मुख्य समाचार
एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने
एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने

: एसियाली विकास बैंक (एडिबी)ले नेपाललाई थप सहयोग गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारी रणनीतिमार्फत थप सहयोग गर्ने जानकारी दिएका हुन् ।

सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ । विश्व बैंकसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन हुनेछ । अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरू प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

एडिबीका कार्यकारी निर्देशक चाइयावानले नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गरे । एडिबीले नेपालमा पूर्वाधार विकास, शिक्षा, वातावरणलगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकाले आफ्नो सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठूलो सैन्य आक्रमण गरेको बताएको छ
— खाद्य तथा व्यवस्था व्यापार केन्द्र राजापुरले शुक्रबारसम्म २६ हजार क्विन्टल धान खरिद गरेको छ । यस वर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य थियो । हालसम्म २६ हजार क्विन्टल धान खरिद भइसकेको खाद्य केन्द्रका प्रमुख कमल पाण्डेले बताए । ‘४ हजार क्विन्टल खरिदपछि बन्द हुने छ,’ उनले भने, ‘सरकारले ३० हजार क्विन्टल खरिदको ...
चिचिला गाउँपालिका–३ दिदिङस्थित दिदिङ आधारभूत विद्यालयका लागि आकर्षक भवन निर्माण सम्पन्न भएको छ ।
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई बिहीबार उच्च अदालत बुटवल तुलसीपुर इजालसले धरौटी रकम (बैंक जमानत १ करोड) स्वीकार गर्नेलगायत विभिन्न सर्तहरूसहित थुनामुक्त गर्न आदेश दिएको थियो। आदेशमा भएका सर्तहरूका लागि उपस्थित भएर आवश्यक कागजी प्रक्रिया ...
: जापानको केन्द्रीय बैंकले बढ्दो महँगी र बढ्दो जीवनयापनको दबाबका बीचमा आफ्नो प्रमुख ब्याजदर ३० वर्षकै उच्च बिन्दुमा पुर्‍याएको छ। बैंक अफ जापानको नीति बोर्डले बेन्चमार्क ब्याजदर एक चौथाई प्रतिशतले बढाएको हो। ब्याजदर करिब ०.७५ प्रतिशतमा तोकिएको छ। जापानका नयाँ प्रधानमन्त्री साने ताकाचीले मुद्रास्फीति नियन्त्रण गर्न चाहेको बेला बैंकले यस्तो निर्णय गरेको हो। जनवरीदेखि बैंक अफ ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम