मुख्य समाचार
बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित
बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित

। स्पानिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गरेको छ ।

नयाँ बार्सिलोनाको यो लगातार दोस्रो जित हो र त्यसका लागि युवा फरवार्ड स्टार लामिन यामल र भेट्रान परवार्ड रोर्ट लेवान्डोस्कीले गोल गरे ।

खेलको २४औं मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

४२औं मिनेटमा ओइहान सान्चेटले विल्वाओका लागि पेनाल्टीमा बराबरी गोल फर्काए ।

दोस्रो हाफमा बार्सिलोनाले एक गोल थप्यो । ७५औं मिनेटमा लेवान्डोस्कीले गोल गर्द बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल भएन र बार्सिलोनाले ३ अंक जोड्यो ।

लगातार दुई जितपछि ६ अंक जोडेर बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लेको छ । दुई खेल नै जितेर समान ६ अंक जोडेको सेल्टा भिगोल गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ ।

नयाँ सिजनमा बार्सिलोना र सेल्टाले मात्र शतप्रतिशत जित हात पारेका छन् । रियल भाल्लाडोलिडले पनि खेलेको एक मात्र खेल जितेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...