मुख्य समाचार
साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

। साफ यु-२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ । नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे ।

नेपाल र बंगलादेश यसअघि न‌ै सेमिफाईनल प्रवेश गरिसकेका थिए । यो खेल समूह विजेताका लागि थियो । जहाँ घरेलु टोली नेपालले बाजी मार्‍यो ।


नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो । श्रीलंका भने दुवै खेल हारेर यसअघि न‌ समूह चरणबाट बाहिरिसकेको छ । नेपालको सेमिफाईनल प्रतिस्पर्धी शुक्रबार हुने समूह बी को अन्तिम खेलपछि टुङ्गो लाग्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको जारी नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो। तर, बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।
नेपालका लागि १७ मिनेटमा समिर तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।





बंगलादेशका गोलकिपर मेहदी हसन स्राबोन अघि बढेको अवस्थामा समिरले बल खोस्दै खाली पोष्टमा गोल गरे । १८ मिनेटमा निराजन धामीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले अविनाश स्याङ्गतानको क्रसमा वान टचमा गोल गरेका थिए । जारी च्याम्पियनसिपमा निराजनको यो दोस्रो गोल हो । उनले श्रीलंकाविरुद्ध पहिलो ख्लमा पनि गोल गरेका थिए ।

३६ मिनेटमा निराजन धामीको फ्रि हेडर पोष्ट नजिकबाट बाहिर जाँदा नेपालले अग्रता बढाउने असर गुमायो । ४३ औ मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्कायो ।नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो । त्यसमा ईस्लामले गोल गर्दै गोल अन्तर कम पारे ।

दोस्रो हाफमा भने दुवै टोलीले खासै अवसर बनाउन सकेनन् । ५०औ मिनेटमा नेपालबा निराजन धामीको प्रहार बंगलनदेशी गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
त्यस बाहेक अन्य मुभ बन्न सकेन । ईन्जुरी टाईमको अन्तिम मिनेटमा नेपालका गोलकिपर जियारथ शेखले उत्कृष्ट बचाउ गरेका थिए ।

च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेलमा भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...