मुख्य समाचार
पीएसजीबाट आफूले अझै पारिश्रमिक पाउन बाँकी
पीएसजीबाट आफूले अझै पारिश्रमिक पाउन बाँकी

: फ्रान्सका चर्चित स्ट्राइकर काइलिन एमबाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडमा छन्। २५ वर्षीय एमबाप्पे करिब सात वर्ष जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बिताएर यही वर्ष म्याड्रिड पुगेका हुन्।

एमबाप्पेले रियल म्याड्रिडमा आफ्नो पहिलो खेलबाटै प्रभाव छाडिसकेका छन्। यूईएफए सुपर कपको फाइनलमा रियलले इटालियन क्लब एटलान्टालाई पराजित गर्दा एमबाप्पेले एक गोल गरेका थिए।

एमबाप्पे जर्मनी छाडेर स्पेन आइसक्दा पनि पीएसजीसँगको विवाद भने झनझन उग्र बनिरहेको छ। उनले पीएसजीबाट आफूले अझै पारिश्रमिक पाउन बाँकी रहेको बताउँदै क्लबले बेवास्ता गरिरहेको दाबी गरेका छन्। ‘मैले क्लब व्यवस्थापनलाई पटक पटक अवगत गराउँदै आएको छु। क्लब व्यवस्थापनले तुरुन्तै सम्बोधन गर्ने जनाए पनि अहिलेसम्म सुनुवाई भएको छैन’, एमबाप्पेले भनेका छन्। एमबाप्पेले आफ्नो बक्यौता रकम उपलब्ध गराइदिन विभिन्न निकायमा पनि उजुरी दिएका थिए। ‘क्लब छाडे पनि मैले आफ्नो पारिश्रमिक पाउनु पर्छ। क्लबसँगको सम्झौता अनुसार नै मैले आफ्नो बक्यौता रकम माग गरेको हुँ’, एमबाप्पेले भनेका छन्।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एमबाप्पेको गत अप्रिलको तलबसँगै उनले पाउने बोनस रकम पनि क्लबले दिन आनाकानी गरिरहेको छ। पीएसजी स्रोतका अनुसार एमबाप्पेकै कारण उनको बक्यौता रकम भुक्तानीमा ढिलाइ भएको हो। उनले गत वर्ष बोनसको केही रकम नलिने सहमति जनाएका थिए। त्यो सहमति विपरीत अहिले तलब र बोनस मागेपछि क्लबले भुक्तानी गर्न आनाकानी गरिरहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार क्लब व्यवस्थापन र एमबाप्पेबीच छलफल भएको थियो। जसमा दुवै पक्ष सकारात्मक रहेको जनाइएको छ। एमबाप्पेले कानुनी बाटो रोज्ने जनाएपछि क्लब व्यवस्थापन बक्यौता रकम दिन सकारात्मक भएको हो। तर, बोनस रकम दिन भने क्लबले अझै आनाकानी गरिरहेको जनाइएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पीएसजीले एमबाप्पेलाई करिब ८० मिलियन युरो भुक्तानी गर्न बाँकी छ। उनले पछिल्लो पटक सन् २०२२ मा क्लबसँग सम्झौता गरेका थिए। उनले दुई वर्षका लागि करबाहेक ७२ मिलियन युरोमा सम्झौता गरेका थिए। यस बाहेक एक सय ५० मिलियन युरोको ‘स्टेटोस्फेरिक’ सम्झौता पनि गरिएको थियो। जुन रकम तीन किस्तामा भुक्तानी गर्ने सहमति भएको थियो। सहमति अनुसार पहिलो वर्षमा ७० मिलियन र दोस्रो वर्षमा ८० मिलियन युरो लोयल्टी बोनस एमबाप्पेले पाउनु पर्ने थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...