मुख्य समाचार
जापानको एक विमानस्थलमा कैँची हराएपछि ३६ उडान रद्द
जापानको एक विमानस्थलमा कैँची हराएपछि ३६ उडान रद्द

: जापानमा बोर्डिङ गेट नजिकैको पसलमा राखिएको कैंची हराएपछि जापानी विमानस्थलमा ३६ उडान रद्द गरिए भने २०१ उडानमा ढिलाइ भएको थियो।

सोही कारण शनिबार बिहान होक्काइडोको नयाँ चितोसे विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँच दुई घण्टाका लागि स्थगित भएको थियो । जसका कारण सयौं यात्रु अलपत्र परेका छन् ।

प्रस्थान लाउन्जमा उपस्थित यात्रुहरूलाई फेरि सुरक्षा जाँच गर्न भनिएको थियो। त्यसले यात्रुको लामो लाइन बनेको थियो। अधिकारीहरूले बेपत्ता कैंची पत्ता लगाउन प्रयास गरे तर फेला पार्न सकेनन्। तर, भोलिपल्ट सोही पसलमा कैंची भेटियो ।


जसका कारण जापानको वार्षिक बोन पर्व मनाएर स्वदेश फर्कने यात्रुले निकै समस्या भोग्नुपरेको छ । यी यात्रुहरूमध्ये एकले भने,'हामीसँग पर्खनुको अर्को विकल्प थिएन। तर मलाई लाग्छ एयरलाइन्स अलि होसियार हुनुपर्छ।' बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। हरेक वर्ष वसन्त ऋतु आगमनसँगै फुल्ने साकुराले यतिबेला जापानको सौन्दर्य बढाएको छ । साकुराले पुरातन समयदेखि वसन्त ऋतु आगमनको संकेत गर्दछ । यो जापानको राष्ट्रिय फूल समेत हो । कम आयु लिएर फूल्ने साकुरा हरेक वर्ष मार्चदेखि अप्रिलको दोस्रो हप्तासम्म फूल्छ । जापानका पार्कहरु यतिबेला गुलाबी र सेतो रंगका फूलहरुले रंगिएका छन् । साकुरा फूलेसँगै जापानीहरु ...
: जापानमा हेलिकोप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। अन्य ३ जनाको जीवितै उद्धार गरिएको एपीले जनाएको छ। मेडिकल प्रायोजनका निम्ति प्रयोग हुने उक्त हेलिकोप्टर जापानको दक्षिणी क्षेत्रमा पर्ने समुन्द्रमा खसेको थियो। जापानी अधिकारीहरूका अनुसार पाइलट हिरोसी हामाडा, प्राविधिक कजुटो योशिताके र २८ वर्षीय नर्स साकुरा कुनिताकेको उद्धार गरिएको हो। मृत्यु हुनेमा ३४ वर्षीय डा. ...
: जापान सरकारले प्रदान गर्ने छात्रवृत्ति पाएका नेपाली विद्यार्थीहरूको बिदाइ गरिएको छ। नेपालस्थित जापानी राजदूत माएदा तोरुले शुक्रबार स्नातक, स्नातकोत्तर र विशेष तालिमका लागि छात्रवृत्ति पाएका नेपालीहरूको बिदाइ गरेका हुन्। जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयले उक्त छात्रवृत्ति ६ जना नेपालीलाई प्रदान गरेको छ। जापानले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको एक वर्षपछि सन् ...
: जापानले ६ जना नेपालीलाई निष्कासन गरेको छ। गलत कागजात पेस गरेको आरोपमा उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो निष्कासनमा पर्नेमा चौधरी, कार्की, खड्का, गौतम, घर्ती मगर र भट्टचन थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। झुटो कागजात ...
। जापानको नागाइजुमीमा रहेको झण्डै एउटा पत्रिका जत्रै आकारको एउटा पार्कले विश्वकै सबैभन्दा सानो पार्कको रुपमा गिनिज बुकमा नाम लेखाएको छ । २.६ वर्गफिट आकारको यो पार्कमा घाँसको एउटा सानो गाज, ढुंगाका केही टुक्रा र आगन्तुकका लागि बस्ने एउटा टूल रहेको छ । यो पार्क त्यहाँ सन् १९८० को दशकदेखि नै रहेको भएपनि हालैमात्र यसले विश्वको ...