हालान्डको अर्को उपलब्धि
हालान्डको अर्को उपलब्धि

। म्यानचेष्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमू अर्को उपलब्धी हासिल गरेका छन् ।

सिजनको पहिलो खेलमा चेल्सीलाई २-० ले हराउदा पहिलो गोल गरेका हालान्डले सिटीका लागि १०० खेल खेले । जसमा उनको यो ९१औं गोल हो ।

यस्तो अविश्वसनीय रेकर्ड बनाउने हालान्डको प्रशंसा प्रशिक्षक पेप ग्वार्डिओलाले पनि गरेका थिए । ‘यो मेसी र क्रिस्टियानो रोनाल्डोको संख्या हो,’ उनले भने, ‘उनीहरूले पछिल्लो दशक र १५ वर्ष विल्कुल सबै कुरा नियन्त्रण गरे । संख्याको हिसाबले यो अर्को स्तर हो ।’

उनले थपे, ‘मलाई थाहा छैन उसले यो कसरी गर्छ तर यो देशको यो प्रिमियर लिगमा १०० खेलमा ९१ गोल गर्नु अविश्वसनीय छ ।’

हालान्डको तथ्याङ्क

सन् २०२२ मा जर्मन क्लब बोरुसिया डर्टमण्डबाट म्यानचेष्टर सिटीमा अनुबन्ध भएका हालान्डको तथ्याङ्क पनि गज्जबको छ ।

– हालान्डले प्रिमियर लिगमा ६७ खेल खेल्दा ६४ गोल गरेका छन् । प्रिमियर लिगमा उनको डेब्युपछि कुनै पनि खेलाडीले यो भन्दा बढी गोल गरेका थिए । मोहमद सालाहले लिगमा ७१ खेलमा ३८ गोल गरेका थिए ।

– प्रिमियर लिग इतिहासमा कम्तीमा २० गोल गर्नेमा हालान्डको पर मिनेट गोल अनुपात सबैभन्दा धेरै छ । उनले हरेक ८५ मिनेटमा गोल गरेका छन् । हालान्डको नजिक रहेका सर्जियो अगुएरोले हरेक १०८ मिनेटमा गोल गरेका थिए ।

– सिटीका लागि पहिलो सिजन खेल्दा हालान्डले सबैखाले प्रतियोगितामा गरेर ५३ खेलमा ५२ गोल गरेका थिए । जुन सिटीका खेलाडीका लागि कीर्तिमान हो ।

– हालान्डले प्रिमियर लिगको डेब्यु सिजनमै सिटीका लागि ३६ लिग गोल गरेका थिए । उनले लामो समयदेखि एलान सियरर र एन्ड्रु कोलको नाममा रहेको कीर्तिमान तोडे ।

– प्रिमियर लिगमा ४२ खेल हुने समयमा सियरर र कोलले एकै सिजनमा ३४ गोल गरेका थिए ।

– हालान्डले प्रिमियर लिगमा ४८ खेलमा ५० गोल गरेका थिए । जुन कोल भन्दा १७ खेल कममा हालान्डले गरेका थिए ।

– यस सिजन हालान्डले प्रिमियर लिगमा लगातार तेस्रो पटक प्रिमियर लिग गोल्डेन बुट अवार्ड जित्न सक्छन् । थियर हेनरीले सन् २००४ मा लगतार तेस्रो पटक गोल्डेन बुट जितेका थिए ।

उनी गोल चाहन्छन्

लिभरपुलका पूर्व स्ट्राइकर ड्यानिएल स्टुरिजले हालान्डको गोल स्कोरिङ कीर्तिमानलाई अचम्म मानेका छन् । ‘उनलाई गोल गर्न मन पर्छ,’ उनले भने, ‘तपाईले देख्न सक्नुहुन्छ कि उहाँमा यो छ, ऊ केवल एक गोलकर्ता मात्र बन्न चाहन्छ ।’

‘जब तपाईं हालान्डलाई खेल्नुहुन्छ, उनीसँग आफ्नो खेलमा धेरै छ जुन हामीले देखेका छैनौं । ९१ गोल अविश्वसनीय हो । उनीजस्तो खेलाडी एकदमै कम छन् ,’ उनले थपे ।

लिभरपुल र टोटनहमका पूर्वमिडफिल्डर जेमी रेडन्यापले हालान्डले स्ट्राइकरलाई फेरि खेलमा फर्काएको बताए । ‘उनको खेल हेर्ने हरेक बच्चाहरू स्ट्राइकर बन्न चाहन्छन् । सबै प्रशिक्षकहरुले म्यानचेष्टर सिटीको सफलता देखेका छन् र उनीहरु नम्बर नाइन खेलाडी चाहन्छन् ।’

