मुख्य समाचार
मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले प्रिमियर लिगमा वल्भ्सलाई ६-२ ले पराजित
मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले प्रिमियर लिगमा वल्भ्सलाई ६-२ ले पराजित

। नोनी मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले प्रिमियर लिगमा आइतबार वल्भ्सलाई ६-२ ले पराजित गरेको छ ।

नयाँ सिजन चेल्सीको यो पहिलो जित हो । चेल्सीलाई सानदार जित दिलाउन मादुएकेले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । उनले खेलको ४९औं, ५८औं र ६३औं मिनेटमा गोल गरे ।

त्यसअघि खेलको दोस्रो मिनेटमै निकोलस ज्याक्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । माथेउस कुन्हाले २७औं मिनेटमा वल्भ्सका लागि बराबरी गोल गरेका थिए ।

कोल पाल्मरले ४५औं मिनेटमा गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए । वल्भसका जे स्ट्रान्ड लार्सनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै खेल २-२ को स्थितीमा पुर्‍याए ।

दोस्रो हाफमा मादुएकेले ह्याट्रिक गरेपछि चेल्सीले ५-२ को अग्रता बनायो । चेल्सीका लागि जाआओ फेलिक्सले ८०औं मिनेटमा अर्को गोल थपे ।

पहिलो जितपछि दुई खेलबाट ३ अंक जोडेको चेल्सी सातौं स्थानमा उक्लेको छ । दोस्रो हार व्होरेको वल्भ्स अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...