मुख्य समाचार
यी हुन् सबैभन्दा धेरै बच्चा जन्माउने जीवित महिला, १५ पटक गर्भधारण, ४४ सन्तान
यी हुन् सबैभन्दा धेरै बच्चा जन्माउने जीवित महिला, १५ पटक गर्भधारण, ४४ सन्तान

। कुनै पनि विवाहित महिलाका लागि आमा बन्नु उनको जीवनको सबैभन्दा सुखद अनुभूति मानिन्छ । अत्यधिक पीडा सहेर उनले आफ्नो बच्चालाई जन्म दिन्छिन् । तर जब तपाई युगाण्डाकी एक महिलाको बारेमा थाहा पाउनुहुन्छ, तब तपाई पक्कै भन्नुहुनेछ कि बच्चा जन्माउनु सबैको लागि साँच्चै नै सुखद अनुभूति नहुन सक्छ ।

यस्तो किन भनिएको हो भने यी महिलाले एक, दुई जना होइन जम्माजम्मी ४४ जना बच्चा जन्माएकी छिन् । तर अनौठो के भने उनी जम्मा १५ पटक मात्र गर्भवती भएकी छिन्। यति मात्र होइन, यी महिलालाई उनको श्रीमानले पनि छोडेका छन् । अब ४३ वर्षकी यी महिला अहिले एक्लै बस्छिन् र आफ्ना बच्चाहरूलाई पालन पोषण गरिरहेकी छिन् । यद्यपि ४४ मध्ये ६ जना बच्चाहरूको मृत्यु भइसकेको छ ।

हाल जीवितै रहेका महिलामध्ये संसारमा सबैभन्दा धेरै बच्चा जन्माउने यी महिला अफ्रिकी देश युगाण्डाकी नागरिक हुन् । उनको नाम मरियम नाबान्तान्जी हो, जसलाई मामा युगाण्डा भनेर पनि चिनिन्छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार विश्वमा सबैभन्दा धेरै बच्चा जन्माउने महिला रुसकी फियोडोर भेसिलेभ हो । कुल ६९ वटा बच्चा जन्माएकी फियोडोरको सन् १७८२ मा मृत्यु भैसकेको छ । त्यसैले मरियम नै हाल जीवित रहेकी सबैभन्दा धेरै बच्चा जन्माउने महिला हुन् ।



मरियमको जन्म २५ डिसेम्बर १९८० मा भएको थियो । उनलाई जन्म दिएको ३ दिनपछि नै उनकी आमाले उनी तथा उनका ५ दाईहरूलाई छाडेर गईन् । त्यसपछि मरियमको बुबाले दोस्रो विवाह गरे । सौतेनी आमाले खानामा विषाक्त पदार्थ मिलाएर खुवाएपछि उनका पाँचै दाजुहरुको मृत्यु भयो । त्यसबेला मरियम आफन्तको घरमा गएकी हुनाले बाँच्न सफल भइन् ।

तर उनलाई दुखले भने छाडेन । जब उनी १२ वर्षकी भइन्, उनको परिवारले बिहेको नाममा उनलाई बेचिदियो । अर्को वर्ष नै अर्थात् १३ वर्षको उमेरमै मरियमले पहिलो पटक बच्चालाई जन्म दिइन् । त्यसपछि मरियमले हालसम्म लगालग गरी कुल ४४ बच्चा जन्माइन् । उनले जन्माएकामध्ये ६ जना बच्चाको मृत्यु भइसकेको छ । अहिले जीवित रहेका ३८ बच्चामध्ये २० छोरा र १८ छोरीहरू छन् ।

मामा युगाण्डाको नामले विश्वभर चर्चित मरियमकी सबैभन्दा ठूली छोरीको उमेर ३१ वर्ष छ भने सबैभन्दा सानो बच्चा ६ वर्षको भएको छ । मरियम ४० वर्षको उमेरसम्म गर्भवती भइरहिन् र ४४ औँ बच्चालाई जन्म दिइन् ।

केही वर्षअघि मरियमको जीवनमा अर्को बज्रपात भयो । उनका पति घरबाट सम्पूर्ण पैसा लिएर भागे, जसले गर्दा परिवारको जिम्मेवारी मरियमकै काँधमा आयो ।

४४ वटा बच्चा जन्माएकी मरियम जम्मा १५ पटक मात्रै गर्भवती भएको कुरा अनौठो लाग्नसक्छ । तर वास्तवमा उनले ५ पटक त ४–४ जना बच्चालाई जन्म दिइन् । त्यसपछि ५ पटक ३–३ वटा बच्चा जन्माइन्, र चार पटक जुम्ल्याहा बच्चालाई जन्म दिइन् । त्यस्तै, एक पटक उनले एउटा मात्रै बच्चा जन्माइन् ।

हरेकपटक प्रसुति हुँदा ३–४ वटा बच्चा किन जन्मिन्छन् होला ? भनेर थाहा पाउन मरियमलाई निकै समय लाग्यो । निकै चिन्ता लागेर उनी एकपटक डाक्टरलाई देखाउन गइन् । परीक्षण पश्चात पत्ता लाग्यो कि मरियमको अण्डाशय सामान्य महिलाहरूको तुलनामा धेरै ठूलो छ । उक्त दुर्लभ अवस्थालाई हाइपर ओभ्युलेसन भनिन्छ।

एकै गर्भमा धेरैवटा बच्चा नजन्माउने गराउनका लागि शल्यक्रिया पो गर्न सकिन्छ कि भनेर उनले सोधिन् । तर डाक्टरहरूले त्यो पनि सम्भव नभएको र त्यस्तो उपचारले पनि कुनै फरक नपर्ने बताए ।



चर्चित यूट्यूबर ड्रयू बिन्स्की (Drew Binsky)ले हालै युगाण्डाको भ्रमण गरेर मरियमको परिवारका बारेमा विस्तृत भिडियो तयार पारेका छन् । सो भिडियो युट्युबमा भाइरल बनेको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम