मुख्य समाचार
यार्तुङमा घोडा दौड : मुस्ताङ झारकोटका नम्डु गुरुङको घोडा बन्यो च्याम्पियन
यार्तुङमा घोडा दौड : मुस्ताङ झारकोटका नम्डु गुरुङको घोडा बन्यो च्याम्पियन

: मुस्ताङमा हिन्दु तथा बौद्ध धर्मालम्बीहरूको साझा धार्मिक तिर्थस्थलमा मुक्तिनाथ क्षेत्रमा बिहीबारदेखि सोमबारसम्म ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक ‘यार्तुङ’ पर्व हर्षउल्साका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।



यार्तुङ पर्व मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका नागरिकहरूले धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङलाई निकै महत्वका साथ मनाउने प्रचलन छ । यार्तुङ पर्व हिमाली क्षेत्र मुस्ताङको सबैभन्दा महत्वपूर्ण सांस्कृतिक पर्व हो । यारको अर्थ बर्खा र तुङको अर्थ अन्त्य भन्ने बुझिन्छ । यार्तुङ पर्वमा ईष्टमित्र,आफन्तजन,छरछिमेकी र गाउँले एक थलोमा भेला भएर आपसमा रमाइ गर्ने गरिन्छ ।

पर्वमा मौलिक भेषभुषाको पहिरनमा सजिएर स्वादिष्ट परिकार बनाएर खाने,घोडा कुदाउने ,तारा खेल्ने र स्याब्रो गीत गाउँदै नाचगानलगायतका क्रियाकलाप हुने गर्छन् । पछिल्लो समयमा सयौंवर्षदेखि सांस्कृतिक रुपमा मनाउने आइरहेको यार्तुङ पर्व पछिल्लो समय लोप हुने अवस्थामा रहेकाले हिमाली क्षेत्रका नागरिक निकै चिन्तित छन् ।

बढ्दो बसाईसराई,बैदेशिक युवा पलायन र पाश्चात्य संस्कृतिले मौलिक हिमाली क्षेत्रमा मनाइने यार्तुङ पर्वको महत्व विस्तारै घट्दो क्रममा छ । सदियौं वर्षदेखि निरन्तर चल्दै आइरहेको हिमाली भेंकको यार्तुङ पर्व संरक्षण संम्वद्धन ,प्रर्वद्धन र पुस्तान्तरण हुने नसके पर्वका साथै जातीय पहिचाननै गुम्ने भन्दै मुस्ताङको वारागुङ—१ मुक्तिनाथ स्थित जनप्रिय युवाक्लव पुराङ रानीपौवाले यसप्रकारको यार्तुङ पर्वलाई बृहत्त मेलाको रुपमा सञ्चालन गर्दै आइरहेको क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए ।

उनले विस्तारै विभिन्न कारण हिमाली क्षेत्रका चाडपर्वहरुको रौनक र महत्व लोप हुने अवस्थामा रहेकोप्रति चिन्ता प्रकट गरे । वारागुङ मुक्तिक्षेत्र—१ वडाध्यक्ष प्रमेश गुरुङले हिमाली क्षेत्र मुस्ताङको धर्मसंस्कृतिक कला,भेषभुषा र रहनसहन जोगाएर अघि बढ्नुपर्ने बेला आएको बताए । यार्तुङ हिमाली भेंकको मुख्य पर्व भएकाले यसको संरक्षण संम्वद्धन र प्रर्वद्धनका लागि स्थानीय सरकारले विभिन्न कार्य गर्दै आईरहेको जनाए ।

विगत वर्षहरूका झै यसवर्ष पनि जनप्रिय युवाक्लबले मुक्तिनाथ क्षेत्रमा यार्तुङ पर्वलाई मेलाको रुपमा सञ्चालन गरेको छ । यार्तुङ मेलामा हिमाली सभ्यता र संस्कृतिसँग जोडिएको मौलिक संस्कृतिक परम्परागत खेलहरूलाई प्राथमिकतामा राखेर जनप्रिय युवाक्लबले यार्तुङ मेला चलाएको छ ।

यार्तुङ मेला अन्तर्गत आइतबार प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ रानीपौवा बजार क्षेत्रमा दुई दर्जन भन्दा बढी घोडाहरू कुदेका थिए । साहसिक घोडा दौड र कदम घोडा दौड प्रतियोगिता त्यसदिन मुख्य आकर्षण थियो। यार्तुङ घोडा दौडमा सहभागी हुने उपल्लो मुस्ताङ र मनाङसहित वारागुङ मुक्तिक्षेत्रका खेलाडी तथा स्थानीय नागरिकले घोडाको कलाकौशल र रेशमा भाग लिएका थिए । यसअघि बर्सेनि घोडा दौड प्रतियोगिता हुने गरेपनि मुस्ताङकै इतिहासमा एक फरक प्रकारको कदम घोडा दौड प्रतियोगिता आयोजना गरिएको थियो । घोडा दौडमा उपल्लो मुस्ताङ र मनाङबाट एकएक जना र वारागुङ मुक्तिक्षेत्रबाट ३ जना गरी ५ जना निर्णायकको व्यवस्था गरिएको थियो ।

