मुख्य समाचार
थाक्सिनकी छोरी बनिन् थाइल्याण्डको नयाँ प्रधानमन्त्री
थाक्सिनकी छोरी बनिन् थाइल्याण्डको नयाँ प्रधानमन्त्री

। ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।

त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्‍यो ।

सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन् । उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानन्त्री भएका थिए ।

पेतोङत्रान भने सबभन्दा कम उमेरकी थाइ प्रधानमन्त्री समेत भएकी छन् ।

२००१ मा पहिलो पटक थाइल्याण्डको प्रधानमन्त्री भएका थाक्सिनले देशको राजनीति हल्लाएका थिए ।

सन् २००६ मा सेनाले शासन सत्ता हातमा लिएपछि उनले केही वर्ष निर्वासनमा बिताए । उनी गत वर्षमात्र देशमा फर्किएका थिए, जुन दिन फेउ थाई दलले सरकार बनाएको थियो ।

गत वर्ष भएको थाइल्याण्डको चुनाव त मुभ फरवार्ड पार्टीले जितेको थियो । तर सेनाले नियुक्त गरेका सिनेटहरुले सबैभन्दा ठूलो दललाई सरकार बनाउन रोके । दोस्रो दल फेउ थाइले अरु दलहरुसँग गठबन्धन गरेर थबिसिनलाई प्रधानमन्त्री बनायो ।

वर्ष दिन नपुग्दै एक मन्त्रीको नियुक्तिलाई लिएर संवैधानिक अदालतले उनलाई बर्खास्त गर्‍यो । स्रेथा थबिसिनको बर्खास्ती सेना, राजा समर्थित प्रतिष्ठान र थाक्सिन समर्थित दलको बीचमा लामो समयदेखि चलिरहेको लडाईँको नयाँ अध्याय थियो ।

नयाँ प्रधानमन्त्री चुन्न सत्ता गठबन्धनका दलहरुको बैठक बसेको थियो । तर १० मध्ये कुनै पनि दलले दाबी नगरेपछि फेउ थाइले थाक्सिनकी छोरीलाई नयाँ प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो ।

सत्ता गठबन्धनसँग ३१४ सांसद छन्, सिनावात्राले बहुमतका लागि ४९३ सांसदको आधाभन्दा बढीको समर्थन जुटाउनुपर्छ ।

तीन वर्षअघि राजनीतिमा आउनुअघि पेतोङत्रानले परिवारको व्यापारिक साम्राज्यको होटल शाखा हेर्थिन् । उनले कहिल्यै निर्वाचित पद सम्हालेकी छैनन् ।

गत वर्ष चुनावी अभियानमा निरन्तर सहभागी भएपछि उनलाई प्रधानमन्त्रीको दावेदारका रुपमा हेरिएको थियो । तर मतदानको दुई साता अगाडि आमा बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सुडानमा आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको शिविर जामाजाममा गत अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन दिनको आक्रमणका क्रममा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसङ्घले यस घटनालाई सम्भावित युद्ध अपराधका रूपमा लिँदै निष्पक्ष र गहन अनुसन्धानको माग गरेको छ । सन् २०२३ देखि सुडानमा राष्ट्रिय सेना र ...
: अमेरिकाको आइरेडेल काउन्टीमा ग्रेग बिफलका परिवार चढेको एउटा व्यवसायिक जेट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । उत्तरी क्यारोलिनाको विमानस्थलमा उडान भरेको केही समयपछि फर्कने क्रममा व्यावसायिक विमान दुर्घटना हुँदा चालक ग्रेग बिफल र उनको परिवारसहित ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ। नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ लाख ५० हजार अमेरिकी सैनिकलाई 'योद्धा लाभांश' (सैनिकलाई दिइने विशेष भत्ता) को रूपमा १,७७६ डलर भुक्तानी गर्ने घोषणा गरेका छन्। ट्रम्पका अनुसार यो भुक्तानीका लागि रकमको एक हिस्सा उनले लगाएको शुल्कबाट उठाइनेछ। राष्ट्रका नाममा सम्बोधन गर्दै ट्रम्पले क्रिसमस अघि नै मानिसहरूसम्म पैसा पुग्ने बताए। आफ्नो सम्बोधनमा ट्रम्पले अर्थतन्त्र र आप्रवासनमा ...
: ट्रम्प प्रशासनले ताइवानसँग करिब ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ। यसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्र छन्। तर यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ। चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार प्रदान गरिएको छ
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम