मुख्य समाचार
थाइल्याण्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित
थाइल्याण्डमा हुने भनिएको बिमस्टेक शिखर सम्मेलन स्थगित

: थाइल्याण्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएको छ। थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेश र म्यानमारमा आन्तरिक द्वन्द्वलगायतका विषय लिएर बिमस्टेक सम्मेलन स्थगित भएको हो।

आगामी सेप्टेम्बर ४ र ५ अर्थात् भदौ १९ र २० गते थाइल्याण्ड आयोजना गर्ने घोषणा भएको थियो। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थाइल्याण्डमा हुने भनिएको बिमस्टेक बैठक स्थगित गरिएको मौखिक जानकारी बिमस्टेकमा आवद्ध राष्ट्रहरुलाई आएको छ।

उच्चस्रोतका अनुसार थाइल्याण्डले आन्तरिक राजनीतिक कारण देखाउँदै नेपाललाई पनि बिमस्टेक शिखर सम्मेलन स्थगित गरेको जानकारी दिएको हो। यद्यपी लिखित जानकारी आउन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।



बिम्स्टेक सम्मेलनमा थाइल्याण्डसहित नेपाल, भारत, बंगलादेश,श्रीलंका, भुटान र म्यानमार सदस्य राष्ट्र छन्। परराष्ट्र मन्त्रालयले उक्त सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारी गरिरहेको थियो।

थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले गत साउनमा पदमुक्त गरेपछि पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन्। बंगलादेशमा पनि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा मोहम्मत युनुस नियुक्त भएका छन्। सम्मेलनमा सबै राष्ट्रको सरकार प्रमुख जाने तयारी थियो।

दक्षिण तथा दक्षिणपूर्वी एशियाली मुलुकबीच सहयोग आदानप्रदान गर्ने र व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले बिम्स्टेक स्थापना भएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम