मुख्य समाचार
अमेरिकाको भर्जिनियामा ममता काफ्ले ३ हप्तादेखि बेपत्ता, हत्या आशंकामा श्रीमान पक्राउ
अमेरिकाको भर्जिनियामा ममता काफ्ले ३ हप्तादेखि बेपत्ता, हत्या आशंकामा श्रीमान पक्राउ

: अमेरिकाको भर्जिनियामा तीन हप्तादेखि बेपत्ता रहेकी ममता काफ्ले भट्टको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। हत्या आशंकामा प्रहरीले उनका पति नरेश भट्टलाई बिहीबार पक्राउ गरेको छ। हत्या गरेर शव बेपत्ता पारेको अभियोगमा प्रहरीले नरेशलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ।

भर्जिनियाको मनासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले अनुसन्धान अधिकारीहरूले निरन्तर छानबिन गरिरहेको बताएका छन्। तर, यस्तो अवस्थामा उनको मृत्यु हुनसक्ने प्रहरी प्रमुख मारियोको भनाइ छ।

प्रहरीका अनुसार २८ वर्षीया ममता काफ्ले गत २८ जुलाईमा अन्तिमपटक देखिएका थिए। त्यसको भोलिपल्ट २९ जुलाईमा उनको अन्तिमपटक पति नरेशसँग सम्पर्क भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। नरेशले भने ३१ जुलाईमा अन्तिमपटक ममतालाई देखेको प्रहरीसमक्ष बयान दिएका छन्।



अनुसन्धान अधिकारीहरूले ममता काम गर्ने स्थानमा सोधीखोजी गरेपछि नरेशले तीन दिनपछि अगस्ट ५ मा 'मिसिङ रिपोर्ट' दर्ता गराएका थिए। छानबिनमा केही 'क्लु' नपाएपछि प्रहरीले नरेश बस्ने घरमा छामा मारेको थियो। त्यसलगत्तै प्रहरीले हतकडीसहित नरेशलाई पक्रेर लगेको थियो। उनको एक वर्षीय छोरीलाई भने सामाज सेवा विभागले जिम्मा लिएको छ।

ममताकी आमालाई आकास्मिक भिसा प्रदान गर्न काठमाडौंस्थित अमेरिकी दूतावासलाई अनुरोध गरिएको छ। ममताकी आमा अमेरिका आएपछि एक वर्षीया नातिनीको हेरचाहको जिम्मेवारी लिने बताइएको छ।
- एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...
। अमेरिकाबाट ३५ नेपाली डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । डिपोर्ट भएर आएका अधिकांशजसो तल्लो बाटोबाट गएकाहरू छन् । एक जना भने विद्यार्थी भिसामा गएका व्यक्ति समेत रहेको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले बताए । ती विद्यार्थी कलेजमा रिन्यू (नवीकरण) नगरी भिसा विपरित काम गरेको पाइएपछि फर्काइएको पाइएको पंगेनीले बताए । अर्का एक जना भने ...
: अमेरिकाले एकैपटक ३५ जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले निष्कासन गरेको हो। निष्कासनमा परेका नेपालीहरू बुधबार दिउँसो ४:४० मा अमेरिकाको चार्टर्ड विमानबाट काठमाडौं आइपुगको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानबाट उनीहरूलाई काठमाडौं ल्याएको हो। ३५ जनामध्ये १ जना महिला र ३४ जना पुरुष ...
— भारतस्थित प्रवासी नेपालीहरूले मतदानको अधिकारको माग गरेका छन् । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय बहसमा रहेका बेला भारतमा रहेका नेपालीहरुले पनि आवाज पठाएका छन् । प्रवासी नेपालीहरुको संगठन नेपाली समाज भारतले मंगलबार दिल्लीस्थित नेपाली दूतावासमा उक्त माग राख्दै ज्ञापन बुझाएको छ । नेपालको संविधानले सबै नेपाली नागरिकलाई मतदानका अधिकार दिएको भन्दै नेपाली समाजले ...