मुख्य समाचार
कहाँ छन् वागनर समूहका भाडाका लडाकु ?
कहाँ छन् वागनर समूहका भाडाका लडाकु ?

यही २४ अगष्टमा मा रूसको निजी सेना तथा भाडाका लडाकुको रूपमा चिनिने वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्यु भएको एक वर्ष पूरा हुँदैछ ।

प्रिगोजिनको अप्रत्यासित मृत्युको एक वर्ष बितिसक्दा पनि सो समूहमा आबद्ध रहेका भाडाका लडाकु तथा सैनिकहरुको अवस्था हाल के कस्तो छ भन्ने प्रष्ट छैन । ती लडाकुहरू युक्रेन, सिरिया र अफ्रीकाका केही भागहरूमा सक्रिय रहेका थिए ।

बीबीसीले वागनर समूहका पूर्वलडाकु तथा अन्य सम्बन्धित व्यक्तिहरूसँग कुरा गरी प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु र रूससँग भएको सम्झौता पश्चात् यो समूहका लडाकुहरुको अवस्था के छ भन्ने बुझ्ने प्रयास गरेको छ ।

जो भाग्न सफल भए


सन् २०२३ को सेप्टेम्बर महिना । निलो आँखा भएका एक युवक टर्कीको इस्तानबुल विमानस्थलको चेक-इन काउन्टरमा उभिरहेका थिए । किफाया अर्थात गलबन्दी ओढेका ती युवक जाने प्रयासमा थिए । उनको उद्देश्य कुनै अन्य अफ्रिकी देशमा गएर जागिर गर्नु थियो ।

ती युवक वागनर समूहका पूर्व लडाकु थिए ।

यो समूहको नियन्त्रणमा करोडौं डलरका कम्पनी तथा परियोजनाहरु रहेका छन् । यो समूह सिरिया, माली, मध्य अफ्रीका, सुडान र लिबियामा सक्रिय रहँदै आएको छ । रूसले युक्रेनमाथि आक्रमण गर्दा वागनर समूहका लडाकाहरूको महत्वपूर्ण भूमिका थियो ।

ब्रिटेनको रक्षा मन्त्रालयको एक अनुमान अनुसार युक्रेनमा वागनर समूहका लगभग ५० हजार लडाकुहरू थिए ।

बीबीसीले प्राप्त गरेको एक सूचीअनुसार, यी लडाकुहरू मध्ये लगभग २० हजार बखमुतको युद्धमा मारिएका थिए । यी मध्ये अधिकांश पूर्वकैदी थिए ।

प्रिगोजिनले सन् २०२३ को मे महिनामा हतियारको अभाव भएकोमा रूसी रक्षा मन्त्रालयलाई आरोप लगाउँदै युद्धको मोर्चामा रहेका आफ्ना लडाकुहरूलाई फिर्ता हुन आदेश दिएका थिए ।

गलबन्दी पहिरिएका ती युवक चाहिं त्यसबेला त्यहाँबाट निस्किन सफल भए । भागेर हिंडेका उनलाई टेलिग्राममा एक सन्देश प्राप्त भयो जसमा न्यायको लागि सहभागी हुन अपिल गरिएको थियो ।

पुटिनको विरुद्धमा विद्रोह



युक्रेनको विरुद्धको युद्धमा सक्रिय वागनर समूह एक समय रुसी राष्ट्रपति पुटिनको विरोधी बनिसकेको थियो ।

वागनर समूहले पुटिनको विरोधमा आक्रामक रबैया अपनाउँदा, ती युवक पनि सोही समूहमा सक्रिय थिए जो अहिले देश छाडेर बाहिर निस्किन सफल भएका छन् ।

उनले अन्तिम पटक प्रिगोजिनलाई त्यसबेला देखेका थिए, जतिबेला प्रिगोजिनले कारमा कतै जाँदै गर्दा सेल्फीको लागि पोज दिइरहेका थिए । वागनर समूहले मस्कोतर्फको मार्च गर्ने घोषणा गरेको थियो । तर, पछि सो मार्च रोकियो ।

रुसी राष्ट्रपति पुटिन र प्रिगोजिनबीच सम्झौता भयो । जसमा वागनर समूहका लडाकुहरू रूसी सेनामा सामेल हुन सक्ने वा प्रिगोजिनसँग बेलारूस जान सक्ने विकल्प उपलब्ध थियो।

त्यो बेला नै आफुले अब वागनर समूहमा आफ्नो करियर समाप्त भएको कुरा बुझेको ती युवक बताउँछन् ।

उनका अनुसार सो सम्झौताको कार्यान्वयनमा लापरबाही गर्न थालियो। केही बेलारुस भए भने कोही अन्तै । भविष्य अनिश्चित भएपछि उनले पनि आफ्नो लागि निर्णय लिए र देश छाडे ।

२३ अगस्त २०२३ – जब बदलियो वागनर समूह



उक्त सम्झौता भएको दुई महिनापछि, अगस्त २३ मा मस्कोको उत्तरी क्षेत्रमा निजी जेट दुर्घटनामा प्रिगोजिनको मृत्यु भयो । यस दुर्घटनामा प्रिगोजिनसहित वागनर समूहका धेरै सदस्यको मृत्यु भएको थियो । रूसले यस घटनामा आफ्नो कुनै भूमिका नरहेको दाबी गर्यो। तर वागनर समूहका लडाकु तथा अरु धेरै मानिसहरु यो घटनामा रुसकै हात रहेको विश्वास गर्दछन् ।

ती युवाले भने, ‘जब उनीहरूले प्रिगोजिनको हत्या गरे, त्यसपछि रूसमा मेरो लागि केही बाँकी थिएन।’ सो घटनापछि उनले विकल्पहरूको खोजी गर्न थालेका थिए।

ती युवकको वैध पासपोर्ट थियो। केही बचत रकम पनि थियो र युद्धको अनुभव पनि। उनी सिरिया जाने निधो गरे जहाँ उनले विगतमा लडेका थिए ।

सिरियामा रहेका लडाकुहरूलाई पनि रूसी सेनामा सामेल हुने प्रस्ताव राखिएको थियो।

वागनर समूहका एक पूर्वलडाकुले भने, ‘लडाकाहरूको सामु दुई विकल्प थिए। सेनामा जागिर खानु वा भाडामा जानु।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम