मुख्य समाचार
एएफसी महिला च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल
एएफसी महिला च्याम्पियन्स लिगमा रेखा पौडेलको पहिलो गोल

। नेपाली युवा फरवार्ड रेखा पौडेल एएफसी महिला च्याम्पियन्स लिगमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।

एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा यूएईको क्लब अबुधाबी कन्ट्री क्लबका लागि खेल्दै ऐतिहासिक गोल गरेका हुन् ।

समूह ए अन्तर्गतको पहिलो खेलमा यूएईको अबुधाबीले लाओसको योङ इलिफन्ट्सविरुद्ध २-१ ले पराजित गर्दा रेखाले गोल गरेकी हुन् ।

एक गोलको अग्रता भइरहेको बेला रेखाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै अबुधाबीको अग्रता दोब्बर पारेकी थिइन् । त्यसअघि युगेनिया टेट्टेहले ३८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।



रेखाले पहिलोपटक यूएईको क्लबबाट खेल्दै डेब्यु प्रतियोगितामै गोल गरेकी हुन् ।

रेखाले पहिलो खेलमै डेब्यु गोल गर्न पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्न मिहिनेत गर्ने बताइन् । ‘एएफसी महिला च्याम्पियन्स लिगमा आफ्नो डेब्यु खेलमा गोल गर्ने र लिगमा गोल गर्ने पहिलो नेपाली बन्न पाउँदा म धेरै खुसी छु,’ रेखाले अनलाइनखबरसँग भनिन्, ‘यो गोल मेरो नेपाललाई समर्पित छ, अरु खेलका लागि पनि अझ मिहिनेत गर्नेछु । यसको सुरुआत मात्र हो ।’

रेखाले गत वर्ष इन्डियन वुमन्स लिगमा ओडिसा एफसीबाट पनि खेलेकी थिइन् । सन् २०१९ मा नेपालमै भएको साफ महिला च्याम्पियनसिपमार्फत उनले राष्ट्रिय टिममा डेब्यु गरेकी थिइन् ।

योङ एलिफन्ट्सका लागि ८३औं मिनेटमा योन योउरेनले एक गोल फर्काइन् ।

समूह ए मा अब अबुधाबीले २८ अगष्टमा म्यानमारको म्यावाडी र ३१ अगष्टमा साउदी अरेबियाको अल नासेरसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह सी मा रहेको नेपाली क्लब एपीएफ एफसी भने पहिलो खेलमा उज्वेकिस्तानको नासाफसँग १-० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...