मुख्य समाचार
मंकिपक्ससँग कोभिडको जस्तो गल्ती नहोस
मंकिपक्ससँग कोभिडको जस्तो गल्ती नहोस

कोभिड महामारी विश्वका अरू देशमा फैलिँदा नेपालले खास वास्ता गरेन। पूर्वतयारी र प्रतिकार्यको चाँजोपाँजो भएन। नेपालीलाई त्यस्ता रोगले छुन सक्दैन शैलीका हावादारी हल्ला धेरै फिजियो। सरकार पनि मस्तराम बन्यो।



कोभिडकै बेला पर्यटनमन्त्री अस्ट्रेलिया भ्रमणमा गएर नेपाल सुरक्षित छ भन्ने हास्यास्पद कार्यक्रम गरे। त्यसबाट विश्व मञ्चमा नेपाल लज्जाको विषय बन्यो। अनि कोभिड— १९ ले घेरिहाल्यो। लकडाउन (बन्दाबन्दी) नै गर्नुपर्‍यो। अनि १० हजारभन्दा बढी नेपालीले कोभिड— १९ मा ज्यान गुमाए। अहिले विश्व स्वास्थ्य संगठनले मंकिपक्स भन्ने रोगको महामारी फैलिएको भन्दै आपत्काल घोषणा गरिसकेको छ। तर, नेपाल भने यसबारे केही सोचेजस्तो र जोखिम नियन्त्रण र प्रतिकार्यका लागि तयारीमा देखिन्न। जबकि अफ्रिकी मुलुकहरूमा यो रोगले कैयौंको ज्यान लिइसकेको छ। र, छिमेकी पाकिस्तानसम्म यो रोग देखा परिसक्यो। अब भारतसँग खुला सीमा भएको नेपाल भित्रिन बेर नलाग्न सक्छ।

कोभिडभन्दा मंकिपक्स खतरनाक छ। सासकै माध्यमबाट यो एकअर्कामा सर्छ। एउटै ओच्छ्यान प्रयोग गर्दा पनि सर्छ। झन् छुँदा र म्वाइँ खाँदा सर्ने भइहाल्यो। ज्वरो नै मंकिपक्सको पहिलो लक्षण हो। ज्वरोपछि छाला, अनुहार, हत्केला र पैतालाहरूमा बिबिरा (डाबर)हरू देखा पर्छन्। मांसपेशीहरू दुख्ने र संक्रमण जटिल बन्दै र बढ्दै जाँदा दृष्टि गुम्न सक्छ, निमोनिया हुन्छ, मस्तिष्कमा असर पु¥याउँछ र अन्तमा ज्यानै पनि जान्छ। पोहोरै विदेशबाट आएकी एकजनामा यो रोग नेपाल देखा परिसकेको हो। ती महिला पछि निको भइन् र रोग फैलन पनि पाएन। यसपछि भने विश्व स्वास्थ्य संगठनले विश्वभर यसको आतंक फैलन सक्ने भन्दै चेतावनी दिइसकेको सन्दर्भ यहाँ मननीय छ।



कुनै पनि संक्रमणबाट जोगिने भनेको आफैं हो। सरकारले सबै नागरिकलाई कुनै पनि खालको सुरक्षा दिने होइन। उसले नीति बनाउँछ। पालना गर्ने नागरिकको धर्म हो। तर, सरकारले बनाउने नीति र नियम अटेर गर्ने प्रवृत्ति हुँदा आफैं महामारीको सिकारमात्रै भइन्न, अरूलाई पनि सर्छ। धेरैले दुःख पाउँछन्। एउटाले बिराउने र शाखा पिराउने हुन जान्छ। तसर्थ सरसफाइमा ध्यान दिने, सामाजिक दूरी कायम गर्ने, भिडभाड नगर्ने र रोगबाट जोगिनेतर्फ सबै नागरिक सतर्क हुनुपर्छ।

सरकारले पनि नीति, नियमसँगै स्वास्थ्य सेवा चुस्त दुरुस्त पार्ने, सकेसम्म रोग भित्रिन नदिने र भित्रिइहाले नागरिकको स्वास्थ्योपचार गर्ने आवश्यक तयारी अहिलेदेखि नै गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति भण्डारीसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानका तत्कालीन उपकुलपति भण्डारी र तत्कालीन कामु रजिस्ट्रार कैलाशप्रसाद देवसहितलाई प्रतिवादी बनाएर बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भण्डारी र देवसहित तत्कालीन निर्देशक ...
। तत्कालीन नेकपा (माओवादी) आधार क्षेत्र रोल्पामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थविद्लाई अघि सारेको छ । विगतमा अर्थमन्त्री समेत बनेका नेकपाका नेता पुनसँग प्रतिस्पर्धा गर्न कांग्रेसले अर्थशास्त्रीलाई नै अघि सारेको छ । कांग्रेसबाट उम्मेदवार बनेका डा. सुदनकुमार वली मानवीय पुँजी निर्माण, स्थानीय अर्थतन्त्र लगायतमा दख्खलता राख्छन् । बेइजिङबाट पीएचडी ...
: राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर थाापा, नेकपा एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन्। तीन पदका लागि आइतबार भएको निर्वाचनमा पोर्तेल र मेचे निर्वाचित भएका हुन्। थापा यसअघि नै निर्विरोध निर्वाचित भएका थिए। कांग्रेस, एमाले र जनता समाजवादी पार्टी मिलेर बनेको गठबन्धनको तर्फबाट खुलामा उम्मेदवारी दिएका थापा ...
— काठमाडौंस्थित द्वारिका फाउण्डेसनले हेटौंडा सामुदायिक आँखा अस्पताललाई उपकरण खरिद गर्न ३७ लाख रुपैयाँ सहयोग गरेको छ। होटल व्यवसायी द्वारिका श्रेष्ठको स्मृतिमा स्थापना गरिएको द्वारिका फाउण्डेसनकोतर्फबाट उनकी छोरी संगिता श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेकी हुन् । श्रेष्ठले शुक्रबार तिलगंगा आँखा अस्पतालका निर्देशक एव हेटौंडा सामुदायिक आँखा अस्पतालका संरक्षक सिद्धि श्रेष्ठ र हेटौंडा सामुदायिक आँखा अस्पतालका प्रम्खु नेत्र ...
— दाङ सहयोगापेक्षी सडक मानवमुक्त घोषणा भएको छ। सडकमा अलपत्र मानिसहरुलाई आश्रम तथा परिवारमा पुनर्मिलन गराएर बुधबार दाङलाई सडक आश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो । घोराहीमा कार्यक्रम आयोजना गरी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले दाङलाई सडकमा आश्रित मानवमुक्त जिल्ला घोषणा गरेका छन्। सम्मानपूर्वक बाँच्न पाउने मौलिक अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकार रसामाजिक संघसंस्थाहरुको सहकार्यमा दाङलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम