मुख्य समाचार
खेलाडीलाई प्रधानमन्त्रीको आग्रह : खेलमा जात र धर्मको प्रतिनिधित्व खोइ भनेर भड्काउन सक्छन्,सचेत रहनू
खेलाडीलाई प्रधानमन्त्रीको आग्रह : खेलमा जात र धर्मको प्रतिनिधित्व खोइ भनेर भड्काउन सक्छन्,सचेत रहनू

: प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई विभिन्न नाममा भड्काएर राष्ट्रिय एकता भाँड्ने प्रयासलाई चिर्न खेलाडीहरुलाई आग्रह गरेका छन्। नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको तेस्रो बैठकको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै उनले अनेक प्रकारका शक्तिहरुले धर्म, जात र विभिन्न नाममा राष्ट्रिय एकता भाँड्न र जनतालाई भड्काउन सक्ने बताएका हुन्।



‘यति सानो देशमा हामी धेरै जाति, भाषी र जाति मिलेर बसेका छौँ। यो हाम्रो सम्पन्नता र जीवित सम्पदा हो।’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले राष्ट्र र जनताको मन विखण्डित हुन दिनु हुँदैन। खेल क्षेत्र कुनै जात र धर्म विशेषको हुँदैन। यहाँ उत्कृष्टताका आधारमा खेलाडीको प्रतिनिधित्व हुन्छ। कुनै जातको वा धर्मको प्रतिनिधित्व खोइ भनेर सोध्ने वा भड्काउने काम यस क्षेत्रमा हुँदैन। यहाँ विधि, पद्धति र नियमको पालना हुन्छ। यो अनुशासनको कुरालाई समाजव्यापी बनाउने हाम्रो काम हुनुपर्छ।’

उनले जनताको शासनका रुपमा रहेको लोकतन्त्रमा विधि नमान्ने र सनकका भरमा चल्ने प्रवृत्तिले समाजलाई कहीँ नपुर्‍याउने पनि स्पष्ट गरे। अहिले समाजमा भ्रष्टहरुले नै भ्रष्टाचारविरोधी नाटक गरेर जनता अल्मलाउने र भ्रष्टाचार नगर्नेलाई तथानाम गाली गरेर असत्य फैलाउन लागेकाले सत्यका पक्षमा प्रस्तुत हुन प्रधानमन्त्री ओलीले आग्रह गरे।



‘देशमा शान्ति, सुव्यवस्था र कानुनको राज नहोस् भने वितण्डा मच्याउन खोज्ने, सरकार र देशलाई असफल पार्ने प्रयास पनि हुन सक्छन्। तपाईँहरुले यस तर्फ पनि सचेत भएर लाग्नुपर्छ।’, उनले भने, ‘समाजमा योगदान नगरेकाहरुलाई तारिफ गरेर माथि उठाउने र लोकतन्त्रका लागि योगदान गरेकाहरुलाई गाली गर्ने काम भइरहेको छ। म तपाईँहरुलाई भन्न चाहान्छु, अहिलेको सरकार भ्रष्टाचार नियन्त्रणका लागि र सुशासन कायमका लागि बनेको हो। यसमा हामी शून्य सहनशीलता अपनाउँछौँ। अनुहार र मुख हेरेर कसैलाई पक्ष विपक्ष गरिँदैन। सभ्य, आधुनिक, समृद्ध र सुखी नेपालको विकासमा हामी लाग्नेछौँ।’

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उठाउने र यसत्रका सबै विधालाई जीवनशैलीका रुपमा अपनाउने कामको नेतृत्व गर्ने जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

खेलले मनोरञ्जन, व्यायाम र प्रतिस्पर्धाको अवसर दिने उनले बताए। ‘नेपाली खेलाडीले विश्वस्तरका प्रतिस्पर्धामा स्वर्ण पदक नपाउने भन्ने के छ ? हामीले रसियाली र अरबियाली सबैसँग प्रतिस्पर्धा गर्न सक्छौँ। हामीले ओलम्पिकमा सहभागी मात्र हुन थालेका छौं। अब जित्नुपर्छ। उत्कृष्ट र प्रतिस्पर्धीरुपमा खेलेमा हामीलाई जीतका लागि केहीले पनि रोक्दैन।’ ओलीले भने,‘सरकारले यस क्षेत्रको विकासका लागि गर्नुपर्ने काम गच्छेले भ्याएसम्म गर्नेछ। कीर्तिपुरको रंगशालालाई स्तनोन्नति गर्न दिइएको प्राथमिकता यसैको उदाहरण हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...