मुख्य समाचार
पीएसजीबाट आफूले अझै पारिश्रमिक पाउन बाँकी
पीएसजीबाट आफूले अझै पारिश्रमिक पाउन बाँकी

: फ्रान्सका चर्चित स्ट्राइकर काइलिन एमबाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडमा छन्। २५ वर्षीय एमबाप्पे करिब सात वर्ष जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताएर यही वर्ष म्याड्रिड पुगेका हुन्।

एमबाप्पेले रियल म्याड्रिडमा आफ्नो पहिलो खेलबाटै प्रभाव छाडिसकेका छन्। यूईएफए सुपर कपको फाइनलमा रियलले इटालियन क्लब एटलान्टालाई पराजित गर्दा एमबाप्पेले एक गोल गरेका थिए।

एमबाप्पे जर्मनी छाडेर स्पेन आइसक्दा पनि पीएसजीसँगको विवाद भने झनझन उग्र बनिरहेको छ। उनले पीएसजीबाट आफूले अझै पारिश्रमिक पाउन बाँकी रहेको बताउँदै क्लबले बेवास्ता गरिरहेको दाबी गरेका छन्। ‘मैले क्लब व्यवस्थापनलाई पटक पटक अवगत गराउँदै आएको छु। क्लब व्यवस्थापनले तुरुन्तै सम्बोधन गर्ने जनाए पनि अहिलेसम्म सुनुवाई भएको छैन’, एमबाप्पेले भनेका छन्। एमबाप्पेले आफ्नो बक्यौता रकम उपलब्ध गराइदिन विभिन्न निकायमा पनि उजुरी दिएका थिए। ‘क्लब छाडे पनि मैले आफ्नो पारिश्रमिक पाउनु पर्छ। क्लबसँगको सम्झौता अनुसार नै मैले आफ्नो बक्यौता रकम माग गरेको हुँ’, एमबाप्पेले भनेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एमबाप्पेको गत अप्रिलको तलबसँगै उनले पाउने बोनस रकम पनि क्लबले दिन आनाकानी गरिरहेको छ। पीएसजी स्रोतका अनुसार एमबाप्पेकै कारण उनको बक्यौता रकम भुक्तानीमा ढिलाइ भएको हो। उनले गत वर्ष बोनसको केही रकम नलिने सहमति जनाएका थिए। त्यो सहमति विपरीत अहिले तलब र बोनस मागेपछि क्लबले भुक्तानी गर्न आनाकानी गरिरहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार क्लब व्यवस्थापन र एमबाप्पेबीच छलफल भएको थियो। जसमा दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ। एमबाप्पेले कानुनी बाटो रोज्ने जनाएपछि क्लब व्यवस्थापन बक्यौता रकम दिन सकारात्मक भएको हो। तर, बोनस रकम दिन भने क्लबले अझै आनाकानी गरिरहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पीएसजीले एमबाप्पेलाई करिब ८० मिलियन युरो भुक्तानी गर्न बाँकी छ। उनले पछिल्लो पटक सन् २०२२ मा क्लबसँग सम्झौता गरेका थिए। उनले दुई वर्षका लागि करबाहेक ७२ मिलियन युरोमा सम्झौता गरेका थिए। यस बाहेक एक सय ५० मिलियन युरोको ‘स्टेटोस्फेरिक’ सम्झौता पनि गरिएको थियो। जुन रकम तीन किस्तामा भुक्तानी गर्ने सहमति भएको थियो। सहमति अनुसार पहिलो वर्षमा ७० मिलियन र दोस्रो वर्षमा ८० मिलियन युरो लोयल्टी बोनस एमबाप्पेले पाउनु पर्ने थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...
। मोफसलको प्रतियोगिताको लागि ‘ब्रेक’पछि राष्ट्रिय लिग फुटबलको खेलहरू आजदेखि फेरि सुरु हुँदैछन् । आजको पहिलो खेलमा विभागीय टोली एपीएफ एफसी र बाराको नव जनजागृति क्लबबीच हुनेछ । यो खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ । यस्तै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच अपरान्ह ४ बजे खेल हुनेछ । यो खेल पनि ...