका आएकी हुन् जो शनिबार आमासँग कन्सर्ट हेर्न उपस्थित थिइन् ।

‘आमा मात्र होइन मामाघरको हजुरआमालाई समेत मनपर्ने ब्यान्ड हो नेपथ्य’ उनले भनिन्, ‘नेपाली कार्यक्रममध्ये आजसम्मकै सबैभन्दा उत्कृष्ट अनुभव मेरो यही बन्न पुग्यो ।’

स्थानीय समयानुसार बेलुकी ठीक साढे ८ बजे मञ्चमा बज्न थालेको नेपथ्यका लोक-रक भाका लगातार दुई घण्टासम्म चलेको थियो ।

‘कोशीको पानी यो जिन्दगानी’, ‘शिरफूल शिरैमा’, ‘नैनताल’ र ‘पचासै वर्षमा’ जस्ता नयाँ गीतहरूको समेत प्रस्तुति रहेको कार्यक्रममा ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘रेशम’, ‘तालको पानी’ लगायत नेपथ्यका सर्वकालीन हिट गीत पनि प्रस्तुत गरिएको थियो । नयाँ पुराना सबै गीतमा गायक अमृत गुरुङलाई पूरा हलले कोरसले झैं साथ दिएको थियो ।

कन्सर्ट हेर्नकै निम्ति पाँच घण्टा लामो मोटर यात्रा गरेर सान एन्टोनियोदेखि आएका रोशनलाल श्रेष्ठले आफ्नो अनुभव यसरी पोखे, ‘संगीत, हलभित्रको माहोल प्रभावकारी बनाउन दृश्यको प्रस्तुति, प्रत्येक क्षणको सदुपयोग, नेपथ्यका सदाबहार गीतदेखि लिएर गायकले दिने मर्मस्पर्शी सन्देशसम्म सबै थोकको गजब समायोजन अनुभव गर्न पाइयो ।’



कन्सर्ट हेर्नकै लागि राजधानी वासिङ्टन डिसीदेखि आउने सौरभ पाण्डे जस्ता दर्शक पनि थुप्रै थिए । नेपथ्यको कन्सर्ट हेर्नका लागि गरिने खर्चको एक एक पैसा चुक्ता हुने गरेको दाबी गर्ने सौरभले केही दिनमै मेरिल्याण्डमा आयोजना हुने नेपथ्य कन्सर्ट पनि हेर्न जाने अठोट जताए ।

कन्सर्टमा गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

अमेरिका यात्राको अघिल्ला चार कन्सर्ट भव्य रूपमा सम्पन्न भएपछि ब्याण्ड अब पाँचौं प्रस्तुतिका लागि न्युयोर्क प्रस्थान गर्नेछ । यसअघि पनि न्युयोर्कमा आफूलाई प्रस्तुत गरिसकेको म्यानहटनकै फिफ्टी सिक्स्थ स्ट्रिटस्थित ‘टर्मिनल फाइभ’ हलमा कन्सर्ट प्रस्तुत गर्दैछ । त्यहाँ आठ वर्षको अन्तरालपछि अगस्त ३० तारिखमा नेपथ्य साँझ आयोजना हुन लागेको हो ।

न्युयोर्कपछि मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसबर्गमा प्रस्तुतिपछि यस वर्षको शृंखलाबद्ध यात्राले विश्राम लिनेछ । अमेरिकाका सबैजसो कन्सर्टमा दर्शकले नेपथ्यको वेबसाइटबाट टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...