मुख्य समाचार
तीन महिनाअघि बाबु गुमाएकी इलामकी सोनु श्रेष्ठको हृदयघातबाट कोरियामा मृत्यु
तीन महिनाअघि बाबु गुमाएकी इलामकी सोनु श्रेष्ठको हृदयघातबाट कोरियामा मृत्यु

: अध्ययनका लागि कोरिया पुगेकी इलाम- १ माई नगरपालिकाकी २० वर्षीया सोनु श्रेष्ठको मृत्यु भएको छ । उनको हृदयघाटबाट मृत्यु भएको हो। पोस्टमार्टम रिपोर्टले उनको मृत्यु हृदयघातका कारण भएको देखाएको छ। उनको शव आफन्तलाई समेत जिम्मा लगाइएको छ । शवको उल्सान अस्पतालमा पोस्टमार्टम गरिएको थियो।



६ महिनाअघि उनी विद्यार्थी भिषामा दक्षिण कोरिया पुगेकी थिइन्। उनी कोरियाको उल्सान नामक विश्वविद्यालयमा अध्ययनरत थिइन्।

मृतक सोनुका बुवा लिलाकुमार श्रेष्ठको पनि ३ महिनाअघि वैदेशिक रोजगारीको क्रममा मलेसियामा मृत्यु भएको थियो। उनको गत जेठमा मृत्यु भएको थियो। मृतक सोनुको घरमा ४५ वर्षीया आमा, बहिनी र भाइ छन्।



उनीहरू गाउँमै सामान्य खेती किसानी काम गर्छन् । सोनुको शव नेपाल ल्याइने तयारी भएता पनि आर्थिक अभावका कारण ढिलाइ हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे। दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा ...
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...