मुख्य समाचार
म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा शनिबार ब्राइटनसँग २-१ ले पराजित
म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा शनिबार ब्राइटनसँग २-१ ले पराजित

। इन्जुरी टाइममा गोल खाएपछि म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा शनिबार ब्राइटनसँग २-१ ले पराजित भएको छ ।

बराबरीतर्फ अग्रसर खेलको इन्जुरी समयको पाँचौ मिनेटमा जाआओ पेड्रोले विजयी गोल गरे ।


त्यसअघि डानी वेलब्याकले खेलको ३२औं मिनेटमा गोल गर्दै घरेलु टोली ब्राइटनलाई अग्रता दिलाएका थिए ।

तर ६०औं मिनेटमा युनाइटेडका अबमाद दियालोले बराबरी गोल फर्काए । ७०औं मिनेटमा युनाइटेडका जिर्कीले गोल गरेपनि भीएआरले मान्यता नदिँदा युनाइटेडले अग्रता लिने अवसर गुमाएको थियो ।



तर इन्जुरी टाइममा पेड्रोले गोल गरेपछि ब्राइटन ३ अंक जोड्न सफल भयो ।

लगातार दोस्रो जितपछि ब्राइटन दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । नयाँ सिजन पहिलो खेलमा जित हात पारेको युनाइटेडको यो पहिलो हार हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...
। मोफसलको प्रतियोगिताको लागि ‘ब्रेक’पछि राष्ट्रिय लिग फुटबलको खेलहरू आजदेखि फेरि सुरु हुँदैछन् । आजको पहिलो खेलमा विभागीय टोली एपीएफ एफसी र बाराको नव जनजागृति क्लबबीच हुनेछ । यो खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ । यस्तै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच अपरान्ह ४ बजे खेल हुनेछ । यो खेल पनि ...