मुख्य समाचार
काभा वुमन्स लिग उपविजेता टोलीका खेलाडीलाई जनही १ लाख २ हजारसहित सम्मान
काभा वुमन्स लिग उपविजेता टोलीका खेलाडीलाई जनही १ लाख २ हजारसहित सम्मान

। नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई शनिबार नगद सहित सम्मान गरेको छ ।

भलिबल संघले एक कार्यक्रम आयोजना गर्दै काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो ।




काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीलाई जनही १ लाख २ हजार रुपैयाँ प्रदान गरिएको छ ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला टोलीले पहिलो पटक भारतलाई हराएर इतिहास रचेको थियो तर फाइनलमा भने भारतसँग नै पराजित भएपछि नेपालले रजत जितेको थियो ।



काभा वुमन्स नेसन्स लिगमा सहभागी खेलाडीसँगै मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले पनि नगद १ लाख २ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार प्रदान गरियो ।

भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो ।

स्वर्ण विजेता कमला पुन र मनिषा चाैधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनाले समान ३० हजार प्राप्त गरे ।

बिच भलिबल च्याम्पियनसिपमा दुवै टिमको प्रशिक्षक रहेका रुपेश विष्टले नगद ४० हजार प्राप्त गरे ।

यस्तै माल्दिभ्समा भएको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल यू२० महिला टोलीले कांस्य जितेको थियो । कांस्य विजेता टोलीलाई जनही १५ हजार पुरस्कार प्रदान गरियो ।

पदक विजेता भलिबल टिम र खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद राखृपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष ठा. उपेन्द्र महतो, सहाना प्रधान स्मृति फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...