मुख्य समाचार
साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता
साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता

। साफ यु-२० च्याम्पियनसिपसिप अन्तर्गत समूह ए को अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै समूह विजेता बनेको छ । नेपालका लागि समिर तामाङ र निराजन धामीले गोल गरे ।

नेपाल र बंगलादेश यसअघि न‌ै सेमिफाईनल प्रवेश गरिसकेका थिए । यो खेल समूह विजेताका लागि थियो । जहाँ घरेलु टोली नेपालले बाजी मार्‍यो ।


नेपाल समूह ए मा दुई खेल जित्दै ६ अंक जोडेर समूह विजेता बन्दा बंगलादेश ३ अंकसहित समूह उपविजेता बन्यो । श्रीलंका भने दुवै खेल हारेर यसअघि न‌ समूह चरणबाट बाहिरिसकेको छ । नेपालको सेमिफाईनल प्रतिस्पर्धी शुक्रबार हुने समूह बी को अन्तिम खेलपछि टुङ्गो लाग्नेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको जारी नेपालले २० मिनेटभित्रै दुई गोल गरेको थियो। तर, बंगलादेशले पहिलो हाफमै पेनाल्टीमा एक गोल फर्कायो ।
नेपालका लागि १७ मिनेटमा समिर तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।





बंगलादेशका गोलकिपर मेहदी हसन स्राबोन अघि बढेको अवस्थामा समिरले बल खोस्दै खाली पोष्टमा गोल गरे । १८ मिनेटमा निराजन धामीले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले अविनाश स्याङ्गतानको क्रसमा वान टचमा गोल गरेका थिए । जारी च्याम्पियनसिपमा निराजनको यो दोस्रो गोल हो । उनले श्रीलंकाविरुद्ध पहिलो ख्लमा पनि गोल गरेका थिए ।

३६ मिनेटमा निराजन धामीको फ्रि हेडर पोष्ट नजिकबाट बाहिर जाँदा नेपालले अग्रता बढाउने असर गुमायो । ४३ औ मिनेटमा बंगलादेशले पेनाल्टीमा गोल फर्कायो ।नेपालका राम थापाले बंगलादेशका मिराजुल इस्लामलाई पेनाल्टी बक्समा फल गरेपछि बंगलादेशले पेनाल्टी पाएको थियो । त्यसमा ईस्लामले गोल गर्दै गोल अन्तर कम पारे ।

दोस्रो हाफमा भने दुवै टोलीले खासै अवसर बनाउन सकेनन् । ५०औ मिनेटमा नेपालबा निराजन धामीको प्रहार बंगलनदेशी गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।
त्यस बाहेक अन्य मुभ बन्न सकेन । ईन्जुरी टाईमको अन्तिम मिनेटमा नेपालका गोलकिपर जियारथ शेखले उत्कृष्ट बचाउ गरेका थिए ।

च्याम्पियनसिप अन्तर्गत शुक्रबार समूह समूह बी को अन्तिम खेलमा भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...
। मोफसलको प्रतियोगिताको लागि ‘ब्रेक’पछि राष्ट्रिय लिग फुटबलको खेलहरू आजदेखि फेरि सुरु हुँदैछन् । आजको पहिलो खेलमा विभागीय टोली एपीएफ एफसी र बाराको नव जनजागृति क्लबबीच हुनेछ । यो खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ । यस्तै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच अपरान्ह ४ बजे खेल हुनेछ । यो खेल पनि ...