मुख्य समाचार
अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने
अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने

। अमेरिकामा रहेका सुदूरपश्चिमेलीले यस वर्षको गौरा पर्वलाई उत्सवका रुपमा मनाउने भएका छन् । अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा रहेका सुदूरपश्चिमेलीले यही भदौ ९ गते (अगस्त २५) का दिन गौरा महोत्सव आयोजना गर्न लागेका हुन् ।

राज्यस्तरमा स्थापना भएका सुदूरपश्चिम नेपाली समाजको आयोजनामा हुन लागेको गौरा महोत्सवको आवश्यक तयारी गरिएको छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख सांस्कृतिक चाड हो । सुदूरपश्चिम प्रदेशमा साताव्यापी रुपमा मनाउने गरिए पनि अमेरिकाको न्युयोर्क, मेरिल्यान्ड र टेक्सासमा एक दिन उत्सवका रुपमा मनाउन लागिएको समाजका पूर्वअध्यक्ष दमनविक्रम शाहले बताए ।


आयोजकका अनुसार गौरा महोत्सवका दिन सुदूरपश्चिमको प्रमुख बाजा दाइन, दमाहा, झ्यालीसहित सांस्कृतिक झाँकीहरुको प्रदर्शनी, डेउडा, छलिया, हुड्केली तथा गौरा नाचका साथै सुदूरपश्चिमका चर्चित कलाकारको प्रस्तुति रहने छ । नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास राज्यमा भौगोलिक बनावटअनुसार ड्यालस र अस्टिन गरी दुई स्थानमा गौरा उत्सव कार्यक्रमको आयोजना गरिने छ ।

सुदूरपश्चिम नेपाली समाज टेक्सासका अध्यक्ष गगन केसीका अनुसार गौरा महोत्सवमा गौरादेवीको पूजाआजा, विभिन्न सांस्कृतिक झाँकीको प्रदर्शनी, डेउडा खेल, छलिया तथा हुड्केली नाच तथा सुदूरपश्चिमका कलाकार नन्दकृष्ण जोशी, शङ्करसिंह विष्ट लगायतका कलाकारले प्रस्तुति राख्नेछन् ।



सुदूरपश्चिममा भएका पौराणिक सभ्यतामध्ये गौरा सभ्यता सबैभन्दा प्राचीन मानिन्छ । गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशेष पर्व भएकाले सुदूरपश्चिमेलीहरुले जहाँ भए पनि गौरा पर्वलाई महत्वका साथ मनाउँदै आएका छन् । अमेरिकामा विभिन्न स्थानमा रहेका सुदूरपश्चिमेलीलाई एकै स्थानमा जम्मा गरेर गौरा पर्व मनाउँदा सांस्कृतिको संरक्षण हुने सुदूरपश्चिमेली अगुवाको धारणा छ ।

प्रवासमा गौरा पर्व मनाउँदा सुदूरपश्चिमको कला संस्कृतिको संरक्षणमा टेवा पुग्नाका साथै अमेरिकामा जन्मेका र हुर्केका नयाँ पुस्तामा संस्कृति पुस्तान्तरण हुने सुदूरपश्चिम नेपाली समाज न्यूयोर्कका पूर्वअध्यक्ष रामबहादुर देउवा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भारत गोवाको नाइट क्लबमा आगलागी हुँदा ज्यान गुमाएका सबै नेपालीको पहिचान खुलेको छ । गत शनिबारको घटनामा पाँच नेपालीसहित २५ जनाले ज्यान गुमाएका थिए । गोवा प्रहरीका अनुसार ज्यान गुमाउने नेपालीहरुमा दाङका ३१ वर्षीय चुर्णबहादुर पुन, सिन्धुलीका लिलबहादुर कटुवाल (विवेक), झापाका सविन विश्वकर्मा र सुदीप विश्वकर्मा तथा डडेलधुराका मनोज जोरा छन् । उनीहरुको शव नेपाल ल्याउने ...
— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...