मुस्ताङको मुक्तिनाथमा यार्तुङका अवसरमा आयोजना गरिएको कदम घोडा दौडमा जातीय मौलिकता ,घोडाको सिंगार र घोडाको कुद्ने शैलीलाई निर्णायकहरूले अंक दिएर विजेता छानेका थिए । कूल ५० अंकको कदम घोडा दौड प्रतियोगितामा टंकी मनाङबाट सहभागी भुजुङ गुरुङको साक्पा घोडा प्रथम भयो । उक्त घोडा टंकी मनाङका छेन्डुक गुरुङले हाँकेका थिए । कदम घोडा दौडतर्फ वारागुङ मुक्तिक्षेत्र—३ छुसाङका कान्छा गुरुङको मनाङे घोडा दोस्रो र मनाङबाट सहभागी खुसी तामाङको रेम्बो घोडा तेस्रो भयो । कदम घोडा दौडका प्रथम ,दोस्रो र तेस्रो हुने विजेताले क्रमश नगद १ लाख,५० हजार र २५ हजारसहित शिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यसैगरी मुक्तिनाथ क्षेत्रको खुम्जुकदेखि रानीपौवा बजारसम्मको ५ किम दुरीमा प्रतिस्पर्धा भएको साहसिक घोडा दौडा प्रतियोगितामा झारकोटका नम्डु गुरुङको दुई वटा घोडा प्रथम र दोस्रो भए ।यस्तै मनाङबाट सहभागी खुसी गुरुङको रेन्बो घोडा तेस्रो भयो । घोडा दौडका प्रतियोगि विजेताले क्रमश नगद ५० हजार,२५ हजार र १० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पायो ।मुक्तिनाथ क्षेत्रमा घोडा दौड प्रतियोगिता अवलोकन गर्न सयौं दर्शकहरु उपस्थित भएका थिए ।

null

दर्शकले खचाखच भरिएको रानीपौवा बजारमा घोडा दौडका विजेतालाई जनप्रिय युवाक्लब र स्थानीय नागरिकले खाँदा लगाएर बधाई दिएका थिए । हिमाली क्षेत्रमा पालन गरिने घोडालाई लक्षिनको रुपमा लिने गरिन्छ । यस्ता घोडाहरू महत्वपूर्र्ण चाडपर्वमा प्रयोग हुन्छन् भने घोडालाई भारी बोकाउने, दाउरा टिप्ने र मल बोकाउने कामकाजमा प्रयोग गर्ने गरिएको छ ।

जनप्रिय युवा क्लबद्वारा आयोजित यार्तुङ मेला अन्तर्गत हिमाली क्षेत्रमा शिकार खेल्दा प्रयोग गरिने धनुषवाण प्रतियोगितामा जोमसोमको फाइभ स्टार ग्रुप च्याम्पियन बन्यो । तारा खेलको रुपमा विकास भएको धनुषवाण प्रतियोगितामा फल्याकको शेरघाङ लुङबुक युथक्लब दोस्रो र ब्रदर युनाइटेड तेस्रो भयो ।

यस्तै यार्तुङ मेला हाईअल्टिच्युड सेभन ए साईड फुटबल प्रतियोगितामा जनमुक्ति युवा क्लब ठिनी च्याम्पियन बन्यो भने थ्रोरङपास युथ क्लब खिङ्गा उपविजेता भयो । यार्तुङ मेलामा पुरुष र महिलाका लागि मनोरञ्जनका रुपमा डोरी तान्ने खेल प्रतियोगिता आयोजना गरिएको थियो ।

यार्तुङ पर्वलाई जोगाउन युवापुस्तालाई सक्रिय बनाउन लागिपरेको जनप्रिय युवा क्लबले खेलका माध्यमबाट युवाहरूलाई संगठित गर्ने पहल गरिरहेको जनप्रिय युवा क्लबले उल्लेख गरेको छ । कला संस्कृति र मौलिक संरक्षण हुन नसके हिमाली क्षेत्रको पहिचाननै गुम्ने भन्दै युवाहरुलाई खेलका माध्यममा संस्कृतिसंग जोड्ने नीति अख्तियार गरिएको हो । यार्तुङ मेलामा ख्यातिप्राप्त कलाकारहरुद्वारा लाईभ कन्सर्ट गरी युवाहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।

यार्तुङ पर्व अर्थात यार्तुङ मेलाको पाँचौ तथा अन्तिमदिन मुक्तिनाथ रानीपौवामा धार्मिक तथा सांस्कृतिक प्रचलन अनुसार यार्तुङ पर्व मनाइएको छ । यार्तुङको अन्तिमदिन स्थानीय पुरुष तथा महिलाहरूले मौलिक भेषभुषामा सजिएर स्थानीय भाषाको गीत गाउँदै स्याब्रो नाँचेर रमाइलो गरी मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...