मुख्य समाचार
आर्सनललाई जोगाउने डेबिड रायाको उत्कृष्ट बचाउ
आर्सनललाई जोगाउने डेबिड रायाको उत्कृष्ट बचाउ

। लण्डन क्लब आर्सनलले गएराति प्रिमियर लिगमा एस्टन भिल्लालाई २-० ले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । भिल्लापार्कमा भएको खेलमा लियोन्ड्रो ट्रोसार्ड र थोमस पार्टेले दोस्रो हाफमा गरेको गोलमा आर्सनलले ३ अंक जोड्न सफल भयो ।

पछिल्लो दुई सिजन च्याम्पियन म्यानचेष्टर सिटीभन्दा पछि रहँदै उपाधिबाट बन्चित भएको आर्सनलले नयाँ सिजनको सुरुवातमै महत्वपूर्ण जित हासिल गरेको हो । गतसिजनमा उपाधि होडमा रहँदा दुवै खेलमा एस्टल भिल्लासँग पराजित भएकाले पनि आर्सनलका लागि यो जित महत्वपूर्ण बनेको हो ।

डिसेम्बरमा भिल्ला पार्कमा भएको खेलमा आर्सनल एस्टन भिल्लासँग पराजित भएको थियो । यस्तै मध्य अप्रिलमा घरेलु मैदान एमिरेट्स स्टेडियममै भएको खेलमा एस्टन भिल्लासँग २-० ले पराजित भएपछि आर्सनलको गत सिजन उपाधि जित्ने सम्भावना सकिएको थियो ।

यस पटक सिजनको पहिलो खेलमा आर्सनलले एस्टन भिल्ला विरुद्ध अवे मैदानमै २-० को जित निकाल्यो । यसमा आर्सनलले संयमित भएर खेल्यो । जसमा भाग्य र चमक क्षणको मिश्रण पनि थियो ।



सबैभन्दा सम्झनलायक क्षण भनेको आर्सनलका गोलकिपर डेभिड रायले एस्टन भिल्लाका फरवार्ड ओली वाटकिन्सको प्रहारलाई उत्कृष्ट बचाउ गरे । जतिबेर खेल गोलरहित बराबरीमा चलिरहेको थियो । त्यो नै खेलको निर्णायक क्षण साबित भयो ।

इंग्ल्याण्डका अन्तरिम म्यानेजर लि कार्सलेको अगाडि वाट्किन्सले गोल गर्ने केही अवसर गुमाए । उनले पहिलो हाफमा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । ५४औं मिनेटमा उनले गोलका लागि आफ्नो पालो आएका सोचेका थिए ।

एस्टन भिलल्का अमादोउ ओनानाको प्रहार आर्सनलका गाब्रिएललाई लाग्दै बारमा लागेर पर्केपछि वाटकिन्सले डाइभिङ हेड हानेका थिए । तर आर्सनलका किपर रायले डाइभ हान्दै उत्कृष्ट बचाउ गरे ।

रायले छिटो निर्णय लिँदै एक हातले उत्कृष्ट बचाउ गरे । खेलपछि रायले भने, ‘सबै हिरो हो किनकी हामीले सँगै काम गरेका छौँ । बल सेभ मैले मात्र गरेको होइन । गोलरहित बराबरीका लागि त्यो खेलको महत्वपूर्ण क्षण थियो । उनीहरुलाई अवसर थियो र म त्यहाँ थिएँ ।’

उनले वाटकिन्स त्यहाँ आइरहेको देखेर चाँडै निर्णय लिइहालेको बताए । यस्तो अवस्थामा वाटकिन्सले गोल गर्नुपर्ने थिए । तर रायको उत्कृष्ट बचाउको अघि उनको केही लागेन ।

त्यसमा खेलले अर्को मोड लियो । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले खेलाडी परिवर्तन गरेपछि गोल पनि निस्कियो । उनले ६५औं मिनेटमा गाब्रीएल मार्टिनेलीको स्थानमा लियोन्ड्रो ट्रोसार्डलाई मैदान पठाएका थिए । ट्रोसार्डले त्यसको दुई मिनेटपछि नै गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।

त्यसको दश मिनेटपछि अर्थात् ७७औं मिनेटमा थोमस पार्टेले बुकायो साकाको पासमा आर्सनलका लागि दोस्रो गोल गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...