मुख्य समाचार
जर्मनीका गोलकिपर मानुएल नोएले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा
जर्मनीका गोलकिपर मानुएल नोएले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा

। जर्मनीका गोलकिपर मानुएल नोएले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यसाको घोषणा गरेका छन् ।

सन् २०१४ मा जर्मनीका लागि विश्वकप उपाधि जितेका नोएरले जर्मनीका लागि १२४ खेल खेलेका छन् । जर्मनीबाट उनको अन्तिम खेल गत महिना भएको युरो २०२४ अन्तर्गत स्पेनसँगको क्वाटरफाइनल खेल थियो । उक्त खेलमा पराजित हुँदै जर्मनी युरो २०२४ बाट बाहिरिएको थियो ।


३८ वर्षीय बायर्न म्युनिखका गोलकिपर नोएनले सन् २००९ मा जर्मनीका लागि डेब्यु गरेका थिए । त्यसयता उनले ८ मुख्य प्रतियोगिता खेले ।

सन् २०१८ को विश्वकपअघि नोएर जर्मनीका कप्तान बनेका थिए । यस वर्षको सुरुमा इल्के गुन्डोगानले रिप्लेस गर्नअघिसम्म उनी कप्तानकै भूमिकामा थिए । यसै साता गुन्डोगानले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरिसकेका छन् । यस्तै मिडफिल्डर टोनी क्रुसले पनि घरेलु मैदानमा युरो २०२४ पछि सन्यास लिएका थिए ।

गोलकिपर नोएनले क्लब फुटबललाई भने निरन्तरता दिनेछन् । उनले सन् २०२५ सम्म बायर्नमै बस्ने गरी गत वर्ष नयाँ सम्झौता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...
। मोफसलको प्रतियोगिताको लागि ‘ब्रेक’पछि राष्ट्रिय लिग फुटबलको खेलहरू आजदेखि फेरि सुरु हुँदैछन् । आजको पहिलो खेलमा विभागीय टोली एपीएफ एफसी र बाराको नव जनजागृति क्लबबीच हुनेछ । यो खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ । यस्तै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच अपरान्ह ४ बजे खेल हुनेछ । यो खेल पनि ...