मुख्य समाचार
बेलायतमा आप्रवासी विरोधी समूहबाट नेपालीको रेस्टुरेन्टमा आगजनी
बेलायतमा आप्रवासी विरोधी समूहबाट नेपालीको रेस्टुरेन्टमा आगजनी

: पछिल्लो समय बेलायतमा फैलिएको जातीय घृणाप्रेरित अपराधको निसानामा यहाँका नेपालीसमेत परेका छन् । जातीय घृणा फैलाएर देशैभर अराजक हूलदंगा एवं प्रदर्शन गरेका कट्टर दक्षिणपन्थीहरूले एक जना नेपाली व्यवसायीको रेस्टुटेन्ट तथा पबमा आगजनी गरिदिएका छन्् ।

नर्दन आयरल्यान्डको बालीक्लेयर रोड, न्युटाउन आबीस्थित रेलवे बार एन्ड स्टिम डाइनिङमा बुधबार मध्यरातमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको सञ्चालक अब्जन आचार्यले जानकारी दिए ।

रेस्टुरेन्ट बन्द रहेको बिहान करिब १ः५० बजेको समयमा गरिएको आगजनीबाट रेस्टुरेन्ट जलेर पूर्ण रूपमा क्षतिग्रस्त बनेको उनले बताए । आगजनीपछि पबको भित्तामा ‘मुस्लिम आउट’ लेखिएको पाइएको छ । प्रहरीले घटनालाई जातीय उत्प्रेरित घृणाजन्य अपराध भनेको छ । दक्षिणपन्थी समूहले आगजनी गरेको बताउँदै यसबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



बागलुङ स्थायी घर भएर सन्् २००६ देखिदेखि नै बाबुआमासँग बेलायत बस्दै आएका आचार्यले झन्डै ६ महिनाअघि उक्त व्यवसाय सञ्चालनमा ल्याएका थिए । पब तथा रेस्टुरेन्ट गरी झन्डै १ सय ८० जना ग्राहक क्षमताको उक्त व्यवसायमा आफ्नो करिब १ लाख रुपैयाँ लगानी परेको उनले सुनाए ।
आगजनीबाट पूर्ण रूपमा क्षति भएपछि अहिले आफ्नो पब र रेस्टुरेन्ट बन्द गर्नुपरेको आचार्यले बताएका छन्् । भवनसमेतमा ठूलो क्षति भएका कारण अब सोही ठाउँमा पुनः सञ्चालन गर्न असम्भव रहेको उनको भनाइ छ ।

आफूलाई व्यक्तिगत रूपमा निसाना गरिएको भन्दा पनि समुदायप्रतिको जातीय घृणाको सिकार आफू बनेको अनुभव आचार्यले गरेका छन्् । मेरो छालाको रंग, जात, धर्म आदिलाई आधार बनाएर आफैंमाथि यति ठूलो हिंसा होला भन्ने त कल्पनासमेत थिएन, नर्दन आयरल्यान्डमै हुर्किएका आचार्यले अन्नपूर्ण पोस्ट््सँग भने, घटनाले निकै दुःखी बनाएको छ । तर आफ््नो नियन्त्रणभन्दा बाहिरको घटना भएकाले धेरै चिन्तित वा विचलित नबनी अगाडि बढ््नुपर्छ भन्ने सोंच बनाएको छु ।

नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका पूर्वअध्यक्षसमेत रहेका आचार्यको व्यवसायीमाथि भएको जातीय घृणाप्रेरित घटनाले स्थानीय नेपालीहरू स्तब्ध बनेका छन्् । आगजनी गरिएको आचार्यको रेस्टुरेन्ट नजिकै अर्को रेस्टुरेन्ट सञ्चालन गर्दै आएका गुल्मीका तुल्सीराम पौडेल असुरक्षित महसुस भएको बताउँछन्् । हाम्रो नजिककै साथीले सञ्चालन गरेको रेस्टुरेन्टमा भएको घटनाले हामीलाई निकै दुःखी बनाएको छ । त्यसमाथि अब कतै हामीहरू र हाम्रो व्यवसायमाथि पनि यस्तै हुने हो कि भन्ने भय पनि सिर्जना भएको छ, उनले भने ।

नर्दन आयरल्यान्डमा अहिले झन्डै एक सय परिवार हाराहारीमा नेपालीको बसोबास छ । यसअघि नेपालीमाथि नै सिधा प्रहार हुने गरी कुनै पनि जातीय घृणाका घटना नभएको स्थानीय नेपालीहरू बताउँछन्् ।

बेलायतमा यसअघि पनि पूर्वगोर्खा परिवारका वृद्धवृद्धाहरूमाथि जातीय घृणा उत्प्रेरित गालीगलौज तथा दुव्र्यवहारका केही घटना भएका थिए । तर पछिल्लो केही सातादेखि फैलिएको दंगाका क्रममा भएका आक्रमणहरूमा भने कोही नेपाली परेको जानकारी थिएन । यसअघि उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा गत जुलाई २९ मा एक १७ वर्षीय युवाले छुरा प्रहार गरी तीन बालिकाको हत्या गरेपछि दक्षिणपन्थी समूहले जातीय हिंसा फैलाएको थियो ।

एक साता लामो हिंसात्मक दंगाका क्रममा आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर आक्रमण गरिएको थियो । हिंसात्मक दंगामा संलग्न १ हजार २४ जनालाई पक्राउ गरिएको र ५ सय ७५ लाई अभियोग लगाइएको प्रहरीले जनाएको छ ।

बालिका हत्यामा संलग्न युवा शरणार्थी र मुस्लिम भएको गलत हल्ला फैलिएपछि आप्रवासी र मुस्लिमविरोधी हिंसात्मक प्रदर्शनहरू भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...
। कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले ‌आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए । कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस ...
: हमासद्वारा बेपत्ता बनाइएका बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्। ...
: वैदेशिक रोजगारीका लागि कुवेतमा रहेका ९ जना नेपालीको मृत्यु भएको छ। विषादीयुक्त मदिरा सेवन गरेका उनीहरूको उपचारको क्रममा निधन भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले ९ जना नेपालीको मृत्यु भएको पुष्टि गरे। 'यहाँका आधिकारिक फोकल पर्सनबाट हालसम्म ९ जना नेपालीको मृत्यु भएको जानकारी पाएका छौं। उहाँहरूको मृत्युको कारण अझै पुष्टि ...
। कुवेतमा विषाक्त मदिराका कारण केही नेपालीसहित १३ एसियाली नागरिकको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले यस घटनाबारे थप बुझ्ने काम भइरहेको जनाएको छ । दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार विभिन्न अस्पतालमा मदिरा सेवन गरेर बिरामी भएकाहरुको उपचार भइरहेको छ । ‘१२/१५ जना उपचारका क्रममा छन् । केही शवहरू पनि छन् । कारणबारे हामी बुझ्दैछौं,’ ...