म्यानचेष्टर सिटीका पुर्व डिफेण्डर मिकाह रिचर्ड्सले भने, ‘ म्यानचेस्टर सिटीसँग जहिले पनि बल हुने भएकाले उसले आफ्नो खेललाई अनुकुल बनाउनुपर्छ ।’

रिचर्ड्सले हालान्डले बक्समा आफ्नो खेललाई अनुकल बनाउनुपर्ने र उनी श्रेयको हकदार छन् ।

‘अझै राम्रो गर्न चाहन्छु’

हालान्डले चेल्सी विरुद्ध आफ्नो निर्मम दक्षता प्रमाणित गरिसकेका छन् । उनले पहिलो हाफमा मात्र पाँच टचमा लिंदा एकमा गोल गरेका थिए ।

तर गोल स्कोरिङमा सानदार कीर्तिमान बनाएका २४ वर्षीय हालान्डले यो भन्दा अझै माथिल्लो स्तरमा पुग्न चाहन्छन् । ‘म टिमलाई सहयोग गर्न चाहन्छु र टिम वर्क गर्दै अन्य खेलाडीलाई पनि राम्रो स्तरमा पुर्‍याउन चाहन्छु,’ हालान्डले भने ।

‘म थप संलग्न हुन चाहन्छु, पेप (ग्वार्डिओला) त्यो चाहन्छन् । तर, यस्तो खेलहरूमा, के म अझ बढी संलग्न हुन आवश्यक छ । यो मिलियन डलरको प्रश्न हो । म थप असिस्ट प्राप्त गर्न र राम्रो खेलाडी बन्न चाहन्छु ,’ उनले थपे ।

बीबीसीबाट भावानुवाद

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली युवा क्रिकेट टोलीले मलेसियामा जारी एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै नेपालले फाइनल पक्का गरेको छ । अर्को सेमिफाइनलबाट हङहङलाई हराउँदै सिंगापुर फाइनल पुगेपछि नेपालको उपाधि भिडन्त सिंगापुरसँग पक्का भएको हो । दुवै टोलीबीच उपाधिका लागि फाइनल खेल आइतबार हुनेछ ...
। इंग्लिस क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका पोर्चुगिज फरवार्ड डियोगो जोटाको सम्मानमा उनको नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ। अब लिभरपुलमा जर्सी नं २० कहिले पनि प्रयोग हुने छैन । क्लबले भनेको छ, ‘२०२४-२५ सिजनमा क्लबको २०औं प्रिमियर लिग उपाधि जिताउने टोलीका सदस्यको रूपमा जोटाले दिएको योगदानको सम्झनामा यो निर्णय गरिएको हो।’ गत ...
। लिभरपुलले गत सिजनको प्रिमियर लिग उपाधि जित्नु अहिले हेर्दा भाग्यमै लेखिएको जस्तो लाग्न सक्छ । तर प्रिमियर लिगका सुरुवाती तीन महिनापछिको अवस्था अर्थात् डिसेम्बरमा फर्किएर हेर्दा भने अवस्था अलि फरक देखिन्थ्यो । डिसेम्बर १४ को दिन लिभरपुलले फुलहामसँग खेलिरहँदा एन्डी रोबर्टसनले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित भयो र १–० ले पछि परेको अवस्थामा ...
। राष्ट्रिय यू–२३ फुटबल टोलीको छनोट प्रक्रिया सुरू गर्नका लागि खेलाडीहरूको नामावली सार्वजनिक गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८९ खेलाडीहरूलाई छनोटमा बोलाएको हो । सबै खेलाडीहरूलाई आगामी सोमबार बिहान ६ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रिपोर्ट गर्न अनुरोध गरिएको छ। खेलाडीहरूले पूरा खेल सामग्री (किट) सहित उपस्थित हुनुपर्नेछ। छनोट प्रक्रिया त्यहीँबाट औपचारिक रूपमा सुरू हुनेछ। यसअघि नेपाली ...
। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ का लागि साविक विजेता जनकपुर बोल्ट्सले रिटेन गरिएका खेलाडीहरूको सूची सार्वजनिक गरेको छ । जनकपुरले बिहीबार मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका खेलाडीहरूमा अघिल्लो सिजनका कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् । गत सिजन रुपेश ...