मुख्य समाचार
नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, कम्तिमा ३० जना घाइते
नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना, कम्तिमा ३० जना घाइते

: भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ। भारतको बिहार राज्यको समस्तीपुरमा बस दुर्घटना भएको हो।

दुर्घटनामा कम्तिमा ३० जना यात्रु घाइते भएका छन्। घाइते केही यात्रुको अवस्था गम्भीर रहेको बताइएको छ। घाइतेहरूलाई सदर अस्पताल र मुश्रीघरास्थित निजी अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनामा परेको बस बाराबाट तीर्थयात्री लिएर गएको खुलेको छ।

बारागढी गाउँपालिकाका अध्यक्ष अशोक जैसवालले बारा गाउँपालिकाको- ३ मुर्तिपालियाबाट शनिबार तीर्थयात्री लिएर गएको बस दुर्घटनामा परेको खबर आएको पुष्टि गरे। उनले अन्नपूर्णलाई भने,' शनिबार मुर्तिपालियाबाट तीर्थयात्री लिएर बस गएको थियो। आज दुर्घटनामा परेको खबर आएको छ। घटनाबारे बुझिरहेका छौं। उनले बसमा ४३ यात्रु सवार रहेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा बस दुर्घटनाबारे जानकारी आएको र सम्बन्धित ठाउँमा बुझिरहेका अन्नपूर्णलाई जानकारी दिए।

तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमा पल्टिएको थियो। बस देवघरतर्फ गइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...
। अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने ...
: अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष ...
— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् । प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले ...