मुख्य समाचार
फेलिक्स चेल्सीमा अनुबन्ध, गालाघर एट्लेटिको पुगे
फेलिक्स चेल्सीमा अनुबन्ध, गालाघर एट्लेटिको पुगे

। इंग्लिस क्लब चेल्सीले स्पेनिस क्लब एट्लेटिको मड्रिडका जाआओ फेलिक्सलाई अनुबन्ध गरेको छ । चेल्सीका कोनोर गालाघर भने एट्लेटिको मड्रिड पुगेका छन् ।

लण्डन क्लब चेल्सीले फेलिक्सलाई ४६.३ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । पोर्चुगलका अन्तर्राष्ट्रिय खेलाडी फेलिक्सले चेल्सीसँग सात वर्षको सम्झौता गरेका छन् ।




२४ वर्षीय फेलिक्सले यसअघि सन् २०२२/२३ को सिजन चेल्सीबाट ६ महिना लोनमा खेलेका थिए । जहाँ उनले १६ प्रिमियर लिग खेल खेल्दै ४ गोल गरेका थिए । यस पटक भने उनी स्थायी रुपमै स्टानफोर्ड ब्रिज पुगेका छन् ।

फेलिक्सले गत सिजन लोनमा स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए । जहाँ उनले ४४ खेल खेल्दा १० गोल गरेका थिए ।



चेल्सी फर्किन पाउँदा आफूलाई खुशी लागेको र आफूले हासिल गरेको अनुभव त्यहाँ काम लाग्ने उनले बताए ।

चेल्सीले यस समरमा अनुबन्ध गरेको फेलिक्स दशौं खेलाडी हुन् । फेलिक्स अनुवन्धपछि चेल्सीले २०२.६ मिलियन पाउण्ड खर्च गर्दै प्रिमियर लिगमा समरमा धेरै खर्च गर्ने टोली बनेको छ ।

चेल्सीले फेलिक्सलाई अनुबन्ध गरेपछि चेल्सीका गालाघर एट्लेटिको मड्रिड जाने बाटो खुल्यो । एट्लेटिकोले गालाघरलाई ३६ मिलयन पाउण्डमा अनुबन्ध गरेको हो ।

इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी गालाघरले एट्लेटिको मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनको स्वास्थ्य परीक्षण पनि भइसकेको छ । २४ वर्षीय गालाघर २०२९ सम्म एट्लेटिकोमा रहनेछन् ।

गालाघरले भिडियो सन्देशमा चेल्सीका सबै समर्थकलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला लिग च्याम्पियन एपीएफ क्लबले उदयपुरमा भएको एन्फा महिला च्याम्पियनसिप फुटबल २०८२ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २-१ ले हराउँदै उपाधि जितेको हो । एपीएफको जितमा गीता राना र रेनुका नगरकोटेले एक-एक गोल गरे । आर्मीका लागि जेनिफर रानाले एक गोल फर्काइन् । खेलको ५५औं मिनेटमा गीताले गोल गर्दै एपीएफलाई ...
। स्पेनिस ला लिगा फुटबलअन्तर्गत गएरातिको खेलमा शीर्षस्थानको रियल मड्रिड ओसासुनासँग पराजित भएको छ । ओसासुनाले घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई २-१ गोलअन्तरले पराजित गरेको हो । ओसासुनाको जितमा आन्टे बुडिमिर र राउल गार्सियाले १-१ गोल गरे । रियलका भिनिसियस जुनियरले गोल फर्काए पनि पर्याप्त भएन । खेलको ३८औं मिनेटमा बुडिमिरले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता ...
। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर सिटीले न्युकासललाई पराजित गरेको छ । घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले न्युकासलमाथि २-१ को जित निकालेको हो । सिटीको जितमा दुवै गोल निको ओ’रिलीले गोल गरे । न्युकासलका लागि लेविस हलले गोल फर्काए । खेलको १४औं मिनेटमा ओ’रिलीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा ...
। इंग्ल्यान्डमा हुने ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् । अक्सनका लागि १८ देशबाट करिब १००० खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगिताको अक्सन आगामी मार्च ११ र ...
। मोफसलको प्रतियोगिताको लागि ‘ब्रेक’पछि राष्ट्रिय लिग फुटबलको खेलहरू आजदेखि फेरि सुरु हुँदैछन् । आजको पहिलो खेलमा विभागीय टोली एपीएफ एफसी र बाराको नव जनजागृति क्लबबीच हुनेछ । यो खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्स मैदानमा सुरु हुनेछ । यस्तै न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लबबीच अपरान्ह ४ बजे खेल हुनेछ । यो खेल पनि ...